चितवनमा माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
ईच्छाकामना गाउँपालिका-४ केवलकार स्थित पृथ्वी राजमार्गमा आज दिउँसो बुटवलबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माईक्रोबसले ठक्कर दिँदा मुग्लिङ तर्फ आउँदै गरेको लु ९३ प ९४६ नम्बर मोटरसाइकलमा सवार रुपन्देहीको कन्चनजंगा १ का हेमन्त कुमालको मृत्यु भएको हो।
माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ।
अहिले दुवै सवारी साधन प्रहरी चौकी कुरिन्टारको नियन्त्रणमा रहेका छन्। माईक्रो चालक मकवानपुर कैलाश गाउँपालिका २ का २८ वर्षीय लुम्न सिंह मोक्तान इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा रहेकाे चितवन प्रहरीले जनाएको छ।