गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो
१३ साउन २०८०
•
१ मिनेट पाठ
गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।




उनले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले सहयोग गर्नुपर्ने बताएका हुन। विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंशा पाएपनि त्यसको संरक्षण कार्य चुनौतिको रुपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने धारणा राखे।  

उनले बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरुलाई बासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरुले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गरे । नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिए। मन्त्री महताले गैर सरकारी संस्थाहरुले नेपालको आवश्यकता अनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताए।  

कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिएका थिए । नेपालमा तराईका ५ वटा निकुञ्जहरु र त्यस वरपरका वन क्षेत्रमा बाघ पाईन्छ। सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन् । नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाएको छ।  
अर्को समाचार
विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ
१४ साउन २०७८
•
४ मिनेट पाठ
विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्। त्यसका अलावा भारतको दुधुवा नेशनल पार्कसँग जोडिएको अन्तर्राष्ट्रिय जैविक मार्ग रहेको वसन्ता कोरिडोर र लालझाडी जैविक मार्गमा पनि छिटफुट बाघ देखिने गरेको थियो। तर, पछिल्ला समयमा निकुञ्जबाहेकको जंगलमा बाघ देखिन थालेको छ।  




कैलालीको सामुदायिक वन क्षेत्र सप्रिँदै जानुले पनि पछिल्ला दिनहरुमा पुनः बाघ पुस्तौनी बाटोमै फर्कन थालेको संरक्षणविद्हरु बताउँछन्। कैलालीमा बाघको मुख्य क्षेत्र बसन्ता र कञ्चनपुरको लालझाडी क्षेत्र भए पनि पछिल्लो समयमा बसन्ता क्षेत्रमा बाघको बाटोमा अवरोध आउनु र मसुरिया क्षेत्रमा वनको अवस्था सप्रिनुले पनि सहायक मार्ग हुँदै मसुरिया क्षेत्रमा बाघ टहलिन थालेको संरक्षणका क्षेत्रमा काम गरिरहेका तथा सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा बताउँछन्। पहिले घना जंगल रहेको र वसन्ता जैविक मार्गको बैकल्पिक मार्गका रुपमा रहेको मोहनपुर–मसुरिया मार्ग जोडिने सामुदायिक वनको हैसियन सप्रिएकाले यो क्षेत्रमा बाघको ‘मुभमेन्ट’ बढिरहेको उनी बताउँछन्।  

‘हसुलियाहुँदै मसुरियाको जंगल भनेको बाघको पुस्तौनी बाटो पनि हो,’ उनले भने,‘यो बाटो भएर धेरैपटक बाघ ओहोर दोहोर गरिरहेको रेकर्ड हामीसँग छ।’ यो क्षेत्रमा वर्षौदेखि बाघ रहेको बताउँदै उनले भने,‘मसुरिया क्षेत्रमा वर्षौदेखि बाघ बसोबास गर्दै आएको भए पनि बीचमा जंगल मासिँदा बाघ आउन छाडे पनि पछिल्लो समयमा यो क्षेत्रमा जंगलको हैसियत सप्रिदै जाँदा पुनः बाघ लयमा फर्कन थालेका छन्।’  

सामुदायिक वनको अवस्था सप्रिदै गएका कारण गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैयामा विचरण गर्न आइपुगेको थियो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको थियो। त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाको  वन क्षेत्रमा पनि गत फागुनतिर दुई महिनासम्म बाघ सामुदायिक वन वरपर घुमेको उपभोक्ताहरु बताउँछन्। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा दुई महिना बाघले विचरण गरेको थियो।  

बाहिर गएका बाघ पुनः पुस्तौनी बाटो हुँदै आफ्नै ‘एरियामा’ फर्कन थालेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल प्रमुख कृष्णदत्त भट्ट बताउँछन्। ‘वसन्ता क्षेत्रसँग जोडिएको सहायक जैविक मार्गमा पछिल्लो समयमा सामुदायिक वनहरु सप्रिएका छन्,’ उनले भने,‘त्यही भएर अहिले यो क्षेत्रमा बाघको मुभमेन्ट बढिरहेको छ।’  

वसन्ता जैविक मार्गमा केही अवरोध आउन थालेपछि बाघ पुनः सामुदायिक वनको अवस्था सप्रिएसँगै सहायक मार्गतिर टहलिन थालेको उनको भनाइ छ। वसन्ताको सहायक जैविक मार्गका रुपमा रहेको मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै उनले भने,‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अण्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको भए पनि वनको अवस्था विग्रिएसँगै बाघ केही समयका लागि बाहिरिएको थियो। अहिले पुनः फर्किएको छ।’ चोरी सिकारीले बाघलाई केही असुरक्षा हुने भए पनि संरक्षणकर्मी र सामुदायिक वनले समुदायमा जनचेतना जगाउँदा बाघलाई केही हदसम्म सुरक्षित वासस्थान तथा विचरण गर्ने स्थान सामुदायिक वनहरु बनेको उनको भनाइ छ।  

बसन्ता कोरिडोरको सहायक मार्गका रुपमा रहेको वरपरका सामुदायिक वनहरुको अवस्था राम्रो हुन थालेको र आहारका लागि पनि वन्यजन्तुहरु पाइन थालेपछि बाघ कैलाली क्षेत्रको सामुदायिक वनमा देखिन थालेको विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले बताए। उनले भने,‘कैलाली पुस्तौदेखि बाघको बासस्थान रहेको र केही वर्षदेखि वन अतिक्रमणसँग जनघनत्व बढ्न थालेपछि असुरक्षित बनेका बाघ पुनः सामुदायिक वनले जंगलको अवस्था सुधारेका कारण सुरक्षित बासस्थानको खोजीमा बाघ निकुञ्ज बाहिरको सामुदायिक वनहरुमा देखिन थालेका छन्।’  सन् २०१८ को तुलनामा बाघको संख्या बढेको हुन सक्ने बताउँदै उनले भने,‘नेपालमा बाघको संख्यामा सुधार भएको छ, बाघको संख्या बढ्दा उसले आफ्नो बासस्थान बनाउन बर्दिया राष्ट्रिय निकुञ्ज, दुधुवा नेसनल पार्क तथा कैलालीकै राष्ट्रिय वनबाट सामुदायिक वनतिर देखिन थालेका छन्।’ एउटा एरियामा एउटा मात्रै बाघ बस्ने भएकाले बाघको संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा बाहिर निस्कँदै सामुदायिक वनलाई सुरक्षित वासस्थानको महसुस गरेर बस्न थालेको हुनसक्ने आँकलन गरिएको वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरु बताउँछन्। 

सुदूरपश्चिम प्रदेशमा भने अहिले १९ वटा बाघ रहेका छन्। सन् २०१८ को बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा बाघ रहेका छन् भने दुई वटा बाघ लालझाडी र वसन्ता जैविक मार्ग तथा आसपासका सामुदायिक वनमा देखिने गरेका थिए। पछिल्लो समयमा भने बाघको संख्यामा वृद्धि भएको हुनसक्ने आँकलन गरिए पनि २०२२ मा हुने बाघ गणनापछि मात्रै बाघको एकिन संख्या बताउन सकिने संरक्षणकर्मी ओमप्रकाश सापकोटा बताउँछन्।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस