जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र फारम भरेको तीन वर्षपछी वितरण कार्य सुरु गरेको छ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर-८ निवासी रिता गैरे भुसालले अर्घाखाँचीबाट पहिलो परिचयपत्र कार्ड प्राप्त गरेकी छिन्। २०७७ साल माघ १८ मा राष्ट्रिय परिचयपत्रका लागी आवेदन दिएकी गैरेले आइतबार कार्ड प्राप्त गरेकी हुन्।
२०७७ असार ३० गतेबाट जिल्ला प्रशासन कार्यालयमा आवेदन लिन सुरु गरिएको थियो। तीन वर्षपछी पहिलो चरणमा अर्घाखाँचीका २ हजार ४८ जनाको परिचयपत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए।
उक्त परिचयपत्र कार्डहरु तीन चरणमा वितरण हुने उनले बताए।
‘प्रतीदिन २५० जना लाई एसएमएस मार्फत जानकारी गराउँछौं, प्रजिअ ढकालले भने, ‘पिनकोड राखेर एक्टिभ गर्नुपर्ने हुन्छ। प्रक्रिया मिलाएर वितरण गर्छौं।’
परिचयपत्र वितरण गर्दा पिनकोड राखेर एक्टिभेट गराउनु पर्ने हुन्छ। लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र जिल्लाबाट पहिलो पटक वितरण गरिएको छ। तीन वर्षअँघिदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन सुरु भएकामा अहिले पहिलो चरणमा वितरण गर्न लागिएको हो।
अर्घाखाँचीमा हालसम्म ५२ हजार १ सय ९ जनाले परिचय–पत्रका लागी आवेदन दिएका छन्। जसमध्ये जिल्ला प्रशासन कार्यालयमा २८ हजार १६२ जना र घुम्ती अभियान मार्फत २३ हजार ९४७ जनाले परिचयपत्रका लागी फारम भरेको परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर धनकाला पाण्डेले बताईन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...