आइतबार बिहान काठमाडौँको ठमेलबाट पक्राउ परेका दावा छिरिङ चिनियाँ मूलका बेल्जियन नागरिक हुन।
दोहोरो नागरिकता र राहदानीको विषयमा अनुसन्धान भइरहेको बेला राजस्व अनुसन्धान विभागले काठमाडौँको ठमेलबाट आइतबार बिहान उनलाई पक्राउ गरेको हो । छिरिङको विगतको सम्पर्क सत्तारूढ माओवादी केन्द्र र प्रशासनिक व्यक्तिहरूसँग देखिएसँगै अनुसन्धानको सुई राजनीतितिर ढल्किएको छ।
होटेल प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौँमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारे पनि दावा मात्र पक्राउ परे। नेपालबाट बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई भिजिट भिसामा उनी नेपाल आएका थिए।
विभागका अनुसार उनीसँग नेपाली नागरिकता पनि रहेको खुलेको छ। उनले नागरिकता लिएको एक महिनापछि नै पासपोर्टसमेत लिएको स्रोतको भनाइ छ। स्रोतका अनुसार राजनीतिक र प्रशासनिक संरक्षणमा दावाले काभ्रेबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए। दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएको र त्यसमा भने उनको नाम निमा तामाङ राखिएको स्रोतले जनाएको छ।
दावाले रोल्पा थवाङकी अमला रोकासँग सम्पर्क–सम्बन्ध अघि बढाएसँगै माओवादी नेताहरूसँग सम्बन्ध बढाएर अपराध कर्ममा संलग्न रहेको स्रोतको दाबी छ। २०७४ साल अघिसम्म माओवादी केन्द्रको रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी उपाध्यक्ष रहँदा रोल्पाको थवाङकी अमला रोका व्यापार गर्ने क्रममा दावासँग नजिकिएकी थिइन्। फाट्टफुट्ट जडीबुटी व्यापार गर्ने क्रममा ठमेलको व्यापारिक वृत्तमा अमलाको चिनजान दावासँग भएको थियो। अमलासँग निकटता बढेसँगै दावा माओवादी केन्द्रका नेताहरूको सम्पर्कमा पुगेको जानकारहरूको दाबी छ।
विभागले आइतबार बिहान छापा मारेर उनलाई पक्राउ गरेको भियनाबाटै चिनियाँ गिरोहले आपराधिक कर्म गरेको भन्दै गत वर्ष चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
२०७९ साउन ११ गते पनि प्रहरीले यस होटेलमा छापा मारेको थियो। ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरे पनि उनी भने त्यतिबेला उम्किएका थिए।
त्यतिबेला नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने कार्य र ‘लोन’ (ऋण) एपमार्फत अवैध असुली गरेको भन्दै प्रहरीले चिनियाँ गिरोहका संलग्नलाई पक्राउ गरेको थियो। दावाको अपराध भने २०७६ सालमै खुलेको थियो तर पक्राउ पर्न सकेका थिएनन्।
प्रहरीले काठमाडौँबाट १२२ चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनीमार्फत सुरक्षा निकायले सूचना चुहिएपछि अन्य चिनियाँ फरार रहेको आरोप लागेको थियो।
उनी त्यतिबेला पनि नेपाल छाडेर भागेका थिए। त्यतिबेला पनि माओवादी केन्द्रका नेताहरूसँगको राजनीतिक कनेक्सन देखिएपछि अनुसन्धान अघि नबढी टुङ्गिएको थियो। अहिले पनि उनी पक्राउ पर्दा माओवादी केन्द्रका नेताहरूको कनेक्सन देखिए अनुसन्धान अघि बढ्ला कि नबढ्ला भन्ने आशङ्का बढेको छ।