एक बर्षमा ५ हजार ८४ महिला बने जग्गाको मालिक
०५ साउन २०८०
•
३ मिनेट पाठ
एक बर्षमा ५ हजार ८४ महिला बने जग्गाको मालिक
रजिस्ट्रेशनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भु– स्वामित्व बढ्दै गएको छ। केही बर्ष अघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनकरुपमा बृद्धि भएको देखिन्छ। 




सरकारले  बिगत डेढ दशकदेखि महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनीयरुपमा भु-स्वामित्व बढेको हो। 

जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ। यसैको फाईदा उठाउदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन्।

‘ यो प्रावधान नहुदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भईरहेको छ,’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले भने‘ अहिले मालपाेतमा महिलाको भीड नै लाग्ने गरेको छ।’

छुट दिएपछि महिलाहरुको नाममा जग्गाको स्वामित्व बढ्दै गएको मालपोतका कर्मचारीहरु बताउछन्। मालपोत कार्यालय तौलिहवा अनुसार गत आर्थिक बर्ष २०७९-०८० मा ५ हजार ८४ जना महिलाको नाममा जग्गा पास भएको छ। जसबाट १ करोड ८४ लाख १४ हजार १०६ रुपैया छुट पाएका छन्। आर्थिक बर्ष २०७८÷०७९ मा ५ हजार १५५ जना महिलाको नाममा जग्गा पास भई १ करोड ५८ लाख ६७ हजार ३०६ रुपैया छुट पाएका छन्। २०७७÷०७८ मा ५ हजार ४३५ जना महिलाको नाममा जग्गा पास भएको थियो। त्यस बापत उनीहरुले १ करोड ८५ लाख ९८ हजार ९६० रुपैया छुट पाएका थिए। 

सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिलाअधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन्। ‘ पहिला पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरु आनाकानी गर्थे तर छुटको ब्यवस्था लागु भए पछि धमाधम महिलाको नाममा जग्गा दर्ता भईरहेको छ,’ अधिकारकर्मी  पुष्पा रेग्मीले भनिन्‘ यो प्रावधानले केही सकारात्मक संदेश गएको छ।’ 

महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन्। लालपट्टारुपी कागजमा अधिकार आएको देखाई पनि त्यसको प्रयोगमा भने पुरुषहरु नै हावी हुने गरेका अधिकारकर्मी उनी बताउँछिन्। स्मामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी माधुरी श्रेष्ठको भनाई छ।‘ यही कारणले कतिपय महिलालाई हिंसा सहन बाध्य तुलाएको र निम्त्याएको छ,’ उनले भनिन् ‘ महिलाको नाममा जग्गा त आयो तर अधिकार आएन।’ ‘आफनो नाममा रहेको जग्गा बेचबिखनगर्न खोज्दा परिवारका अन्य सदस्यले बिभिन्न अड्चन लगाउने गर्छन यसलाई कसरी महिलाको नाममा सम्पत्ति आयो उनले भनिन्।‘ लालपुर्जामा महिलाको नाम लेखिनुलाई स्वामित्व नाममा आयो भन्न मिल्दैन। ’ उपभोग गर्न पाए मात्र स्वामित्व प्राप्त भएको भन्न मिल्ने उनको भनाई छ। सरकारले गरेको यो सकारात्म कार्यको सही कार्यान्वय हुनका लागि ठोस पहल गर्नु पर्ने उनले बताईन्।  

उता गत आर्थिक बर्ष ७ सय ८४ जना दलितको नाममा जग्गा पास भएको छ । दलितले जग्गा किन्दा रजिस्ट्रेशनको ५० प्रतिशत छुट पाउने प्रावधान छ । त्यस वापत दलितहरुले. ४८ लाख ३२ हजार ३३५ छुट पाएका छन । ७० बर्ष नाघेका ६७ ज्येष्ठ नागरिको नाममा समेत जग्गा पास भएको छ । त्यस बापत २५ प्रतिशत छुट पाएका हुन् । २ लाख ३६ हजार ३४ रुपैया छुट भएको छ । २१ जना नाबालकको नाममा समेृत जग्गा पास भएको छ। जसबाट २५ प्रतिशत छुट सहुलियत पाएका हुन । त्यस वापत उनीहरुले ५३ हजार ९७५  छुट पाएका छन्। ५१ उद्योगले ७५ प्रतिशत छुट बापत १८ लाख ८९ हजार ८१५ रुपैया छुट पाएका छन । ३ अपांगले २५ प्रतिशत  बापतको ४ हजार ६ सय छुट पाएका छन्। अन्य १५ जनाले ६ लाख १५ हजार १८५ रुपैया छुट पाएका छन्।  

उता गत आर्थिक बर्ष भुमिसुधार तथा मालपोत कार्यालयमा कुल २२ करोड ५ लाख ३३ हजार ८११ रुपैया राजस्व संकलन भएको छ । जसमध्ये पुजीगत लाभकर ५ करोड ९५ लाख ३७ हजार ९८ रुपैया रहेको छ । गत बर्ष कुल ९ हजार ४२९ राजीनामा पास भएका छन्। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस