कागबेनीमा पठनपाठन बन्द
०१ भदौ २०८०
•
२ मिनेट पाठ
कागबेनीमा पठनपाठन बन्द
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ। गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो ।




जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिए।  

“भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उनले भने, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।”

बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ। दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन्।  

कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।

“नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उनले भने, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ।”

बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ। बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ। “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन्। जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ। तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भने, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौं।”
अर्को समाचार
कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी
३० साउन २०८१
•
४ मिनेट पाठ
कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी
एकवर्ष अघि बाढीको चपेटामा परेको मुस्ताङको कागबेनी। फाइल तस्बिरः नागरिक
एकवर्ष अघि बस्ती नै तहसनहस बनाउनेगरि मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्यो। स्थानीय झोङ्खोला कागबेनीको बस्तीमा पस्दा घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी सहित धेरै संरचना बगे। धेरैका घरभित्र बाढीमा बग्दै आएको लेदो पस्यो।  




कागबेनीमा भौतिक क्षति भएपछि ढलेका संरचना उठाउन स्थानीय जुटे। लेदो पसेर भरिएका घरका कोठाचोटा सफा गर्न स्थानीयले हातमा हात मिलाए। आर्थिक सहयोग देखि श्रमदान गर्न जिल्लाबासी ओइरिए। सरकारी कार्यालयदेखि निजी क्षेत्रका कर्मचारी, स्थानीयबासि, गाउँले, आसपासका गाउँका बासिन्दा कागबेनीलाई पहिलेकै स्वरुपमा फर्काउने पहलमा जुटे। सबैको साथ र हातमा हात जुट्दा कागबेनी बिस्तारै उठ्दैछ, कागबेनीले स्वरुप फेर्दैछ।

कागबेनीका स्थानीय फेन्चोक गुरुङ भन्छन, ‘पूर्ण रुपमा क्षति भोग्नेलाई त केही समस्या नै छ। तर, समान्य क्षति भएका संरचना भने पहिलेकै अवस्थामा फर्किएका छन्। हामीले पहिले भन्दा सुरक्षाको थप अनुभूति पनि गरेका छौ। आगामि दिनमा बस्तीमा बाढी पस्ने डर हामीलाई त्यत्तिधेरै छैन।’ 
फेन्चोकको घरको ढोकासम्म बाढी पसेको थियो। गाइ र च्यांग्रा गोठ बाढीमा बगेका थिए। ती संरचना पहिलेकै अवस्थामा फर्काउन स्थानीय प्रशासनदेखि गाउँपालिका र स्थानीयबासिले ठुलो सहयोग गरेको उनले बताए। ‘अहिले पनि खोलालाई नियन्त्रणमा लिनका लागि काम भईरहेको छ। पोहोर भन्दा निकै नै ठूलो बाढी आए त सबैतिर सखाप होला, नत्र सानोतिनो बाढीको डर छैन,’ उनले भने।  

मुक्तिनाथ क्षेत्रबाट आएको झोङखोलाले कागबेनीमा पोहोर वितण्डा मच्चाएको थियो। झोङखोलाको मुहान कागबेनीबाट करिब आठकिलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भएपनि बस्ती खोला भन्दा निकै नै माथि छ। खोला नजिकै बस्ती नहुँदा भेल बढेको स्थानीयले पत्तै पाएका थिएनन्। एकाएक बस्तीमा भेल पसेपछि बल्ल सबैको होसहवास उडेको थियो। स्थानीयका अनुसार कागबेनीमा खोलाबाट १० मिटरभित्रै घरहरु थिए। तिनै घरलाई क्षति गर्नेगरि पोहोर बाढी आएको थियो।  तर, अहिले खोलाको वहाव क्षेत्र पनि फराकिलो बनाइएको छ भने घर पनि खोला किनार भन्दा केही पर बनाउनु पर्नेगरि मापदण्ड तोकिएको छ।

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङ भन्छन, ‘सबैको सहयोगमा बाढी पीडितका संरचना उठाउन सकियो । त्यस्तै खोलाको वहाव फेर्न पनि सफल भयौं। खोलाको वहाव बस्तीमा पस्न नपाओस भनेर टेवा पर्खाल पनि लगाइएको छ। ‘छोटो समयमै कागबेनी उठिसकेको छ। एकवर्ष अवधिमा धेरै नै काम भयो। बाढीको लेदोले भरिएका घर पूर्ण रुपमा सफा पारियो भने बिस्थापितलाई पनि व्यवस्थापन गर्यौं। उनले भने, ‘पूर्ण रुपमा क्षति भएका केही बाहेक अरु घर पहिलेकै अवस्थामा फर्किएका छन्। पूर्ण रुपमा क्षति भएका घर भने अहिले पनि बन्दैछन्।’  

प्रवक्ता गुरुङका अनुसार सबैभन्दा महत्वपूर्ण काम त खोलाबाट बस्तीलाई पूर्ण रुपमा सुरक्षित पारिएको छ। ‘बाढी अघि खोला र घरको दूरी करिब १० मिटर मात्र थियो। तर, अहिले त्यो दूरी २५ मिटर बनाएका छौ,’ उनले भने, ‘भविश्यमा यस्तो भोग्नुनपरोस भनेर गाउँपालिका पूर्ण रुपमा सचेत छ।’ उनका अनुसार अहिले खोला गहि¥याएर पानीको वहाव एकैठाउँबाट बग्ने बनाइएको छ। बाढी आउनुअघि खोलाको वहाव एकनासको थिएन।  

‘चारैतिर छरिएर बगेको खोलाको कारणले बाढीले क्षति गरेका हो। तर, अहिले खोला नियमित रुपमा आफ्नो ठाउँबाट बगेको छ,’ उनले भने। उनका अनुसार खोलाले करिब २ सय मिटर दूरीमा क्षति गरेको थियो। अहिले क्षति नहोस भनेर करिब १ सय ५० मिटर दूरीमा बलियो र कंक्रिट पर्खाल बनाइएको छ। ‘भविश्यमा बस्तीमा बाढी नपसोस भनेर बलियो पर्खाल बनाएका छौ। सानोतिनो वहाव बस्तीमा पस्न सक्दैन,’ उनले भने।  प्रवक्ता गुरुङका अनुसार बाढीले क्षति गरेको कागबेनी सोचेभन्दा छिटो उठेको हो। सबैको साथ र सहयोगले कागबेनी उठाउन सहयोग पुगेको उनले बताए।

‘सोचे भन्दा धेरै नै छिटो कागबेनी उठ्यो। अन्यत्र यस्ता बाढी आउँदा त्यहाँका संरचना सुतेको सुत्यै गरेको हामीले देखेका छौ। तर, कागबेनीले त्यस्तो अवस्था बेहोर्नुपरेन। यसले यहाँका बासिन्दालाई खुसी तुल्याएको छ,’ उनले भने, ‘सतप्रतिशत सोचेजस्तो त सम्भव छैन। तर, कागबेनीले छोटो समयमा मुहार फेरेको पक्का हो। सबैको साथ र सहयोगले यो सम्भव भएको हो।’
हिमालपारीको जिल्ला मुस्ताङ, आफैमा माटोको सहर हो। लेतेबाटै शुरु हुन्छ अनुपम प्रकृतिको भूवनोटको यो जिल्ला। जोमसोम हुदैं कागबेनीबाट पुल तरेपछि मात्र माथिल्लो क्षेत्र लोमान्थाङको यात्रा तय हुन्छ। कागवेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई अघिल्लो वर्ष प्राकृतिक प्रकोपको चपेटामा परेको थियो। प्राकृतिक प्रकोपको चपेटामा परेको कागबेनीलाई उकास्न निकै नै मेहनत गरेको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले बताए।  

‘कागबेनी क्षतविक्षत अवस्थामा थियो। तर, सबैको साथ र सहयोगले काबगेनी उठेको छ,’ कागबेनीले क्षति भोगेको एकमहिना पछि मुस्ताङको सुरक्षा कमाण्ड सम्हालेका डिएसपी पाण्डेले भने, ‘सुरक्षा निकायदेखि स्थानीय प्रशासन, गाउँपालिका, स्थानीयबासि सबैको पहलले कागबेनी उकासिएको हो।’ उनका अनुसार अहिले पनि कागबेनीमा पूर्ण रुपमा क्षति भएका संरचना निर्माणाधिन नै छन्।  

‘अन्यत्रको तुलनामा कागबेनीले निकै नै चाँडो टाउको उठाएको हो । सबैको सहयोगले सम्भव भएको हो। तर, गुरुयोजना बनाएर काम गर्न पाएको भए कागबेनी अझ बढी सुरक्षित हुन्थ्यो,’ उनले भने, ‘केही संरचना अझै पनि व्यवस्थित गर्न बाँकी नै छ। स्थानीयका संरचना सहित सार्वजनिक पूर्वाधार पनि संरक्षण गर्ने हो भने कागबेनी पूर्ण रुपमा व्यवस्थित हुनेछ। तर, विशेष गुरुयोजना बनाएर पूर्वाधार बनाउमा भने ध्यान दिनुपर्छ।’  
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस