सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सहितको विश्रामस्थल निर्माण
१६ असोज २०८०
•
३ मिनेट पाठ
सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सहितको विश्रामस्थल निर्माण
मुक्तिनाथ मन्दिर परिसरमा निर्माण गरिएको विश्रामस्थलको उदघाटन समारोह। तस्बिर: नागरिक
पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।  




मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनमध्ये धेरैलाई हाईअल्टिच्युडको समस्या हुने गरेको छ। अल्टिच्युडको समस्या भएका दर्शनार्थीलाई विश्रामस्थलमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। नवनिर्मित विश्रामस्थललाई पोखरास्थित नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी दिपककुमार बानियाँले उदघाटन गर्दै वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका उपप्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संयुक्त रुपमा हस्तान्तरण समेत गरे।  

एकरोपनी क्षेत्रफलमा निर्माण भएको बहुउपयोगी नवनिर्मित भवनमा पार्केटिङ सहितको मेडिकल कक्ष बनाइएको छ। जसमा दुइवटा अक्सिजन सिलिण्डर सहितको दुइ शैयाहको मेडिकल कक्ष बनाइएको छ। अवश्यक मेडिकल उपकरण तथा औषधी, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ वटा बेन्चहरु राखिएको छ। दर्शनार्थीको आकस्मिक उद्दारको लागि भवन भन्दा ५० मिटरको दुरीमा हेलिप्याड समेत निर्माण गरिएको छ।  

‘मुक्तिनाथ पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्र हो। मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आन्तरिक तथा बाह्य धार्मिक तीर्थाटन तथा पर्यटकहरु आउने गरेका छन्,’ उदघाटन समारोहमा बोल्दै उपरथी बानियाँले भने, ‘भक्तजन तथा पर्यटकलाई उकालो भ¥याङ उक्लँदा कठिनाई हुने र स्वास्थ्य समस्या देखिने भएकोले  दर्शनार्थीमैत्री विश्रामस्थल प्राथमिक उपचार सेवा दिन उपयोगी हुने विश्वास छ।’ यातायातको सहज सुविधामा पुगिने मुक्तिनाथ मन्दिर समुद्रीसतहदेखि ३८ सय मिटरको उचाईमा छ।  

विश्रामस्थल नजिकै एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी ‘नेपालको नक्शा’ समेत निर्माण गरिएको छ।  पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङबाट आठलाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी ६४ लाख २७ हजार लागतमा विश्रामस्थल निर्माण गरिएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ।  

नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्ने उद्देश्यसहित नेपाली सेनाले काम गर्दै आएको छ। बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक वर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति रहेको समेत उपरथी बानियाँले उल्लेख गरे।

उदघाटन समारोहमा सैनिक अस्पताल पोखरा, श्री नं.२३ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्ति क्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको  सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।  

श्री नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन खड्का सोही बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी बिजितराज रेग्मी, सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महासेनानी सुनिलसिंह राठौर, सैनिक अस्पताल पोखराका निमित्त कमाण्डाण्ट डा.अजय राजभण्डारी, नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायतको उपस्थिति रहेको थियो।  
अर्को समाचार
मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
२१ फागुन २०८०
•
२ मिनेट पाठ
मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
मुक्तिनाथ मन्दिर
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।  




सोमबार बिहान साढे ९ बजेतिर वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पटेल लेक लागेर बिरामी परेका थिए। उपचारका लागि जिल्ला सदरमुकाम जोमसोम स्थित अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए।  

४० जनाको समूहमा गएका पटेललाई बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा जोमसोम ल्याएकोमा १० बजे मृत्यु भएको पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मन्दिर दर्शन गर्न गएका पटेल एकाएक बिरामी परेका थिए।  

‘लेक लागेर बिरामी परेपछि उनलाई उपचारका लागि सदरमुकाम जोमसोम ल्याइएको हो। तर, अस्पताल ल्याउना साथ मृत्यु भयो,’ डिएसपी पाण्डेले भने। उनका अनुसार भारतीय तीर्थयात्रीको त्यो समूह हिजो बेलुकी मुस्ताङको मार्फामा बास बसेको थियो। सोमबार बिहानै मुक्तिनाथ दर्शन गर्न मन्दिर पुगेको बेला एकाएक पटेल बिरामी परेको उनले बताए।  

‘मन्दिर परिसरमा एकाएक ढलेछन। त्यसपछि त्यही नै प्राथमिक उपचार गरिएको थियो। प्राथमिकपछि थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याएकोमा ज्यान गयो,’ उनले भने। 

यो आर्थिक वर्षमा मात्र लेक लागेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अरु पाँचजना पर्यटकको पनि ज्यान गईसकेको छ। ती मध्ये ३ जना भारतीय, एकजना युक्रेन र एकजना जना नेपाली पर्यटकको ज्यान गएको छ।  
‘कम उचाईमा बसेका पर्यटकलाई एकाएक उच्च हिमाली भेगमा पुग्दा लेक लाग्ने र सासै फेर्न सकस पर्छ। छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम हुन्छ,’ उनले भने, ‘मन्दिर दर्शन गर्न आएका धार्मिक तीर्थयात्री एकाएक उच्च भेगमा उक्लिँदा लेक लाग्ने जोखिम हुन्छ।’ पदयात्रामा गएका पर्यटक बिस्तारै हिड्ने र पर्याप्त समय लगाएर उच्च भेगसम्म उक्लिने हुँदा कम जोखिम हुने गरेको उनले बताए। ‘गाडीमा  गएका पर्यटक छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम छ,’ उनले भने।  

उनका अनुसार मुक्तिनाथ मन्दिर परिसरमा हेल्थ डेस्क छ। त्यसपछि तीनकिलोमिटर तल झारकोट स्वास्थ्यचौकी, नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी र १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको हेल्थडेस्कका बिरामीलाई आवश्यक परे अक्सिजन दिन पनि मिल्छ, बेडमै राखेर उपचार गर्न पनि मिल्छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस