भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना फरार भएकोमा आठ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। फरारमध्ये सोमबारसम्म दुई सय ११ जना पक्राउ परेका छन्।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले मंगलबार साँंझसम्म आठ जना अझै फरार रहेको जानकारी दिए। उनीहरुको खोजी कार्य ररहेको उनले बताए।
बालसुधार गृहमा बसीरहेका मन्थली नगरपालिका–३, कठजोरका वर्ष १८ का कमल बस्नेतको आइतबार रहस्यमय मृत्यु भएको थियो। बेहोस भएपछि अस्पताल लगीएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। मृत्युपछि आफन्तले आइतबारदेखि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए। त्यस क्रममा सोमबार स्थिति तनावपूर्ण बनेको थियो।
बालसुधार गृह गेट बाहिर पीडितका आफन्तहरु र सुधार गृहमा बसेकाहरुले विरोध गर्दै गरेका थिए त्यहिबीचमा प्रहरी र उनीहरुबीच झडप भएको थियो।