सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका वडा नं ४ बुढितोलामा पहिरोले करिब ३ सय मिटर बढी सडक भासिएको छ।
मुसलधारे वर्षाका कारण सोमबार राती भीमदत्तपन्त राजमार्गको अन्य भागमा पनि ठाउँ ठाउँमा पहिरो गएर चिरा परको छ भने कयौँ बोट बिरुवा सडकमा ढलेका छन्।
पहिरोले सडक भासिँदा सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लालाई प्रदेश राजधानी रहेको कैलाली लगायत तराईका जिल्लालाई जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा सोमबार राती देखि सयौँ यात्रु अलपत्र परेका छन्।
राजमार्गमा भएको अवरोध र पहिरो हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक टोली डोजर सहित खटिएको छ। सुरक्षाकर्मीहरु खटिएका छन्। ठाउँ ठाउँमा पहिरो गएकोले उक्त पहिरो हटाउँदै अघि बढ्नु परेकोले ३ सय मिटर सडक भासिएको ठाउँसम्म डोजर पुग्न कठिन भएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले माथिबाट गएको पहिरोले ३ मिटर भन्दा बढी सडक भासिएकोले अवरुद्ध राजमार्ग सुचारु हुन कति समय लाग्ने भन्ने निश्चित नभएको बताए। राजमार्गको अन्य ठाउँमा गएको पहिरो पन्छ्याउने काम सकेपछि ३ सय मिटर सडक भासिएको ठाउँमा यातायात सुचारु गर्ने उपाय अवलम्बन गरिने उनको भनाई छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरू अलपत्र परेको उनले बताए।
७ पहाडी जिल्लाको एक मात्र राजमार्ग पहिरोले अवरुद्ध भएपछि पहाडी जिल्लाहरु रेफर गरिएर उपचारका लागी धनगढी लगायतका राम्रा सुविधा सम्पन्न अस्पताल ल्याई राखिएका बिरामीलाई बढी समस्या भएको छ।
अवरुद्ध सडकका कारण अलपत्र परेका केही बिरामीलाई देवीदल गण तेघरीबाट गएको नेपाली सेनाका जवानले बोकेर उद्धार गरेको छ। नेपाली सेनाले ७ सय मिटर बिरामीलाई काँधमा बोकेर उद्धार गरे।
डडेल्धुरा आलिताल गाउँपालिका-३ निवासी ५२ वर्षीय लक्ष्मी धामीलाई सर्पले टोकेर धनगढी अस्पताल ल्याउन लागिएको थियो। पहिरोले सडक अवरुद्ध भएपछि उनी बाटोमै अलपत्र परिन्।
छिटोभन्दा छिटो अस्पताल पुर्याउने सोचेर आएका आफन्त निराश थिए। देवी दल गण बाट नेपाली सेनाको टोली पहिरोले भासिएको सडक छिचोल्दै करिब ७ सय मिटर पर पुगेर सर्प टोकेकी धामीलाई बोकेर उद्धार गरेको देवीदल गणका प्रमुख सेनानी रवि केसीले बताए।
‘पहिरोले सयौँ मिटर सडक अवरुद्ध हुँदा गम्भीर बिरामीलाई बढी समस्या भएको छ, त्यहाँ अलपत्र परेको बिरामी, मृतकलाई नेपाली सेनाले बोकेर एम्बुलेन्स चल्ने ठाउँ सम्म पुर्याउने गरेको छन्।’ उनले भने।
भारतमा मृत्यु भएका दिपायल सिलगढी नगरपालिका वडा नं ७ कुमाली कोटका मानबहादुर कठायतको शव पनि नेपाली सेनाका जवानले ७ सय मिटर बोकेर एम्बुलेन्स भएको ठाँउसम्म पुर्याएको उनले सुनाए। यसै गरी अन्य बिरामीलाई पनि बोकेर एम्बुलेन्स भएको ठाउँसम्म पुर्याएर उद्धार गर्ने कार्य जारी रहेको उनको भनाई छ।
बाढीले कैलालीमा ५ सय परिवार प्रभावित
सोमबार राती देखि परेको वर्षाले कैलालीमा कान्द्रा, काँडा, ,कटैनी, खुटिया लगायतका विभिन्न नदीमा आएको बाढीले कैलालीका विभिन्न बस्तीहरूमा पानी पसेर ५ सय भन्दा बढी परिवार प्रभावित भएका छन्।
कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीहरुमा आएको बाढीले मानवीय क्षति नभए पनि ५ सय भन्दा बढी घरपरिवार प्रभावित भएको बताए। कयौँ घरमा क्षति पुगेको छ। माथिबाट बगेर आउने नदीहरुमा पानी बहाव बढिरहेकोले अझै क्षति बढ्न सक्ने उनले बताए।
कैलाली घोडाघोडी नगरपालिका वडा नं ७ शिराधनी शिविरमा काँन्द्रा नदीमा आएको बाढीले १ सय ५० बढी घरमा क्षति पुगेको छ। यसै गरी काडा नदीमा आएको बाढीले भजनी नगरपालिका वडा नं २, वडा नं ३, मा करिब १ सय घरमा क्षति पुगेको स्थानीयले बताएका छन्। पानी घर भित्र पसेर खाद्यान, लुगा कपडा नोक्सान भएको छ।
यसैगरी काँडा नदीको बाढीले जोशीपुर गाउँपालिका ३, कैलारी गाउँपालिका वडा नं ७, मा करिब २ सय ५० परिवार प्रभावित भएका छन्।
यसैगरी धनगढी उपमहानगरपालिका वडा नं ९ मा नदीमा आएको बाढीले सीमा स्तम्भ बगाएको जोशीले बताए। कैलारी गाउँपालिका ७ मा रहेको सीमा स्तम्भ पनि बाढीको पानीले ढाकेर देखिन छोडेको उनले सुनाए। उक्त स्तम्भ पानीले ढाकिएको मात्र हो वा बगेको भन्ने यकिन हुन नसकेको उनको भनाइ छ।
यसैगरी गोदवरी नदीमा आएको बाढीको कटानले गोदवरीको पुरानो पुलमा क्षति पुर्याएको कैलालीका एस पी पालले बताए। पुलमा क्षति पुगेपछि सर्वसाधारणलाई उक्त पुलमा ओहोरदोहोर बन्द गरिएको उनले जनाए। यसै गरी गोदावरी मन्दिर भित्र पनि बाढीको पानी पसेर नोक्सान भएको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...