हिन्दुहरुको पर्व रक्षा बन्धनको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तौलिहवामा रक्षा बन्धन उत्सव सम्पन्न गरिएको छ।
कपिलवस्तु नगरपालिका– ३ कालिका गाउँमा रहेको विश्व विद्यालयमा आयोजित कार्यक्रममा सामूहिक पवित्रता, प्रेम र एकताको प्रतीक राखी बाँधिएको थियो।
कार्यक्रममा विश्व विद्यालयकी प्रमुख संचालिका राजकुमारी कार्कीले आएका सहभागीहरुलाई राखी बोधेकी थिइन। कार्यक्रममा सहभागी पुर्वमन्त्री बृजेश कुमार गुप्ता, कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, प्रजिअ शंकरहरि आचार्य, प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी लगायत कार्यक्रममा सहभागी थिए।
सो अवसरमा प्रजिअ आचार्यले समाजमा सद्भाव, प्रेम र नैतिकतालाईक कायम राख्न हरेक धर्मले बाटो देखाउने बताए। उनले रक्षाबन्धले समाजमा दाइ बैनीको सम्बन्धलाई अझ मजमुद बनाउन प्रेरणा मिल्ने बताए। सो अवसरमा मेयर पौडेललले विश्व विद्यालयमा आई रक्षा बन्धन समारोहमा सरिक हुन पाउँदा आफूलाई शान्ति मिलेको बताए।
सोही अवसरमा समाजसेवी रवि ठाुकरले रक्षा बन्धन उत्सवमा आफू सारिक हुन पाउँदा निकै खुशी लागेको बताए। कार्यक्रममा ब्रह्माकुमारी दिदी बहिनीहरुले एक दर्जन बिशिष्ठ अतिथिहरुलाई राखी बाँधेर आशिष् दिएकी थिइन। उत्सवको अवसरमा सय बढीले दिदी बैनी र दाजु भाइलाई सामूहिक राखी बाँधिएको थियो। कार्यक्रममा धार्मिक प्रवचन समेत भएको थियो।
रक्षा बन्धनको अवसरमा कपिलवस्तु कारागारका कैदी बन्दीलाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका दिदी बहिनीले रक्षा सूत्र (राखी) बाधेकी थिइन।
विद्यालयकी प्रमुख ब्रम्हाकुमारी राजकुमारीले साढे ३ सय बढी कैदी बन्दीलाई कारागारमै गई राखी बाँधेर आशिष् दिएकी थिइन।
उनले राखीको डोरो कैदी बन्दीको हातमा बाँधी उनीहरलाई टीका लगाएर मिठाईको प्याकेट समेत प्रदान गरेकी थिइन। सुरक्षाकर्मीलाई समेत राखी बाधेकी थिइन। विद्यालयले विगत वर्षहरूमा कैदी बन्दीलाई रक्षा बन्धन लगाउँदै आएको छ।
प्रमुख संचालिका रिाजकुमारीले आफूले गरेको अपराध र गल्तीलाई महसुस गरी समाजमा मानवता, प्रेम र भाइचारा कायम गराउनका लागि कैदी बन्दीलाई समेत राखी बाँधिएको बत्ताइन।
आफूले सबै कैदी बन्दीलाई राखी बाँधेर आगामी दिनहरुमा समाजमा राम्रो काम गरी प्राश्चित गरी समाजमा शान्ति कायम राख्न उनीहरुलाई अनुरोध गरेको बत्ताइन। कारागारमा रहेका कैदी बन्दीहरुलाई भेट्न र राखी लगाउन आएका दिदी बैनीकालागि समेत प्रबन्ध मिलाइएको थियो।
उता जैनै पूर्णिमाको अवसरमा कपिललवस्तुका विभिन्न स्थानमा सामूहिक जैनै पूजा गरी जनै फेर्ने कार्यक्रम समेत गरिएको थियो। तौलिहवाको राधाकृष्ण मन्दिर र सागरटोलको दुर्गा मन्दिरमा सामूहिक जनै फेर्ने र डोरो बाँध्ने कार्य सम्पन्न गरिएको थियो।