भोजपुरमा सम्बन्ध-विच्छेदका मुद्दा बढ्दै
३२ साउन २०८०
•
२ मिनेट पाठ
भोजपुरमा सम्बन्ध-विच्छेदका मुद्दा बढ्दै
पहाडी जिल्ला भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुँदै गएको छ। जिल्ला अदातलको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा अदालतमा दुई सयभन्दा बढी मुद्दा दर्ता भएका छन्।




जिल्ला अदालत भोजपुरका स्रेस्तेदार मोहन घिमिरेले गत आवमा भोजपुरमा दुई सय ३६ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको जानकारी दिए। ‘भोजपुर अदालतमा दर्ता हुने मुद्दामा सम्बन्धविच्छेदका घटना पनि बढी छन्, पतिपत्नीको असमझदारीका कारण मुद्दा दर्ता बढी देखिन्छ,’ उनले भने। गत आवमा दर्ता भएका मुद्दामध्ये एक सय ८३ वटा मुद्दा फर्स्याेट भइसकेका छन् भने ५३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

जिल्ला अदालतमा दर्ता भएको सम्बन्धविच्छेदको सङ्ख्याले समाज र परिवारमा पतिपत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाएको छ। जिल्लामा पछिल्लो समयमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो छ। श्रीमान् वैदेशिक रोजगारीमा गएको, बालविवाह, महिलामा आएको चेतना र श्रीमान्ले श्रीमतीको समान अस्तित्व स्वीकार नगर्नेजस्ता कारण सम्बन्धविच्छेदका मुख्य कारण रहेको देखिएको छ।

सम्बन्धविच्छेदको घटनामा करिब ७५ प्रतिशत घटना वैदेशिक रोजगारीका कारण भएको देखिएको छ। स्वतन्त्रपूर्वक बस्न सकिन्छ भन्ने मानसिकता बढेका कारण पनि पछिल्लो समयमा सम्बन्धविच्छेदका घटना बढ्न थालेको बुझाइ सामाजिक अभियन्ता अशोक खतिवडाको छ। ‘आर्थिक, सामाजिक, पारिवारिक रूपमा आत्मनिर्भरतामा वृद्धि भएकाले पतिपत्नीबीच खटपट उत्पन्न भएमा स्वतन्त्र रूपमा बस्न सक्छु भन्ने आत्मविश्वास बढेकाले पनि सम्बन्ध विच्छेदका घटना अहिले सामान्य हुन थालेको छ,’ खतिवडाले भने।

सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार पनि बनेको छ। कामको खोजीका साथ पैसा, प्रतिष्ठा कमाउन वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ, लामो समयसम्म श्रीमान्श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का उपशङ्का पैदा हुने गरेका कारण पनि सम्बन्धविच्छेदको बाटो खुल्ने गरेको स्थानीय कृष्णमाया तामाङको बुझाइ रहेको छ।

सम्बन्धविच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरिने भए पनि दीर्घकालीन रूपमा समाज र परिवारमा धेरै कठिनाइसँग सामना गर्नुपर्ने अवस्था आउन सक्ने बुझाइ अधिकारकर्मीको छ।

स्थानीय तहमा गठन भएका न्यायिक समितिले समेत सम्बन्धविच्छेदका कतिपय घटनामा पूर्वमेलमिलापका लागि सहजीकरण गर्ने गरेको छ। महिलामाथि हुने घरेलु हिंसाका कारणले सम्बन्धविच्छेदका घटना बढेको अधिकारकर्मीको धारणा छ।

स्थानीय सरकार र सरोकारवालाले घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याए पनि महिलामाथि हुने हिंसामा कमी नआएका कारण पनि सम्बन्धविच्छेदका मुद्दा बढ्न गएको मानवअधिकार रक्षक महिला सञ्जाल भोजपुर अध्यक्ष लीलामाया तामाङले बताए। 
अर्को समाचार
साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान
१७ साउन २०८०
•
१ मिनेट पाठ
साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान
भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका एकजनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ।




भोजपुर नगरपालिका-११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका-८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो। उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए।

जिल्ला अदालतको मंगलबार थुनछेक आदेश अनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए।

विसं २०८० असार २२ गते भोजपुर-१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सात जना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए। छजना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर-१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए। प्रधानका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो।  
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस