भूकम्पयता १,४४८ बेवारिसे शव फेला, व्यवस्थापनमा प्रहरीलाई सास्ती
२४ भदौ २०८०
•
२ मिनेट पाठ
भूकम्पयता १,४४८ बेवारिसे शव फेला, व्यवस्थापनमा प्रहरीलाई सास्ती
२०७२ सालको भूकम्पयता प्रहरीको रेकर्डमा १ हजार ४४८ बेवारिसे शव फेला परेका छन्। जसमध्ये केहीको मात्र आंशिक परिचय खुलेको छ। आंशिक परिचयमा कसैको नाम र कसैको अस्पष्ट हुनेगरी ठेगाना खुलेको प्रहरी रेकर्डले देखाउँछ।




पहिचान नखुलेका शव व्यवस्थापनमा भने प्रहरीले सास्ती भोग्नुपर्छ। ‘सनाखत गर्न र आफन्तको अन्त्येष्टि गर्न पाउने हक सुनिश्चित गर्न पहिला हामीले पहिचान नखुलेका शव जोगाएर राख्नुपर्ने हुन्छ,’ प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भन्छन्, ‘तर काठमाडौँ उपत्यकाबाहिर शव फ्रिजिङ गर्ने व्यवस्था छैन। उपत्यकामै पनि क्षमता न्यून छ।’

सामान्यतया: अन्तर्राष्ट्रिय मान्यता अनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्ने हुन्छ।

विभागका अनुसार काठमाडौँ उपत्यकाका अस्पतालमा तीन सयसम्म शव राख्न सक्ने अवस्था छ। विभागमा प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रदीप सिंहका अनुसार उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा २५० र बाँकी अस्पतालमा ५० वटासम्म शव फ्रिजिङ गर्न सकिन्छ। काठमाडौँबाहिर विराटनगर, चितवनजस्ता ठुला सहरमा केही संख्यामा शव राख्न सकिन्छ।

यसरी न्यून संख्यामा मर्चरी हुँदा शव राख्न समस्या भइरहेको एआइजी तामाङ बताउँछन्। उनले भने, ‘लगभग सबैजसो फ्रिज भरिभराउ नै हुन्छन्। नयाँ शव राख्न लैजाँदा अस्पतालले पुरानो शव व्यवस्थापनका लागि प्रहरीकै जिम्मा लगाइदिन्छ।’ त्यसपछि प्रहरीलाई थप सास्ती पर्छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार प्रहरीले प्रक्रिया पुर्‍याएर अन्त्येष्टि गर्नुपर्छ। जसका लागि पहिला फरेन्सिक डाक्टरको सहयोगमा सरकारको अभिलेखमा भएका बायोमेट्रिक औँठाछाप वा अन्य अभिलेखसँग शव रुजु गर्नुपर्छ। यसमा औँठा छापदेखि दाँतसम्मको तुलना गर्नुपर्छ।

औँठाछापको अभिलेख निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा हुन सक्छ। तर त्यहाँका कर्मचारी सहजीकरणमा आलटाल गर्दा प्रहरीलाई समस्या हुन्छ।

यी प्रक्रिया पुर्‍याइसकेपछि स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाको रोहबरमा अन्त्येष्टि गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। अन्त्येष्टिका लागि चाहिने खर्च पनि स्थानीय तहबाटै व्यवस्था गर्नुपर्ने व्यवस्था छ। तर स्थानीय तहले नमानेको अवस्थामा समस्या हुन्छ। यसका लागि संघीय सरकारले स्थानीय तहसँग समन्वय गर्नुपर्ने एआइजी तामाङ बताउँछन्।

शवको पहिचान नखुल्दा मृत्युको कारण पत्ता लगाउन पनि समस्या भएको एआइजी तामाङ बताउँछन्। ‘शव सडेगलेको अवस्थामा फेला परे त मृत्युको कारण पत्ता लगाउन समस्या हुन्छ। ज्यान मारेको भए अपराधीसम्म पुग्न चाहिने सुराककै अभाव हुन्छ,’ उनले भने।

शवको पहिचान नखुल्दा वा आफन्त सम्पर्कमा नहुँदा प्रहरी अनुसन्धानसमेत कमजोर हुन्छ। तर शंकास्पद मृत्युको हकमा अनुसन्धानका लागि लामो समयसम्म शव राख्नुपर्छ। ‘शंकास्पद् मृत्यु छ भने १०/१५ वर्षसम्म पनि शव राखेका छौं। जसले गर्दा अनुसन्धानको सम्भावना रहन्छ,’ एआइजी तामाङले भने, ‘अन्त्येष्टि गरिएका शवको हकमा पनि अनुसन्धान सकिएको भन्ने हुन्न ।’
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस