समयमा हेलिकप्टर उडानको अनुमति नपाउँदा बिरामीको मृत्यु
१० भदौ २०८०
•
३ मिनेट पाठ
समयमा हेलिकप्टर उडानको अनुमति नपाउँदा बिरामीको मृत्यु
शनिबार ढिलो गरी उद्धारपछि बिरामीलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा लिइँदै। तस्बिर: नागरिक।
बर्दियास्थित बारबर्दिया नगरपालिका–८ कण्ठपुरका ५७ वर्षीय रूपबहादुर रानाभाट एक्कासि बिरामी भएपछि उपचारका लागि शुक्रबार नेपालगन्ज भेरी अस्पताल पुगे।




पिसाब रोकिएपछि स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा शनिबार उनलाई थप उपचारका लागि काठमाडाैँ स्थित मेडिसिटी अस्पताल रेफर भयो। काठमाडौंबाट दैनिक दर्जन बढी उडान हुने नेपालगन्जमा जहाजबाट ढिलो हुने भएपछि परिवार हेलिकोप्टरमार्फत काठमाडौं लिने तयारी गरे र सिम्रिक एयरमार्फत उद्धार गर्ने तयारी भयो।

तर, नागरिक उड्डयन प्राधिकरणले तत्काल उद्धारका लागि मागेको अनुमति ढिला दिँदा समयमै बिरामीलाई मेडिसिटी अस्पताल पुर्‍याउन सकिएन। शनिबार साँझ करिब ५ः४४ बजेतिर बिरामीलाई काठमाडौं पुर्‍याइयो। तर दुःखद, उनको उद्धारमा ढिलाइ हुँदा उनले सदाका लागि संस्कार त्यागे अर्थात् उपचारका क्रममा उनको आइतबार मृत्यु भएको छ। 

पिसाब रोकिँदा रूपबहादुरको शरीरका अन्य भागमा पनि समस्या हुँदै गएको उनका भाइ बामदेवले जनाए। सामान्य अस्वस्थ अवस्थामा दाइलाई स्थानीय स्वास्थ्य चौकीमा लिएको र त्यहाँ उपचार नभएपछि भेरी अस्पतालसम्म पुर्‍याइएको उनी बताउँछन्।

‘पिसाब रोकिँदा पिसाबमा भएका कीटाणुले उहाँका कलेजो, फोक्सोलगायत शरीरका संवेदनशील भागमा असर पर्दै गएको थियो,’ उनी भन्छन्, ‘उपचारमा जति ढिलो भयो उति नै दाइलाई समस्या हुँदै गएको थियो।’ यदि समयमै काठमाडौंको अस्पतालमा पुर्‍याउन सकिएको भए उपचार हुन सक्ने भन्दै उनले भने, ‘समयमै बिरामीलाई उपचार गराउन सकिएन।’
मागेको समयमा अनुमति पाएको भए बिरामीलाई बचाउन सकिने केही आशा भएको उनी बताउँछन्। सिम्रिक एयरले ६ लाख ४० हजार रुपैयाँ लिने सम्झौता गरेको थियो। त्यसमा छुट्टै ६० हजार रुपैयाँका मेडिकल टिमका लागि खर्च लागेको बताइएको छ।

‘सामान्य बिरामीलाई सात लाख रुपैयाँ खर्च गरेर काठमाडौं लिनु हाम्रो रहर होइन,’ उनी भन्छन्, ‘नागरिक उड्डयन प्राधिकरणले हाम्रो बाध्यता बुझिदिएन। उपचार गर्न जहाज तथा गाडीमा पनि आउन सकिन्थ्यो,’ उनले भने, ‘बिरामीको अवस्था गम्भीर हुँदै गएपछि महँगो पैसा तिरेर काठमाडौं जान अनुमति मागिएको हो। यसमा पनि ढिलाइ गर्ने।’
यता सिम्रिक एयरले भने अनुमति ढिलो पाउँदा बिरामीलाई समयमै उद्धार गर्न नसकेको बताएको छ। सरकारले बिरामी उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ। अन्य उडानसमेत प्रभावित गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राखे पनि शनिबार नागरिक उड्डयन प्राधिकरणले उद्धारमा गम्भीरता नदेखाएको सिम्रिक एयरको आरोप छ।

‘उद्धारको अनुमति भनेपछि तत्कालै दिनुपर्छ,’ सिम्रिक एयर स्रोतले भन्यो, ‘यो वा त्यो बहानामा उद्धारको अनुमति नदिनु गैरजिम्मेवारीपन हो।’ हेलिकोप्टरमा होचो अवस्थामा आँखा देख्न सक्ने मौसम भए पनि उडान गर्न सक्ने भन्दै सिम्रिक एयरले भन्यो, ‘हिजो अनुमति मागेको समयमा मौसम त्यति धेरै बिग्रेको थिएन। अनुमति पाएको भए समयमै उद्धार गर्न सकिन्थ्यो।’
सिम्रिक एयरका अनुसार शनिबार बिहान ९ः४० मा अनुमति मागिएको छ। ‘१०ः२४ मा आवश्यक कागजात माग भएको थियो,’ सिम्रिक एयर स्रोतले भन्यो, ‘त्यसपछि १०ः४० मा अनुमति आयो।’ आवश्यक कागजात पुर्‍याउँदापुर्‍याउँदै १०ः५२ मा उद्धारका लागि काठमाडौंबाट नेपालगन्जका लागि हेलिकोप्टर उडेको थियो। भरतपुरको स्थानीय मौसम बिग्रिएपछि काठमाडौंबाट उडेको हेलिकोप्टर भरतपुरमा रोकिएको थियो।

भरतपुरमा झन्डै एक घण्टा रोकिएको थियो। स्थानीय मौसम बेलाबेला बिग्रिँदा उक्त हेलिकोप्टर नेपालगन्जबाट बिरामी लिएर ५ः४४ मा काठमाडौं पुगेको थियो। जल तथा पूर्वानुमान शाखाका अनुसार शनिबार बिहान ९ः२५ सम्म काठमाडौंमा हल्का वर्षा भएको थियो। उक्त वर्षामा उडान भर्न सकिने सिम्रिक एयरको दाबी छ। जटिल खालका बिरामीको उद्धारमा अनुमति ढिलो हुँदा पश्चिम दुर्गमका बिरामीको उपचारमा समस्या हुने यहाँका स्थानीय बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्काल उडानका लागि अनुमति दिएको दाबी गरेका छन्।

‘१०ः१५ मा कागजातसहित अनुमति मागिएको थियो,’ उनले भने, ‘हामीले १०ः२४ मा उडान अनुमति दिएका थियौं।’ उडान हुने मौसम र त्यसबीचको मौसम जानकारी लिएर मात्र उडानका लागि अनुमति दिने उनी बताउँछन्।

‘मौसम नबुझेर अनुमति दिँदा भोलि केही अप्रिय घटना हुन सक्छ,’ उनले भने, ‘उद्धारका नाममा एक जनाको ज्यान जोगाउन अरूको ज्यान त जोखिममा पारिँदैन नि।’ उद्धारका नाममा केही दुरुपयोग भएकाले यसलाई रोक्न बिरामीको कागजात माग्ने गरिएको उनी बताउँछन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस