श्रमका लागि तपाईंको कागज (पैसा) पुगेन !
२३ जेष्ठ २०८०
•
६ मिनेट पाठ
श्रमका लागि तपाईंको कागज (पैसा) पुगेन !
रोजगारीका लागि रोमानिया जाँदै गरेका झापा बाहुँनडागीका सोमनाथ दंगालले श्रम स्वीकृतिका लागि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय धाएको निकै समय भइसक्यो। यस अवधिमा उनले २० पटक कागजपत्र ‘सबमिट’ (पेस) गरे। तर सबैको नतिजा एउटै प्राप्त भयो, ‘रिजेक्टेड’।  




‘आवश्यक सबै कागज पुर्याएको छु,’आइतबार श्रम कार्यालयमा भेटिएका दंगालले भने, ‘तर कुन कागज पुगेन अझै थाहा पाउन सकिएन।’ कार्यालयमा आएर नपुगेको कागजबारे सोध्दा पनि प्रस्ट जवाफ पाउन नसकेको उनको गुनासो छ। ‘उनीहरू समस्या समाधानभन्दा पनि पन्छाउन खोज्छन्,’ उनले भने, ‘अनि फेरि कागजपत्र अपलोड गर्यो अस्वीकृत हुन्छ।’  

मकाउ जाँदै गरेका मकवानपुर फापरबारीका प्रवेश तामाङको समस्या पनि उस्तै छ। ‘जब लेटर, एग्रिमेन्ट लेटर, बिमा, भिसालगायत सबै कागज पूरा गरेको छु,’ उनले भने, ‘तर तीन पटक जम्मा गरेँ, सबै पटक अस्वीकार भएको मेल आउने गरेको छ।’ 

सबै कागजपत्र पुग्दा पनि किन अस्वीकार गरेको म्यासेज आउँछ? भन्दै उनले आफूले बुझ्न नसकेको उनले बताए। ‘म आफैं अचम्ममा छु, कुन कागज पुगेन भन्नेमा,’ उनले भने, ‘मकाउमा श्रम गर्नुभन्दा पनि नेपालको श्रम गराउन धेरै समस्या परेको छ।’  

व्यक्तिगत श्रम स्वीकृति आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), पासपोर्ट साइजको एकप्रति फोटो, बैंक खाता चेकको प्रतिलिपि, आफू जान लागेको कम्पनीको विवरण, भिसाको प्रतिलिपि संलग्न गर्नुपर्छ।

यससँगै रोजगार दातासँग भएको करार सम्झौता, स्वघोषणा फाराम, दूतावासले लेखेको चिठ्ठी, आफू जान लागेको देशअनुसारको दुई दिनको तालिम-अभिमुखीकरण लिएको हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै स्वास्थ्य परीक्षण (निरोगिताको प्रमाणपत्र), कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, बिमा रकम जम्मा गरेको हुनुपर्ने, इमेल ठेगाना, सम्पर्क नम्बर र परिवारको सम्पर्क नम्बर हुनुपर्छ।  

‘कर्मचारीमा समस्या सुल्झाउनेभन्दा पनि दुःख दिने नियत देखियो। २० पटकसम्म मेरो निवेदन लगातार अस्वीकार भएको छ। कुन कागज पुगेन, अझै मैले पत्तो पाउन सकिनँ। यसले निकै निराश बनाएको छ।’  सोमनाथ दंगाल, झापा  
‘हामीले यहाँ भएका सबै कुरा पूरा गरेका छौं,’सोमनाथ दंगाल भन्छन्, ‘तर पनि २० पटकभन्दा बढी अस्वीकार भइसक्यो।’कहिले सक्कली खोइ त कहिले प्रिन्ट बुझिएन भन्नेसमेत बहाना बनाउने गरेको उनले सुनाए। ‘उहाँहरूमा हामीले विदेशमा दुःख पाउने चिन्ता होइन, यही दुःख दिने मनसाय देखियो,’ उनले थपे, ‘यसले हामीलाई निकै निराश बनाएको छ।’  

आइतबार ताहाचालस्थित वैदेशिक रोजगार विभाग कार्यालय पुग्दा थुप्रै युवाहरू दंगाल र तामाङको जस्तै समस्या बोकेर अलमलिरहेका थिए। सरकारी लापरबाहीको नमुना कस्तोसम्म थियो भने ४ बजेको विमानका टिकट भएका समेत २ बजेसम्म कार्यालयमा श्रम स्वीकृतिका लागि झुलिरहेका थिए। प्लेन छुटाउनुभन्दा बिचौलियालाई पैसा खुवाएर पनि विदेश जान हतारिने उत्तिकै देखिन्थे। तिनलाई अप्ठ्यारो पारेर कमाउन चाहनेहरूको जताततै बिग्बिगी थियो।  

रोजगार कार्यालयका अनुसार श्रमको कागजका लागि दैनिक १ हजारभन्दा बढीको आवेदन पर्ने गरेको छ। ‘सबै कुरा भन्यो भने मिल्न लागेको कागज पनि रोकिन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा मकाउँ जाँदै गरेका अर्का एक युवाले भने, ‘नेपालका सरकारी कार्यालयले दिएको जति दुःख त हामीले विदेशमा पनि पाएका थिएनौं।’ जति पटक जाँदा र जति कागज पुर्याए पनि कर्मचारीले कागज नपुगेको कुरा गर्ने गरेको अनुभव उनको छ।  

‘उनीहरूको नपुगेको कागज भनेको पैसा नै हो,’बिचौलियामार्फत ४५ हजार खर्चेर अमेरिका उडेका प्रवीण शर्मा (नाम परिवर्तन)ले च्याटमार्फत नागरिकलाई भने, ‘पैसा नतिर्दासम्म मेरो पनि कहिल्यै कागज पुगेन।’ वैदेशिक रोजगारीमा जानेलाई कार्यालयले निराश बनाउने अनि बिचौलियाले फकाउने गरेको उनले सुनाए। ‘कार्यालयबाट फर्केका निराश अनुहारलाई बिचौलियाले समाउँछन्, ‘उनले थपे, ‘पैसा दिने स्वीकृतिसँगै श्रम स्वीकृति पनि मिल्छ।’  

वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक भरतप्रसाद आचार्य भने बाहिरबाट फाराम भरिदिनेहरूको गल्तीका कारण समस्या आएको बताउँछन्। ‘कार्यालयबाहिर बसेर अनलाइनमार्फत सेवाग्राहीको फाराम भरिदिनेले स्वार्थका लागि कागजपत्र नपुर्याई भरिदिएको हुनसक्छ,’ उनले भने, ‘यसमा कर्मचारीको मिलेमतो देखिए कारबाही गर्नेछौँ।’  

आफूले सबै सेवाग्राहीलाई सहज सेवा दिन खोजे पनि केही बाहिरको र केही आन्तरिक कमजोरीका कारण पूरा हुन नसकेको उनले बताए।  

कार्यालय बाहिर बसेर अनलाइनमार्फत सेवाग्राहीको फाराम भरिदिनेले स्वार्थका लागि कागजपत्र नपुर्याई भरिदिएको हुनसक्छ। भरतप्रसाद आचार्य, निर्देशक वैदेशिक रोजगार कार्यालय
वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। नागरिकले झन्झटिलो र खर्चिलो ढंगले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि पछिल्लो समय अनलाइन आवेदन दिने गरेका थिए।

वैदेशिक रोजगार कार्यालय काठमाडौंले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट दिइरहेको छ। सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भिड हटेको छ। तर सर्वसाधारणको समस्या भने हटेको छैन।  

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन सरकारले स्थानीय तहबाट अनलाइन आवेदन भर्ने व्यवस्थासमेत मिलाएको छ। वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। तर, सेवाग्राहीले सहज महसुस गर्न सकेका छैनन्।  

‘हो, कार्यालयमा लाइन लाग्नु परेन,’विनोद सुनुवारले भने, ‘तर निवेदन अस्वीकार भएपछि त्यही कार्यालय फेरि धाउनुपर्ने अवस्था आएको छ।’ सरकारले सेवा दिने घोषणा गरे पनि कर्मचारीले असहयोग गर्ने गरेको उनको बुझाइ छ।  त्यस्तै पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई नै जिम्मेवारी तोकिसकिएको छ। २०८० वैशाख १ गतेदेखि कार्यान्वयन गर्न श्रम मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहमा परिपत्र गर्ने चैत १६ गते प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरीय निर्णय भएको हो। तर यो पनि राम्रोसँग कार्यान्वयनमा आउन सकेको छैन। पालिकाबाट फाराम मात्र भरिने बाँकी सबै काम कार्यालयबाटै हुने गर्छ। जसकारण सेवाग्राही त्यति खुसी हुन सकेका छैनन्।  ‘जबसम्म कर्मचारीले इमानदारिताका साथ सेवा दिँदैनन्, ‘उनले भने, ‘तबसम्म सर्वसाधारणको सास्तीमा कुनै कमी आउनेछैन।’  

२० पटक रिजेक्टः अझै आशा मरेको छैन

मेरो नाम सोमनाथ दंगाल। झापाको बाहुनडाँगी मेरो घर। म मेरो परिवारको रोजीरोटीका लागि जुन १५ मा रोमानिया जाने तयारीमा छु। त्यहाँस्थित कम्पनीसँग दुई वर्ष कुकको रूपमा काम गर्ने सम्झौता भएको छ। मेरो काम, सम्झौता र तलबलगायत सबै विवरण रोजगार कम्पनीले काठमाडौंस्थित रोजगार कार्यालयमा पठाइसकेको छ।  सबै कागजपत्र आइपुग्दा पनि विभिन्न कारण देखाएर मलाई श्रम स्वीकृति दिइएको छैन। मैले आवश्यक सबै कागज पुर्याएको छु। आइतबारसम्म २० पटक अस्वीकार भइसकेको छ। मैले अझै आशा मारेको छैन।  

नेपाल ससरकारलाई मेरो अनुरोध यो छ कि कार्यालयमा कहीँ कतै गम्भीर कमजोरी छ। कसैका पासपोर्ट झोलामा भरिएर गएर श्रम स्वीकृति भएर आएको आँखाअगाडि नै देख्छौं। कसैका दर्जनौं पटक प्रयास गर्दा पनि के के कागज नपुगेको सन्देश आउँछ। हामीले त हाम्रो तर्फबाट सम्पूर्ण कागज पुर्याएका हौं। कागज कता हराउँछन् अथवा कुन कागज नपुगेको हो अझै प्रस्ट भएन। सरकारले यसतर्फ गम्भीर भएर सोचिदिए बिनासित्तीको दुःखबाट मुक्ति पाउने थियौँ।  
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस