कागजका नाग टाँसिँदै, साँच्चीकैका मासिँदै
०४ भदौ २०८०
•
३ मिनेट पाठ
कागजका नाग टाँसिँदै, साँच्चीकैका मासिँदै
अगस्त्यश्च पुलस्त्यश्च...। यो नाग पुज्ने मन्त्र हो। आज नागपञ्चमी पर्व भएकाले घरका ढोकामा नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ। प्रकृतिको संरक्षणमा अतुलनीय योगदान दिँदै आएको यो जीव यथार्थतामा भने जीवन–मरणको संकटमा छ। नाग पुज्दै आएको हाम्रो समाजमा सर्प देख्नेबित्तिकै मार्ने चलन अझै छ। सर्प संरक्षणमा काम गर्दै आएकाहरू भने सर्प पनि नाग नै भएकाले यिनीहरूलाई जोगाउनुपर्नेमा जोड दिन्छन्। ‘सर्प पनि नाग नै हुन्। यी प्रकृतिका लागि आवश्यक र पूजा गर्न लायक छन्। यस्तो सन्देश हाम्रा पूर्वजले पहिल्यैदेखि दिएका हुन्,’ नेपालका सर्पहरू नामक पुस्तकका लेखक प्राध्यापक करनबहादुर शाह भन्छन्, ‘त्यसैले यिनलाई मार्नुहुन्न, जोगाएर लाभ लिनुपर्छ। ’




संसारभर ४ हजार ५०० प्रजातिका सर्प पाइने र तीमध्ये ८२ प्रजाति नेपालमा पनि पाइने शाहले बताए। यसमा पनि २२ प्रजाति मात्र विषालु हुने उनको भनाइ छ। सर्प देख्नेबित्तिकै मार्ने चलन भए पनि एक दशकयता भने त्यसमा केही कमी आएको उनको बुझाइ छ। ‘त्यसैले सर्प उद्धार गरिएका खबर पनि सुनिन्छन्,’ उनले भने, ‘तर मारेका खबर पनि सुनिन छाडेका छैनन्। यसको अर्थ, अझै पनि सर्प संरक्षणसम्बन्धी चेतनाको अभाव छ।’

सर्पले प्राकृतिक सन्तुलनमा उल्लेखनीय भूमिका खेल्ने भएकाले यो पहिल्यैदेखि महŒवपूर्ण रहँदै आएको उनले सुनाए। ‘हाम्रो अन्नबाली खाने ५० प्रतिशत मुसा सर्पले खान्छ भन्ने मान्यता छ,’ उनले भने, ‘यसबाहेक अन्य अनावश्यक जीव खाएर सर्पले सन्तुलन मिलाएर राखेको हुन्छ।’ भ्यागुता, मुसा र किराफट्यांग्रा खाएर सर्पले पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्ने मात्र नभई यसको विषबाट विभिन्न औषधिसमेत बनाउन थालिएको उनले बताए।

कथा पुराणमा मात्र होइन, मेसोपोटामियादेखि मोहोनजोदडो सभ्यतासम्म नागहरूको सम्मानित इतिहास रहेको संस्कृतविद् ओम धौभडेल बताउँछन्। वर्षको एकपटक घरको ढोकामा टाँस्ने मात्र नभई पुराना मूर्ति तथा चित्रमा नागका आकृति कोरिनुले पनि यो मानवसमाजसँग कसरी जोडिएको छ भन्ने देखाउने उनी बताउँछ। ‘नागलाई देवताका रूपमा मानिन्छ,’ उनले भने, ‘यसबाट पनि हाम्रो समाजमा यो कति आवश्यक छ भन्ने बुझ्न सकिन्छ।’

नाग पञ्चमीको धार्मिक महत्व  

नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ। यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। ‘नागलाई सहकालको देवताका रूपमा मानिन्छ। नाग प्रसन्न भए पानी पर्छ भनिन्छ,’ संस्कृतिविद् धौभडेल भन्छन्, ‘त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन्। मानव जीवनमा पानीको जस्तै नागको पनि महŒव छ।’

उनी पनि पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका रहने बताउँछन्। सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्ने कतिपय अनुसन्धानबाट प्रमाणित भएको उनी सुनाउँछन्। नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय हँुदैन भन्ने मान्यता रहेको उनले सुनाए। नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्छ। उपत्यकाका नागपोखरीमा रहेका नागका मूर्तिमा दुध खुवाउने चलन छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५५ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस