चितवनमा हजुरआमाको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका –७ कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका भरतपुर –२८ मेघौलीका ४३ वर्षीय तोयानाथ चापागाईलाई सोमबार बर्दघाटको शिव मन्दिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। चापागाई नाताले मनकुमारी सौतेनी नाति पर्छन्।
उनले २०६१ मंसिर १४ गते हजुर आमाकाे हत्या गरी गरगहना समेत लुटी भागेका थिए।प्रहरीका अनुसार अभियुक्त चापागाईले राती सुतेको अवस्थामा वाग्लेलाई बाँसको लौरो र ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए। भाग्ने क्रममा घरको ढोकामा साँचो समेत लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
हत्याको समयमा उनी २४ वर्षका थिए। हत्या लगत्तै उनले नवलपरासीको एक होटलमा चार महिना काम गरेको र त्यसपछि विभिन्न स्थानमा भेष बदली लुकीछिपी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।
एक वर्षदेखि उनलाई प्रहरीले विशेष सूचिमा राखेर खोजेको थियो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनामा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी सुस्ता पश्चिम समेतबाट खटिएको प्रहरी टोलीले हिजो बर्दघाटको शिव मन्दिरबाट उनलाई पक्राउ गरेको हो। उनी त्यहाँ जोगीको भेषमा रहेको पण्डितले जानकारी दिए।
पक्राउ परेका चापागाईलाई जिल्ला अदालतबाट ५ दिनको म्याद ल्याएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।