क्यान्सर पीडित बेनी नगरपालिका–६ खैरेनीकी दुर्गा किसानको मृत्यु भएपछि छोराको बिचल्ली भएको छ। एक वर्ष अगाडी उपचारको क्रममा सार्कीको मृत्यु भएपछि एक मात्रै छोरा ७ वर्षीय सन्दीप किसान विद्यालय समेत जान छोडेका छन्।
हेरचाह तथा स्याहारसुसार गर्ने बुबा नै मदिरामा लठ्ठ भएर मजदुरीमा जाँदा सन्दीपले पेट भरी समेत खान पाउँदैनन्। बुबासँगै बिहानै घरबाट निस्किने सन्दीप विद्यालय नपुगेको महिनौँ भयो। बुबासँगै मजदुरीमा जाने, दिनभरि घुम्ने र घर फर्किने गरेका सन्दीपले राती समेत भोक भोकै सुत्नुपर्छ।
आमाको उपचारको क्रममा बेनी अस्पताल, भरतपुर क्यान्सर अस्पतालमा लगायतका अस्पतालमा बिताएका सन्दीपले उपचारकै क्रममा आमाको मृत्यु भएपछि झनै कष्टकर जीवन बिताइरहेका छन्।
‘छोरो सानै छ, मेरो कमाई छैन, घरको सबै भाग चुहिने भएर भत्किन लागेको छ’ चन्द्रबहादुरले भने। उनले घरमा खाने केही नभएपछि एक छाक जुटाउनै अहिले समस्या भइरहेको बताए। श्रीमतीको मृत्युपछि छोरालाई विद्यालय पठाउन समेत नसकेको उनले बताए।

‘उनीहरूको आर्थिक अवस्था पनि कहालीलाग्दो छ, बाटोमा मागेर खान्छन् मजदुरीमा जाने बुबासँगै हिँड्दा पढाइ छुटेको छ’ बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले भनिन्।उनले नियमित विद्यालय जाने वातावरण बनाउने प्रयास गरे पनि घरमा सहयोग गर्ने कोही नहुँदा समस्या भएको बताईन्।
‘निःशुल्क शिक्षा, पालनपोषण लगायतको व्यवस्था आवश्यक छ, ‘ सन्दीपका बुबाले समेत आफूले पाल्न नसक्ने भन्दै सहयोगको याचना गरेका छन्’ उपमेयर लामिछानेले भनिन्।यता सन्दीपका बुबा चन्द्रबहादुरले छोराको शिक्षादीक्षामा सहयोग गर्नेलाई जिम्मा दिने बताए।