दुई विजेताको समूहमा रहेको नेपालले भुटानमा हुने यु–१६ साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।आगामी शुक्रबारदेखि भुटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदै छ। डिफेन्डिङ च्याम्पियन बंगलादेश र पूर्वविजेता भारतको समूह ‘ए’ मा रहेको नेपालले छोटो समयको तयारीका बाबजुद पहिलोपटक उपाधि जित्ने महत्वाकांक्षा राखेको छ। दक्षिण एसियाको उमेर समूहका प्रतियोगितामा नेपालको नतिजा सुखद नै छ। यद्यपि, सन् २०११ र २०१३ मा घरेलु मैदानमा नै दुई पटक आयोजना भएको यो उमेरसमूहको उपाधिमा भने नेपालले आफ्नो नाम लेखाउन सकेन। सन् २०११ यता साफ यु–१६ च्याम्पियनसिपका अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छन्।
पछिल्ला तीन संस्करणमा पाकिस्तान, भारत र बंगलादेश च्याम्पियन हुन्। नेपालको किशोर टोलीले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसपल्ट भने नेपाली किशोर टोली भुटानमा यो उमरसमूहमा उपाधिको भोक मेटाउन चाहन्छ। तर, नेपालका लागि उपाधि यात्रा सहज भने छैन। किनकी नेपालको समूह ‘ए’ मा यस अघिका विजेताद्वय भारत र बंगलादेश छन्। आइतबार थिम्पुको चाङ्लिमिथाङ स्टेडियममा बंगलादेशविरुद्ध खेल्दा नेपाल यस संस्करणको सुखद सुरुआत गर्ने लक्ष्य हुनेछ।
नेपाली किशोर फुटबल टोलीका प्रशिक्षक रवीन्द्र सिलाकार छोटो समय भए पनि तयारी राम्रो भएकाले उपाधि जित्ने विश्वास व्यक्त गर्छन्। ‘हामीले १४ दिन मात्र तयारी गरेका छौं। यद्यपि, पाएको समयलाई जतिसक्दो प्रयोग ग¥यौं। प्राविधिक रूपमा खेलाडीहरू राम्रा छन्। मैले उनीहरूलाई रणनीतिक रूपमा मात्र तयार गर्न आवश्यक थियो। यो छोटो समयमा मैले त्यही पक्षमा काम गरेँ,’प्रशिक्षक सिलाकारले भने। धेरै जसो खेलाडीहरूले जारी एन्फा यु–१६ लिग खेलेका छन्। अधिकांश खेलाडी त्यही लिगबाट छानिएका हुन्। ४÷५ जना खेलाडी भने जिल्ला देखिको छनोटबाट आएका छन्।
प्रशिक्षक सिलाकारले पनि अधिकांश खेलाडी युथ लिगबाट आएकाले छोटो समयको तयारी भए पनि भुटानमा राम्रो प्रदर्शन हुने बताए। सन् २०११ को पहिलो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो। त्यसपछि भारतले सन् २०१३ मा आयोजक नेपाललाई घरेलु भूमिमा हराउँदै उपाधि उचाल्यो। पछिल्लो संस्करण सन् २०१५ मा बंगलादेशमा भएको थियो। त्यस संस्करणमा बंगलादेशले उपाधि जित्दा नेपाल भने सेमिफाइनलमा नै भारतसँग पराजित हुन पुग्यो। यसपल्ट नेपाल १४ दिनको प्रशिक्षणबाट साफ यु–१६ को चौथो विजेता बन्ने लक्ष्यमा छ।
नेपालका प्रशिक्षक सिलाकारले उमेरसमूहमा कुनै पनि टोली बलियो र कोही कमजोर नहुने उल्लेख गर्दै मैदानमा जसले उत्कृष्ट दिन सक्यो त्यसले नतिजा दिने दाबी गरे। नेपालको यु–१६ टोलीले साफकै तयारी गरिरहेको नेपालको यु–१९ को टोलीसँग आइतबार अभ्यास खेल पनि खेलेको थियो। यद्यपि, अपर्याप्त समय र सोही उमेरसमूहका प्रतिद्वन्द्वी अभावका कारण नेपालले थप अभ्यास खेल भने खेल्न पाएन। प्रशिक्षक सिलाकारले पर्याप्त अभ्यास खेलको व्यवस्था हुँदा अझै राम्रो टोली बन्ने बताउँछन्।
अन्य पक्षहरूमा राम्रो तयारी भए पनि फिटनेसमा भने अझै केही समस्या देखिएको प्रशिक्षक सिलाकार बताउँछन्। भुटानमा हुने यो च्याम्पियनसिपका लागि प्रशिक्षक सिलाकारले गत भदौ ४ गते नै अन्तिम टोली घोषणा गरिसकेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २३ खेलाडीले अभ्यास गर्दै आइरहेका छन्। उक्त टोलीका खेलाडी सुवास बमले अधिकांशले एन्फा यु–१६ लिग खेलेकाले धेरै मद्दत मिलेको र तयारी पनि राम्रो भएकाले च्याम्पियनसिपको ट्रफी लिएर आउने विश्वास व्यक्त गरे। मिडफिल्डर सुवासले १४ दिनको समयमा आफूहरूले राम्रो मिहिनत गरेको त्यसको नतिजा पनि आउने बताए।
आफ्नो समूहमा भारत र बंगलादेश बलियो टोली रहेको स्विकार गर्दै उनीहरूका लागि पनि नेपाल कठिन प्रतिद्वन्द्वी बन्ने लक्ष्य रहेको उनको विश्वास छ।