भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल (एसएसबीले) जमुनाह नाका हुँदै भारत प्रवेशमा कडाइ गरेको छ। पाकिस्तानी नागरिक नेपालको बाटो हुँदै भारत प्रवेश गरेपछि एसएसबीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको हो।
नेपालीबाहेक तेस्रो मुलुकको नागरिक अवैध रूपमा प्रवेश नगरोस् भनेर सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारिएको भारतीय एसएसबीले जनाएको छ। भारतको केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ। सोहीअनुसार एसएसबीले भारत प्रवेश गर्ने नेपालीका लागि नागरिकता वा परिचय खुल्ने कागजात अनिवार्य गरेको छ। नागरिकता, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जस्ता नेपाली भएको परिचयपत्र नदेखाउने नेपाली नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाइएको छ। नयाँ प्रावधानअनुसार नेपाली नागरिकले आफूसँग भएको परिचय खुल्ने कागजात लिएर भारत जान थालेका छन्।
भारतले सीमा सुरक्षा कडाइ पार्दा सीमा क्षेत्रका भिडभाड बढी भएको छ। खासगरी पछिल्लोपटक एकजना पाकिस्तानी महिला नेपालको बाटो हुँदै भारतमा प्रवेश गरेको विषयले भारतमा तरंग पैदा गरेको छ। उक्त प्रकरणपछि नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिक आफ्नो देशमा प्रवेश गरेको विषयलाई भारतले गम्भीरतापूर्वक लिएको छ। पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मिणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ। आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन्। उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो। त्यसैले भारत र पाकिस्तानमा चर्चित रहेका ती दुईबीचको प्रेम प्रसंगमा नेपाल पनि जोडिएको छ।
नेपाली अधिकारीहरूले सीमा दुईपटक नेपाल आएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार पहिलोपटक सीमाबाट पाकिस्तान फर्किएको र दोस्रोपटक नेपाल भित्रिएको मात्र देखिन्छ। कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेषाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ। भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा गुलाम हैदर प्रवेषाज्ञाबिना भारत पुगेको खुलेको हो।