धरानमा पछिल्लो समय देखा परेको धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्ने भन्दै यहाँका बुद्धिजीवी एवं नागरिक समाजका अगुवाहरु चिन्तित बनेका छन्।
धरानमा पछिल्लो समय मन्दिर सामु चर्च बनेपछि धार्मिक विवाद सुरु भएको थियो। उक्त धार्मिक विवाद साम्य नहुँदै गत साता गोरु काटेर खाएको घटनाले थप चर्काएको छ।
यो घटनाले आक्रोशित हिन्दु धर्मावलम्बीहरुले भदौ ९ गते धरानमा गौसंरक्षणको लागि भन्दै वृहत् प्रदर्शन गर्ने तयारीमा जुटेका छन्। धरानभन्दा बाहिरबाट हिन्दु धर्मका गुरुहरुले धरान आउन आह्वान गरिरहेका छन्। अर्कोतर्फ गोरुको मासु खान पाउने सांस्कृतिक अधिकार भन्दै आन्दोलनरत पक्षले पनि प्रतिरोध गर्ने तयारीमा जुटेका छन्। यसले धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिने चिन्ता प्रशासन, राजनीतिक दल, बुद्धिजीवी वर्गमा छ।
धरानको सामाजिक सद्भाव बिथोलिने स्थिति बनेपछि बिहीबार सुनसरी उद्योग वाणिज्य संघमा पुर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा भेला भएको थियो। उक्त भेलापश्चात् ३ जना पुर्वमेयर तथा एक उपमेयरले संयुक्त अपिलमार्फत निर्णय सार्वजनिक गर्दे सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
निवर्तमान मेयर तिलक राई, पुर्वमेयर कुमारबहादुर कार्की, पुर्वमेयर मनोजकुमार मेन्याङबो र पुर्वउपमेयर मीन कुमार सुब्बाले जारी गरेको अपिलमा धार्मिक, सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरू बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गरिएको छ।
यस्तै, धरानको सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्याली निकाल्ने र र्यालीमा सहभागिताको लागि सबैलाई आह्वान पनि गरिएको छ। उक्त र्याली छाताचोकस्थित पुरानो अस्पतालबाट सुरु भएर भानु चोकसम्म पुग्नेछ। यस्तै, धार्मिक तथा सांस्कृतिक विवादलाई समाधान गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न पनि अनुरोध गर्ने निर्णय उक्त भेलाले गरेको छ भने धरानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने पनि निर्णय भएको अपिलमा उल्लेख छ।
संयमता अपनाउन शिक्षा मन्त्री राईको आह्वान
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले धरानमा सामाजिक सद्भाव खलबलिने प्रयासहरू भइरहेको भन्दै चिन्ता प्रकट गरेका छन्। मन्त्री राईले बिहीबार धरानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव बिथोल्ने कार्यहरू सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे।
उनले लोकतन्त्रमा अधिकार माग्ने र विरोध जनाउन पाउने अवस्था भएको तर अर्काको अधिकार हनन गर्न नहुने पनि धारणा व्यक्त गरे।
‘धरानमा सामाजिक सद्भाव खलबलिने किसिमको कामहरु हुन खोजिरहेको छ, त्यो चिजलाई हामी सबैले मिलेर निरुत्साहित गर्नुपर्छ,’ मन्त्री राईले भने, ‘हामी लोकतन्त्रमा छौं, अधिकार माग्न पाउने व्यवस्थामा छौं, विरोध जनाउन पाउने अवस्थामा छौं। तर अर्काको अधिकार हनन नहुने गरी, अर्कालाई पीडा वा क्षति नपुग्ने गरी। डेमोक्रेसी भनेको त्यही हो।’
धरानसहितको सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं मन्त्री राईले सबैलाई संयमता अपनाउन आह्वान गरेका हुन्।
‘मेरो हार्दिक निवेदन छ, सबै पक्षका साथीहरुलाई धैर्य, संयम, सद्भाव, आपसी प्रेमलाई कहिल्यै पनि थिचोमिचो नपुर्याई, त्यसलाई कुल्चिएर अगाडि बढ्ने कोसिस नगरौँ,’ मन्त्री राईले भने, ‘चाहे हामी हिन्दु हौं, चाहे हामी मुसलमान हौं, चाहे हामी बौद्ध धर्मावलम्बी हौ, चाहे ख्रिष्टियन हौं। हामी त नेपाली नै हौं।’
मन्त्री राईले धार्मिक सहिष्णुता, सांस्कृतिक समानता, आपसी सम्मान र सद्भावको अवस्थालाई खलबलाउन नदिन आह्वान गरे।
उनले भने, ‘हामी सबै मिलेर जानुपर्छ। मन्दिरसँगै मस्जिद, गुम्बासँगै गिर्जाघर मिलेर बस्न सक्ने वातावरण बनाउनु नै हाम्रो जित हुन्छ।’ मन्त्री राईले को ठुलो, को सानो गर्न थालेमा घृष्णा जन्माउने र घृणाको आगोले सबैलाई जलाउने बताए।
‘प्रेम र सद्भावले यो समाजलाई उनौं, समाजलाई जोडौं, नतोडौं,’ उनले भने, ‘एक छिनको लागि आत्मतुष्टी, अहंतुष्टी होला तर त्यसको दीर्घकालीन असर के हुन्छ ? हाम्रो समाज कहाँ जान्छ ? गम्भीरतापूर्वक ख्याल गरेर सबैप्रति सम्मान गर्ने, सद्भाव राख्ने दृष्टिबाट अघि बढौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...