कपिलवस्तुको शिवराज नगरपालिकाका २ महिला स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लगेको छ। गत शुक्रवार राति शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य केन्द्रमा प्रमुख लेखनाथ पौडेल र उनका साथी साेही नगरपालिका वडा नम्बर ३ का भुवन पाण्डेयले ती दुई महिला स्वास्थ्यकर्मी माथी यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।
रात्री डिउटीमा खटिएका ती महिला कर्मचारीलाइ पौडेल र पाण्डेयले मदिरा सेवन गरी शुक्रवार राति १ बजे यौन दुर्व्यवहार गरेको भन्दै महिला कर्मचारीहरुले उजुरी दिएका छन्। पौडेल र पाण्डेयले महिला कर्मचारीलाई 'कपडा खोल, यहाँ सुत' लगायतका बाेल्दै अभद्र ब्यवहार गरेको थिए। प्रमुख पाैडेलबिरुद्ध महिला कर्मचारीहरुले शिवराज नगरपालिकामा लिखित उजुरी दिएको प्रमुख प्रशाकीय अधिकृत राकेश पाण्डेले बताए । महिला कर्मचारीहरुले दुर्व्यवहार , अपशब्द प्रयोग गरिएको, सुरक्षा र न्यायकालागि पौडेलबिरुद्ध उजुरी दिएका छन्।
आरोपित पौडेल र पाण्डेय सम्पर्क विहिन रहेका छन्। गत साउन १ गतेबाट पौडेललाई आधारभुत स्वास्थ्य केन्द्र प्रमुखको जिम्मेवारी दिइएको थियो। मेयर अजय थापाले सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरको छन्। उनले घटनासंग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको बताए। ‘ महिला माथी हुने कुनै पनि प्रकारका हिंसा साह्य छैन ’ उनले भने। घटना पछि पीडीत महिला कर्मचारीहरु मानसिक तनावमा छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले यस विषयमा आफुले बाहिरबाट कुरा सुने पनि अहिले सम्म लिखित जानकारी नआएको बताए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...