जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस
२२ भदौ २०८०
•
१ मिनेट पाठ
जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस
जुम्लाको गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाका कर्मचारीले निजामती दिवस बहिष्कार गरेका छन्।




संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौँ २२ गते निजामती सेवा दिवस मनाउने परिपत्र गरेपनि गुठिचौर र तिलाका कर्मचारीले भने दिवस बहिष्कार गरेका हुन्।

स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा सुविधा, वृद्धि विकाको सुनिश्चिता नभएको र प्रस्तावित निजामती सेवा विद्येयकको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामति सेवाको परिभाषामा नसमेटेको भन्दै बहिष्कार गरेका हुन्।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी बीच विभेद गरेको हुँदा निजामती सेवा दिवस मनाउन उपयुक्त नहुने ठानेर बहिष्कार गरेको गुठिचौर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बालराम नेपालीले बताए।
अर्को समाचार
‘प्रमुख प्रशासकिय अधिकृत’ र ‘प्रदेश सचिव’ को मुद्दा सुल्झिदा पनि किन अड्कियो निजामती विधेयक ?
२९ भदौ २०८०
•
४ मिनेट पाठ
‘प्रमुख प्रशासकिय अधिकृत’ र ‘प्रदेश सचिव’ को मुद्दा सुल्झिदा पनि किन अड्कियो निजामती विधेयक ?
निजामती दिवसको अघिल्लो दिन भदौ २१ गते कर्मचारीलाई सकारात्मक सन्देश दिन मन्त्रिपरिषद्को बैठकले निजामती विधेयक र विद्यालय शिक्षा विधेयक संसद्मा लैजाने निर्णय गर्यो। विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भइसके पनि निजामती विधेयक कहिले दर्ता हुने हो यसको टुंगो छैन।




मन्त्रिपरिषद्ले संसद्मा निजामती विधेयक दर्ता गर्ने निर्णय गरेको एक हप्ता पूरा भइसकेको छ। तर तत्काल दर्ता हुने छाँटकाँट छैन। यद्यपि, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती सेवा ऐन तत्काल संसद्मा दर्ता गर्ने तयारी भएको प्रतिक्रिया दिइन्।

उनले विधेयकमा राखिएका केही बुँदाहरू मिलाउनुपर्ने भएकाले विधेयकका केही बुँदामा परिमार्जन गर्न लागिएको बताइन्।

‘तर तत्कालै निजामती विधेयक संसदमा लग्दैछौ’ उनले भनिन। मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले संघीय निजामती सेवा ऐन पास गर्ने बेलामा नै विधेयकमा राखिएका केही बुँदाहरू मिलाउने निर्णय गरिएको थियो। उक्त निर्णयअनुसार विधेयकका केही बुँदामा परिमार्जन गर्न लागिएको मन्त्रालय स्रोतले बतायो।

तत्कालीन संघीय मामिला मन्त्री अमनलाल मोदी र संघीय मामिला सचिव कृष्णहरि पुष्करको पालामा संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरिएको थियो। मोदी र पुस्करकै पालामा निजामती विधेयक अर्थ, कानुन, लोकसेवा आयोग र मन्त्रिपरिषद्मा लगिएको थियो। यसमा अर्थ र कानुनले सहमति दिइसकेका छन्।

तर संघीय मामिला मन्त्रालयले उक्त विधेयक मन्त्रालयमा दर्ता गर्नु अघि नै संघीय मामिला मन्त्रालयमा मन्त्री र सचिव दुवै फेरिएका छन्। मन्त्रालयको सचिवमा हाल विनोदप्रकाश सिंह कार्यरत छन्।

नयाँ मन्त्री र नयाँ सचिवले अहिले विधेयकमा राखिएका विषयवस्तुबारेमा विस्तृत अध्ययन गरीरहेको स्रोतले बतायो। ‘विधेयकमा राखिएका बुँदामा केही मिलाउनुपर्ने देखियो,’ मन्त्री अनिता देवीले भनिन्।

तत्कालीन संघीय मामिलामन्त्री मोदी माओवादीका हुन भने वर्तमान मन्त्री देवी जनमत पार्टीकी हुन्। संघीयतालाई बलियो र संस्थागत गर्न प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव प्रदेश सरकारको मातहतमा हुनुपर्ने अडान तराई मधेस केन्द्रित दलहरूको छ।

तर नेपाली कांग्रेस र एमालेले भने केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव केन्द्रको हुनुपर्ने अडान राख्दै आएका छन्। यस विषयमा प्रमुख पार्टीहरूको धारणा फरक–फरक छ।

ऐनको मस्यौदामा प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव तत्कालका लागि संघीय सरकारको मातहतमा रहने प्रावधान राखिएको छ। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ संघीय मामिला मन्त्री भएको बेला प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव प्रदेश सरकारको मातहतमा रहने प्रावधान राखिएको थियो। यस प्रावधानप्रति नेपाली कांग्रेस र एमालेका नेताहरूले आपत्ति जनाएका थिए। त्यति बेला निजामती विधेयक संसद्मा दर्ता नहुनुमा यो एउटा पनि प्रमुख कारण थियो।

कानुनअनुसार मन्त्रिपरिषदले संसदमा लग्ने निर्णय गरीसके पछि सम्बन्धित मन्त्रालयले संसदमा दर्ता गराउनुपर्छ। त्यसैले यो विधेयक संघीय मामिला मन्त्रालयले संसद्मा दर्ता गराउनु पर्ने छ। मस्यौदामा फेरि परिमार्जन गर्ने भए परिमार्जित मस्यौदलाई मन्त्रिपरिषद्ले फेरि पास गनुपर्छ।

सरकारले संघीय निजामती सेवा ऐनमा सहमति जुटाउन र यसमा सहजीकरण गर्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको थियो। सहजीकरण समितिले टुंगो लगाएपछि विधेयकलाई मन्त्रिपरिषद्मा लगिएको थियो।

संघीय निजामती सेवा ऐन २०७४ देखि अड्किएको छ। विधयकको प्रारम्भिक मस्यौदा २०७४ सालमै बनाइएको थियो। त्यसपछि पटकपटक मस्यौदामा परिमार्जन हुँदै आएको छ। मन्त्री र सचिव फेरिनेबित्तिकै मस्यौदामा परिमार्जन गर्ने गरिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा निजामती विधेयकलाई संसद्मा लगिएको थियो। लामो समयसम्म यो विधेयक राज्य व्यवस्था समितिमा छलफल भएको थियो।  

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सरकारले विधेयक संसदबाट फिर्ता लिएको थियो। संघीय निजामती सेवा ऐन नआउँदा अहिले पनि कर्मचारी कानुन ३१ वर्षअघिको निजामती सेवा ऐन २०४९ बाट सञ्चालित छ।

त्यो बेला मुलुक केन्द्रीकृत शासन प्रणालीमा थियो तर अहिले देश संघीयतामा गइसकेको भए पनि पुरानो कानुनबाट प्रशासन क्षेत्र चलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चालु आवका लागि संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संघीय निजामती सेवा ऐनलाई उच्च प्राथमिकता दिएको बताएका थिए। संसद्को चालु अधिवेशनमा विधेयक ल्याई निजामती सेवामा सुधार आउने अपेक्षा गरिए पनि संसद्मा अलमल कायमै छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस