लमजुङको मर्स्याङ्दी गाउँपालिकाबाट करिब चार लाख नगदसहित जुवा खालबाट २० भन्दा बढी जुवाडे पक्राउ परेका छन्।
मर्स्याङ्दी गाउँपालिका- ९ खुदी जलविद्युत केन्द्र नजिकैको एक घरबाट बिहीबार राती प्रहरीले छापा मारेर करिब २० जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
उक्त क्षेत्रमा बिहीबार साँझ जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेर करिब २० जना जुवाडेसहित करिब चार लाख रुपैयाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
‘करिब चार लाख सहित २०/२२ जना जति पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।’ स्रोतले भन्यो ।