खप्तडको महिमा बढाउने आध्यात्मिक सम्मेलनको तयारी तिब्र
२० जेष्ठ २०८०
•
५ मिनेट पाठ
खप्तडको महिमा बढाउने आध्यात्मिक सम्मेलनको तयारी तिब्र
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आयोजना हुने आध्यात्मिक सम्मेलनको तयारी तिब्र पारिएको छ। जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापन देखि अन्य तयारीका कामहरुलाई तिब्र पारिएको आयोजक समिति सदस्य एवं  खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्।




भूस्वर्गका नामले परिचित खप्तडलाई सुदूरमा लुकेको स्वर्गका रुपमा पनि परिभाषित गर्ने गरिएको छ। खप्तड क्षेत्रको महिमा र संभावनाको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको हो। खप्तडलाई तत्कालिन श्री ५ को सरकारले २०४३ सालमा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरेको थियो।

सम्मेलनको मञ्च व्यवस्थापन, टेण्ट ढुवानी, शौचालय तथा खानेपानीको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ। भने अन्य खाद्यन्न ढुवानी देखि कार्यक्रम आयोजना स्टल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्वयम सेवक र खप्तडसँग जोडिएका सबै स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारी खटिएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिकाले शौचालय निर्माण र खानेपानी निर्माणको जिम्मेवारी लिएको छ। पालिकाबाट अध्यक्ष दिलबहादुर रावत सहीतको टोली नै आयोजनाको व्यवस्थापनमा खटिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जैशीले बताएका छन्।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनेछन्।

आध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समितिसमेत गठन गरि काम कारवाही अघि बढाइएको छ। समिति अन्तर्गत कामका सहज पार्नका लागि १२ उपसमिति गठन गरिएका छन्।  

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ।धार्मिक, आध्यात्मिक र सांस्कृतिक संरक्षण गर्न सम्मेलनको आयोजना हुन लागेको हो।

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्यता, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्वलाई चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। बाजुराबाटै सुदूर साहित्य प्रतिष्ठानका कलाकारलाई स्वागतका लागि नृत्य सहीतका साँस्कृतिक झाँकी प्रर्दशनको जिम्मेवारी लिएर तयारी थालिएको धिरेन विकले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय तहको आयोजनामा हुन लागेको सम्मेलन सम्पन्न गर्न करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

उसोत ‘मानसखण्ड’ पुस्तकमा समेत खप्तडलाई पृथ्वीको सुन्दर ठाउँका रूपमा वर्णन गरिएको छ। ६५ वर्षको उमेरमा खप्तड पुगेका खप्तडबाबाले साधना सोही क्षेत्रमा ५० वर्ष बताएको इतिहास छ। खप्तड आफैँमा अलौकिक देव भूमिको रुपमा परिचित छ।

सुदूरको संभावनाको पहिचान गर्न, धार्मीक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न र पर्यटीय गन्तव्यको प्रमुख केन्द्र बनाएर बडीमालिका, रारा, बुढीनन्दा, मानसरोवरलाई समेत जोडेर लैजाने तयारीका लागि पनि सम्मेलन गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्।  

पाँच सयभन्दा बढीको सहभागिता हुने विश्वास गरिएको सम्मेलनमा विभिन्न १६ देशका राजदूत सहीतका प्रतिनिधीलाई आमन्त्रण गरिएको छ। सम्मेलनमा सहभागी हुन काठमाडौँबाट हवाई मार्गबाट घनगढी र सडक मार्गबाट डोटीको दिपायल, अछामको चौरपाटी, बझाङको लमैल र बाजुराको लसकेसम्मको यात्रा गर्नुपर्ने हुन्छ। त्यसै गरी दिपायलबाट खप्तडसम्म हेलिकोप्टरको समेत व्यवस्था निजि कम्पनीले गर्ने बुझीएको छ।

प्रधानमन्त्री सहीत बाबा रामदेवको टोली २३ गते मात्रै धनगढीबाट हेलिकप्टर मार्फत खप्तड पुग्ने र सोही दिन फिर्ता हुने बुझीएको छ। खप्तडमा ठुल्ठुला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीविरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले शुसोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ।

खप्तड आध्यात्मिक, धार्मिक र प्राकृतिक बासस्थानको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण छ। धार्मिक किंवदन्तीका अनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग जानुभएको थियोे। त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिङ्ग, खप्तडबाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ।

२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का ९झोती० ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीले भरिपूर्ण छ।१००८ खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमि खप्तडमा खप्तडबाबाले जीवनका करिब ५० वसन्त बिताएका थिए।

काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शनको अध्ययन, अध्यापनपछि गहन साधनाका लागि खप्तड पुगेका खप्तडबाबाले त्यहाँको बसाइका व्रmममा धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, योग विज्ञान, वेदान्त विज्ञान र आत्मज्ञानलगायत कैयौँ कृति तयार पारेका थिए।

समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दशहरा, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन्। खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस