मुक्तिनाथ मन्दिरबाट झरेको कागखोलामा आएको बाढीले मुस्ताङको कागबेनीमा ठूलो भौतिक क्षति पुर्याएको छ। तीनदिनयता लगातार परेको पानीले कागखोलामा बाढी आएको छ। बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी झण्डै ३१ वटा संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। उनका अनुसार पानी पर्नेक्रम अझै रोकिएको छैन्।
उनका अनुसार भर्खरै सम्पन्न भएको पक्की पुल समेत खोलामा आएको बाढीले बगाएको छ । कागखोला तर्दै उपल्लो मुस्ताङ जान बनाईएको पुल भत्किएपछि आवातजावतमा समस्या उपत्न्न भएको छ। पुल गतवर्षसम्म निर्माणाधिन अवस्थामा थियो। पुल निर्माण सम्पन्न भएको केही महिना मात्रै भएको छ।
बाढीले भौतिक क्षती बनाएपनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनका अनुसार बाढीले कागखोला र कालीगण्डकी नदी तटमा रहेको घर तथा होटल अझै जोखिमपूर्ण अवस्थामा रहेका छन्। उनले निरन्तर पानी परेकै कारण दशवटा घरहरु अझै जोखिममा रहेको बताए । घरभित्र बाढीको हिलो पसेको छ। एकतलासम्म हिलो पसेको अवस्था छ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा देखिएको छ। दुईवर्ष अघि पनि उपल्लो मुस्ताङ क्षेत्रमा सामान्य परेको पानीले कोरला नाका पुग्ने सडक बगेको थियो। माटोको शहरको मुस्ताङमा पछिल्लो समय नियमित रुपमा पानी पर्न थालेको छ। यसले माटोले बनेका घरहरु चुहिन थालेका छन्। पानी पर्न थालेसँगै मुस्ताङका घरहरु सिमेन्ट कंक्रिट निर्माण हुन थालेका छन् भने अधिकांश घरहरु जस्ताले छाउन थालिएको छ।
कागवेनी हिन्दुधर्मका धार्मिकआस्थाको केन्द्रविन्दु हो। कागखोलामा आएको बाढीले समस्याग्रस्त भएपछि तीनवटै सुरक्षा निकायले उद्दार कार्य गरिरहेका छन्। घरभित्र रहेको खाद्यबस्तु तथा लत्ता कपडा सुरक्षितस्थानमा सारिएको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...