‘देउडा’ ले सुदूरपश्चिमको माहोल ततायो
१२ भदौ २०८०
•
३ मिनेट पाठ
‘देउडा’ ले सुदूरपश्चिमको माहोल ततायो
हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ। सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ। 




गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने धेरै भेटिन्छन्।

महेन्द्रनगरको शिवधाम परिसरदेखि धनगढीका विभिन्न स्थानमा अचेल देउडाका पारखी देउडा खेल्दै रमाइरहेका छन्। काँधमा काँध र पैताला मिलाएर खेलिने देउडा सुदूरपश्चिमको पहिचान बनेको छ। देउडामार्फत यहाँ सुखदुःख, मिलन विछोड तथा मायाप्रीतिका कुरा व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्ने गर्छन्। यहाँका पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा देउडा खेल खेल्ने चलन छ।

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ। त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा खप्तड समाजले देउडा प्रदर्शनीको तयारी गरेको छ। समाजका अध्यक्ष एवं भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले समाजको अगुवाइमा महेन्द्र स्मारकमा देउडा प्रदर्शन गरिने बताए।  

खड्काले भने–“देउडा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यहाँ देउडा प्रदर्शनी गर्दैै आएका छौंँ।”
यहाँको बेल्डाडी, दोधारा चादँनी, शुक्लाफाँटा, कृष्णपुरका साथै भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा हरेक साझँ देउडा खेलिरहेका प्रशस्तै भेटिन्छन्। आगामी शनिवार कञ्चनपुर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले समेत महेन्द्रनगरमा बृहत खुल्ला देउडा तथा श्रष्टा सम्मान आयोजना गर्दैछ। 

प्रतिष्ठानका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ले सुदूरको मौलिक कला, संस्कृतिको पर्वद्धनका लागि देउडा कार्यक्रम आयोजना गर्न लागिएको बताए। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी हुने बताइएको छ।

“देउडा सुदूरको विशिष्टिकृत पहिचान हो, देउडाले सुदूरलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको छ”, गायक धामीले भने, “भारतका विभिन्न स्थानदेखि अमेरिकासम्म सुदूरपश्चिमेलीले  गौरामा देउडा खेलेर रमाइलो गरेका दृष्य सामाजिक सञ्जालमा देख्दा मन आनन्दित बन्यो।”

महेन्द्रनगरका साहित्कार हेमबाबु लेखक देउडा हरेक उत्सवमा खेलिँदै आएको बताउँछन्। “गौरा एउटा उत्सव भएकाले त्यसमा देउडा खेलिन्छ”, उनले भने, “यहाँसँगै भारतको कुमाउँ गडवाल क्षेत्रमासमेत हरेक उत्सवमा देउडा खेल्ने परम्परा छ।”

सुदूरपश्चिमेली देश–विदेशसमा गौराको अवसरमा देउडा खेलेर रमाउने गरेका छन्। “गौराको अवसरमा देउडा मात्रै आयोजना गरेर गौरा भनेकै देउडा मात्रै हो की भन्ने भ्रम नयाँ पुस्तामा आएकाले यो चिन्ताको विषय बनेको छ”, साहित्यकार लेखकले भने, “गौरा छुट्टै संस्कृति र परम्परा हो।” उनले गौरामा देउडामा रमाए पनि गौराको परम्परागत शैली र विधि अनुसार मनाउन सचेत हुनुपर्नेमा जोड दिए।

देउडामा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाइरहेका हुन्छन्। देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा भएको र पछिल्लो समय समुद्र पारी पुगेका सुदूरपश्चिमेली पनि यो पर्वलाई उत्सवका रुपमा धुमधामका साथ मनाउन थालेका छन्।

साहित्यकार कविराज भट्ट देउडालाई लोकवार्ता र लोकनृत्यका रुपमा लिन्छन्। उनले सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व तथा पहिचान पनि भएकाले यसको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। “प्रदेशमा बिदा दिएर र टुँडिखेलमा गौरामा देउडा खेलेर यसको प्रचारप्रसार हुने भए पनि मौलिक रुपमा गौरा मनाउन नयाँ पुस्तालाई पनि जोड्नुपर्छ”, उनले भने, “देउडाप्रति  युवा पुस्ता पनि उत्साहित नै देखिन्छ।”

देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गर्छ। महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ।

ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शिवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ। यहाँ खप्तड समाज, अछाम समाज, महाकाली साहित्य सङ्गम, मन्दिर समितिलगायत सङ्घ/संस्थाले हरेक वर्ष गौरामा देउडा प्रर्दशनी एवं प्रतियोगिता आयोजना गर्दै आएका छन्।
अर्को समाचार
संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा
०५ साउन २०७८
•
४ मिनेट पाठ
संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा
शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ ।




सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले साउन १ गतेको दिनलाई कर्कट सङ्क्रान्ति भनिने गरिएको हो । ‘मानो रोपेर मुरी’ उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर खेतीपातीका लागि हिलोमैलो गरेर थाकेका किसान सफासुग्घर भएर आफ्ना परिवार तथा आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

लुतो तथा अन्य छालाको रोगबाट मुक्त होइन्छ भन्ने धार्मिक मान्यताका रहेको साउने सङ्क्रान्ति कर्णाली प्रदेशमा भने अलि फरक रुपले मनाइन्छ । यो दिनमा कर्णालीमा विशेषगरी सल्लाको झरो (चिरेको तेलयुक्त काठ) बाट बनाइएको राँको बालिन्छ । यसरी विधिपूर्वक बालिएको राँकोले वर्षाका बोला लाग्ने सरुवा रोगका साथै मानसिक विकार पनि जलेर खरानी हुन्छ भन्ने मान्यता रहेको छ ।  

संस्कृतिसम्बन्धी जानकारहरु यो पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व रहेको बताउँछन् । एउटै जस्तै देखिए पनि प्रचलित परम्पराअनुसार हरेक वर्ग, जाति र क्षेत्रका बासिन्दाले आ–आफ्नै मौलिक संस्कृतिका रुपमा यो पर्व मनाउँदै आएकामा आधुनिक सूचना र प्रविधिको विकासले यसका मौलिक पक्ष विस्मरण हुँदै आएका छन् ।

सूचना र प्रविधिको विकास, बढ्दो शहरीकरण, बसाइँसराइ, आधुनिक जीवनशैलीजस्ता कारणले बिहेबारी, व्रतबन्ध, रत्यौली, रुद्रीकथा, मेला (पैठ) मालिकाको पूजाआजालगायत शुभ अवसरमा गाइने झोडा, मागल (मङ्गलगान) चरण, धमारी आदि सुनिन छाडेका छन् ।

परिवर्तित जीवनशैलीका कारण न्याउली तथा कोइलीको भाकामा गाइने गीत पनि लोप हुँदै गएको छ भने  बनिबनाउ गीत, पश्चिममा संस्कृति मुखरित डिजे सङ्गीत आजको युवा चाहनाको केन्द्रविन्दु बन्दै आएको छ । आयातित संस्कृति र जीवनशैलीले परम्परागत  संस्कृतिको संरक्षण र संवर्धन  गर्न चुनौतीपूर्ण भएको कनकासुन्दरी गाउँपालिका निवासी सूर्यमणि हमाल बताउँछन् ।

बारुवाँ, सोह्रुवा, बिसुवाँ, साउने सङ्क्रान्तिजस्ता यी यस्तै पर्वको सांस्कृतिक तथा मौलिकपन लोप हुँदै जान थालेकाले यहाँका पाको पुस्ता चिन्तित हुँदै तिनको जगेर्ना गर्नुपर्नेमा जोड दिन थालेका छन् ।  

स्थानीय संस्कृतिका जानकार तथा ‘खसिया आखर’का सम्पादक रमानन्द आचार्य पछिल्लो पुस्ताको जीवनशैली र क्रियाकलापले यहाँको भाषा, कला, साहित्य र संस्कृतिमा अतिक्रमण भएको बताउँछन् । कुनैपनि परम्परा र सभ्यता स्थानीय समुदाय, भाषा र जातिको सामाजिक, सांस्कृतिक पहिचान र अस्तित्वसँग जोडिने भएकोले तिनको जगेर्ना गर्नु राज्य, सरकार र सरोकारवाला सबैको दायित्व भएको उनी सुझाउँछन् । कर्णालीमा साउने सङ्क्रान्तिका दिन आरुको काठमा चिरेको झराले बनाइएको राँको (सल्लाको तेलले भरिएको काठबाट बनाइएको दियालो) बालिन्छ र त्यो समयमा लुतोपुतो, खाइने, खड्किने, जल्ने, पोल्ने शरीरमा भएका सबै रोगव्याधि गइजाओस् (समाप्त होस्) भन्ने कामना गरिन्छ ।  

पौराणिक कालमा बलिराजाले राजकाज सम्हालेको खुशीयालीमा र हनुमानले लङ्का जलाएको सम्झना राँको जलाउने गरिएको र यसका  साथै गुनाको पुच्छर, कैंयारको बिरुवा, थोरै चामल, घरको कुनाको धुलो कुटिरो बनाएर निश्चित ठाउँमा सेलाउने प्रचलन रहेको सम्पादक आचार्य बताउँछन् ।

साउने सङ्क्रान्तिलाई देउडा पर्वका रुपमा मनाउन र आपसी बन्धुत्व, भातृत्व, भगिनीत्व र मित्रवत् सम्बन्ध कायम राख्नका लागि यहाँको प्रदेश सरकारले राजपत्रमै उल्लेख गरेर  साउने सङ्क्रान्तिमा देउडा पर्वसमेत थपेर गत वर्षदेखि  सार्वजनिक बिदा दिँदै आएको छ ।

हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरमा खेलिने देउडा कोरोना महामारीका कारण गत वर्ष रोकिएकामा यही साउन १ गते पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीबाट देउडाको शुभारम्भ भयो ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले  चैत १२ गते धान दिवस र असोजमा चन्दननाथ मन्दिरमा लिङ्गो हाल्ने (ठड्याउने) दिनलाई पनि सार्वजनिक बिदा दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

जुम्ली एकता सेवा समाजका सदस्य अमृत पाण्डे यहाँको कर्णालीको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनसँग मेल खाने विषयवस्तुका बारेमा गितीलयबाट बोलिने  देउडाको संरक्षण र संवर्द्धनका लागि प्रारम्भ थालिएको बताउँछन् ।  

हरेक अवसरमा खेलिने देउडा र माटेघरको छतमा, मिलेको थाडो, बाडो र ओटालोमा बालिने राँकोजस्ता चाड पर्वको रौनक अहिले जस्ताले छाइएका घरका कारण ओझेलमा पर्दै गएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने गुनासो गर्छन् ।  

“आजकालका ठेटाठेटी (युवकयुवती)हरु डेक प्रयोग गरेर अर्काकै गीतमा रमाउँछन् । हाम्रो पालामा हामी आफैँ गीत सिर्जना गरेर नाच्थ्यौँ, गाउँथ्यौँ, रमाउँथ्यौँ । अचेल न हामी उनका गीत बुझ्छौँं न त उनीहरु हामीले गाएको बुझ्छन्”, तिला गाउँपालिकाका बिजुली सिंहको भनाइ छ ।  

कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धिताल देउडालगायत अन्य मौलिक संस्कृति संरक्षणको अभियान थालिएको बताउँछन् ।  

देउडा सुदूर तथा मध्यपश्चिम नेपालको लोकप्रिय खेल मानिन्छ । हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडीलगायत जिल्लामा सामाजिक परिवेशलाई गितीलय, कविता, व्यङ्ग्य प्रहसन र कथाका माध्यमबाट चित्रण गर्ने यो खेल यहाँको अस्तित्व र मौलिकता रक्षाको प्रमुख कडीका रुपमा रहेकाले यसको संरक्षणको पहल थालिएको जुम्लास्थित कर्णाली देउडा समाजका अध्यक्ष धितालको भनाइ छ ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस