जलहरी काण्ड छानबिन अन्तिम चरणमा
२४ जेष्ठ २०८०
•
१ मिनेट पाठ
जलहरी काण्ड छानबिन अन्तिम चरणमा
पशुपति गर्भगृहमा सुनको जलहरी राख्दा करोडौं रूपैयाँ अनियमितता भएको छ। यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।  




छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतको भनाइ छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा पनि यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी लगाउने सन्दर्भमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’
अर्को समाचार
कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ
२४ जेष्ठ २०८०
•
५ मिनेट पाठ
कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ
पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ। व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग गरेबापतको भाडा बुझाउन अटेरी गर्दा लामो समयसम्मको रकम उठ्न बाँकी छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार पशुपति क्षेत्र विकास कोषले पनि आम्दानी तथा खर्चका शीर्षक, सम्पत्ति कोषको वर्गीकरण, व्याख्यालगायत लेखा नीति र निर्देशिकासमेत तयार गरेको छैन। कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डन कोषका पदाधिकारीहरूको कमजोरीका कारण व्यवसायीले भाडा तिर्न आनाकानी गरेको बताउँछन्।




पूजा पसलबाट एक करोड उठ्न बाँकी

मन्दिरपरिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा रकम बुझाएका छैनन्। कोषका अनुसार महिनाको ५ सय रूपैयाँ मात्र भाडा भए पनि उनीहरूले बुझाउन आनाकानी गरेका छन्। कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पटकपटक ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ।

पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ।
पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावलीमा पशुपतिनाथ क्षेत्रभित्र पूजा सामग्रीको व्यापार गर्न अनुमति लिनुपर्छ र त्यसको अनुगमन कोषले गर्नुपर्छ। अहिले कोषको जग्गामा २४ वटा सोभिनियर पसल तथा १ सय ४८ फूल पसल सञ्चालित छन्। फूल पसलबाट १ करोड २२ लाख ४३ हजार रूपैयाँ भाडा नउठेको महालेखा परीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भइसकेपछि फूल पसलबाट भाडा उठाउन ताकेता गरेको खतिवडाले बताए। ‘ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ,’ उनले भने। कोषसँग कुनै पनि अद्यावधिक लिखित सम्झौता पत्र नहुँदा कानुनी प्रक्रियाअनुसार कोषले पाउनुपर्ने भाडा दाबी गर्नसक्ने अवस्था नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कोषका एक कर्मचारीका अनुसार अधिकांश फूल पसलले भाडा तिर्न अटेरी गर्दै आएका छन्। उनीहरूलाई स्थानीय नेताहरूले भाडा नतिर्न सल्लाह दिने गरेको ती कर्मचारीको भनाइ छ।

क्याफेबाट ६५ लाख उठ्न बाँकी

कोषका कार्यकारी निर्देशक खतिवडाका अनुसार पशुपति मन्दिर परिसरभित्र सञ्चालित क्याफेबाट भाडाबापतको करिब ६५ लाख रूपैयाँ उठ्न बाँकी छ। २०७२ सालको भूकम्प, कोरोना तथा प्रक्रियागत ढिलाइका कारण ६५ लाख रूपैयाँ उठ्न नसकेको खतिवडाले बताए। उनका अनुसार भूकम्प तथा कोरोना महामारीका बेला घाटा भएको भन्दै केही राहत दिन क्याफे सञ्चालकले कोषका पदाधिकारीसँग आग्रह गरेका छन्। यसमा निर्णय नभएको कोषका पदाधिकारीको भनाइ छ।

पार्किङवापतको २५ लाख उठ्न बाँकी

पशुपति मन्दिर परिसरभित्र गाडी तथा मोटरसाइकल पार्किङस्थल सञ्चालन गरेबापत महिनाको ३ लाख ६० हजार रूपैयाँ कोषलाई बुझाउने सम्झौता तत्व इन्भेन्सिमेन्टले कोषसँग गरेको छ। उसले सम्झौता गरे पनि त्यसबापतको रकम बुझाएको छैन। उसले करिब २५ लाख रूपैयाँ बुझाउन बाँकी रहेको खतिवडाको भनाइ छ।

जग्गा कुथ लगतबाट आधा पनि उठ्दैन

पशुपतिनाथ मन्दिरका नाममा १८ हजार ३ सय ४२ रोपनी जग्गा छ। त्यसमध्ये मन्दिर, जंगल, कैलाश चौर, गुह्येश्वरी मन्दिर क्षेत्र, जंगल, र बाटो पनि पर्छ। जंगल, मन्दिर र बाटोमा नपर्ने बाँकी जग्गा प्रयोग गरेबापत जग्गा प्रशासन तथा कुथ लगतबाट वर्षमा १० करोड रूपैयाँसम्म संकलन हुने अनुमान कोषका एक पदाधिकारीको छ। ती पदाधिकारीका अनुसार अहिले ४ करोड रूपैयाँ पनि कुथ लगतबाट उठ्न सकेको छैन।

पशुपतिनाथ मन्दिरका नाममा १८ हजार ३ सय ४२ रोपनी जग्गा छ। त्यसमध्ये मन्दिर, जंगल, कैलाश चौर, गुह्येश्वरी मन्दिर क्षेत्र, जंगल, र बाटो पनि पर्छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार मुआब्जाबापत कोषले पशुपति क्षेत्रको बी १३ ब्लकमा रहेको चक्रपथछेउको गल्फ मैदानतर्फको ४४ रोपनी १० आना २ पैसा जग्गा १ अर्ब ७ करोड २३ लाख ९१ हजारमा अधिग्रहण गरी आव २०७७/७८ सम्म मुआब्जा भुक्तानीसमेत गरिसकेको छ तर सम्झौताअनुसार गोठाटारको जग्गामा प्लानिङ गरी स्थानान्तरण गरिएको छैन। उक्त जग्गामा विभिन्न व्यक्तिले व्यवसाय गरिरहेको भन्दै जग्गा संरक्षण गर्न महालेखाले कोषका पदाधिकारीलाई सिफारिस गरेको छ।

आरतिबापत कोषलाई शून्य आम्दानी

२०६६ सालदेखि पशुपतिनाथ मन्दिरपूर्व श्रीपशुपतिनाथ वाग्मती गंगा सन्ध्या आरती नाम गरेको संस्थाले सन्ध्याकालीन आरती गर्दै आएको छ। कोषले उक्त संस्थाका पदाधिकारीलाई गुजराती बाजा सत्तलको एक कोठा र राममन्दिर क्षेत्रको सत्तलको एक कोठा निःशुल्क उपलब्ध गराएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार उक्त संस्थाले सन्ध्याकालीन आरती गर्न भक्तजनबाट दान दक्षिणा तथा अन्य सहयोग लिने गरे पनि कोषलाई कुनै रकम बुझाउँदैन। सम्पदाको गरिमा, मौलिकतामा पर्न सक्ने असरलाई ध्यान दिई आरतीबाट आय आर्जनसमेत अभिवृद्धि गर्नुपर्ने सुझाव महालेखाले दिएको छ।

जलहरी काण्ड छानबिन अन्तिम चरणमा

पशुपति गर्भगृहमा सुनको जलहरी राख्दा करोडौं रूपैयाँ अनियमितता भएको छ। यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतको भनाइ छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा पनि यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी लगाउने सन्दर्भमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

पशुपति गर्भगृहमा सुनको जलहरी राख्दा करोडौं रूपैयाँ अनियमितता भएको छ। यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस