टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा सन्नाटा छाएको छ। शिक्षक विद्यार्थीहरु आज पनि सधैं झैं बिहानै क्याम्पस पुगेका थिए। तर उनीहरु कक्षा कोठा भित्र पसेनन्।
हुन त शिक्षक विद्यार्थी सबैले इजरायलमा भएको आततायी घटनाका बारे जानकारी पाइसकेका थिए। जहाँ सो क्याम्पसका १० जना विद्यार्थीले ज्यान गुमाएका छन्। केही विद्यार्थी घाइते समेत छन्। उनीहरुको उपचार भइरहेको छ।
केही विद्यार्थीहरु बंकरमुनी भोक भोकै बाँचिरहेका छन्। उनीहरु सामाजिक सञ्जाल मार्फत सन्देश पठाएर उद्धारको याचना गरिरहेका छन्। उनीहरुका ती सन्देशले पनि यता शिक्षक विद्यार्थीहरुको मुटु भक्कानिएर आउँछ।
क्याम्पसले हिजैदेखी पठनपाठन रोकेको छ। आन्तरिक परीक्षा समेत स्थगित गरेको स्कुल अफ एग्रिकल्चरका स्कुल प्रमुख सुशील न्यौपानेले जानकारी दिए। उनले घटना सुनेदेखी क्याम्पसमा पढ्ने र पढाउने वातावरण नै नभएको बताए।
‘हामी सबै शोकमा छौं’ उनले भने –‘यस्तोमा पढ्ने र पढाउने वातावरण नै हुँदैन।’
शिक्षक विद्यार्थीहरु क्याम्पस प्राङ्गणमा भाह्वविहल भए। उनीहरुले एक अर्कालाई सान्त्वना दिने बाहेक केही गर्न सकेनन्। आफू भन्दा अघिल्लो कक्षाका सिनियरहरुको दुःखद निधनले विद्यार्थीहरुलाई निकै पिडा महशुस भइरहेको थियो। शिक्षकहरु पनि त्यस्तै दुखित थिए।
विद्यार्थीहरु एकैछिनमा बजार निस्किए। उनीहरुले आफ्ना सिनियरहरुको दुःखद निधनमा मौन र्याली निकाले। मौन र्याली स्थानीय चोकमा पुगेर शोकसभामा परिणत भयो।
शोकसभामा विद्यार्थीहरुले मृतकको शव नेपाल ल्याउन, घाइतेको उपचार र समस्यामा परेकाहरुको उद्धारका लागि सरकारसँग आग्रह गरे।
टीकापुर नगरपालिकाले समेत आज शोक बिदा दिएको छ। उसले एक विज्ञप्ति जारी गरी नगरपालिका र सबै शैक्षिक संस्था बन्द रहने उल्लेख गरेको छ। टीकापुर बजारमा समेत एक किसिमको सन्नाटा छाएको छ।
मृतक विद्यार्थीहरु सबै कृषि विज्ञान संकाय स्नातक तहको परीक्षा दिएर लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए। हमासले इजरायलको सेडोट शहरस्थित एलोमिन कृषि फार्ममा समेत आक्रमण गरेका थिए। जहाँ उनीहरु लगायत १७ जना विद्यार्थी कार्यरत थिए।
सेडोट नेगेभ कलेजले ४९ जना विद्यार्थीहरुलाई विभिन्न छ वटा कृषि फार्ममा काम लगाएको थियो। उनीहरु मध्ये ११ जना डेभिडियन कृषि फार्म, नौ जना बेनी अमर कृषि फार्म, चार जना काडोस फार्म, चार जना रचमिन मुगरबी फार्म र तीन जना सोरासिम कृषि फार्ममा कार्यरत छन्।
ती मध्ये एक जना विद्यार्थी विपिन सुवेदी उनीहरुका ग्रुप लिडर हुन। कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमिष्टारका विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए।
उनीहरु मध्ये १० जना छात्रा रहेका छन्। उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...