टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान संकाय विद्यार्थीहरु धेरै जोखिममा रहेको बताइएको छ।
यसको पुष्टि नेपालका लागि इजरायली राजदूत खनान गोदरले गरेका छन्। नागरिकन्यूजसँग कुरा गर्दै उनले भनेका छन्, ‘सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी हराइरहका छन्। र, जोखिममा छन्।’
उनका अनुसार यहाँका ४९ जना विद्यार्थीमध्ये १२ जना हराइरहेका छन्। उनीहरु सबै जोखिम अवस्थामा छन्। राजदूत गोदरले इजरायल यति बेला युद्धमा गुज्रिरहेको उल्लेख गर्दै भने, ‘धेरै नेपाली युद्धको जोखिममा छन्।’
उनका अनुसार तीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका धेरै विद्यार्थी धेरै छन्। ‘धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन्’, गोदरले भने।
प्यालेस्टाइन लडाकु हमासले इजरायलको सेडोट शहरमा आक्रमण गरेको र त्यो आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी युद्ध फसेका हुन। उनीहरु त्यहाँस्थित सेडोट नेगेभ कलेज अन्तर्गतका पाँच वटा कृषि फार्ममा कार्यरत छन्। सुदूरपश्चिम विश्वविद्यालयका कुल ४९ जना मध्ये १७ जना कार्यरत एलोमिन कृषि फार्ममा हमासले रकेट प्रहार गरेको थियो।
कृषि विज्ञान संकायका यसअघिका डिन डा. लालप्रसाद अमगाईले एलोमिन कृषि फार्ममा हमासले आक्रमण गरेको जानकारी दिएका हुन। उनकै पहलमा विद्यार्थी इजरायल गएका थिए। उनी विद्यार्थीलाई इजरायल पठाए पछि विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान निर्देशकका रुपमा सरुवा भएका थिए।
तत्कालीन डिन डा. अमगाईले घटना पश्चात् आफू विक्षिप्त बनेको बताए। उनले घटना सुने देखी आफ्नो निद्रा र भोक दुवै हराएको बताए।
‘न भोक छ न निद्रा छ। यस्तो अवस्थाको कल्पना समेत गरिएको थिएन’, उनले भने, ‘भगवानलाई पुकार्नु बाहेक अरु विकल्प नै रहेन।’
विद्यार्थीहरुमध्ये तीन जनाको घाइते अवस्थामा उपचार भइरहेको छ। घाइते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन्।
उनीहरु मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ। सोही ठाउँमा कार्यरत टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउने गरेको कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर स्कुल प्रमुख सुशील न्यौपानेले जानकारी दिए। उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन्।
उनले डेनी हमर भन्ने ठाउँमा रहेका नौ जना विद्यार्थी भने सम्पर्कमा आएको जानकारी दिए। सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन्।
कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन्।
उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो।