मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद
१४ जेष्ठ २०८०
•
४ मिनेट पाठ
मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद
सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ। सर्वोच्चले चालक अनुमतिपत्र नभए पनि दुईपांग्रे सवारी साधनबाट भएको दुर्घटनालाई फरक किसिमले व्याख्या गर्दै कैद मात्रै गर्ने फैसला गरेको हो।




न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले १० वर्षअघिको सवारी ज्यानसम्बन्धी घटनाको मुद्दामा फैसला गरेको हो। दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउनुलाई समान किसिमको जिम्मेवारी, उत्तरदायित्वभित्र राख्न नहुने अदालतले फैसलामा व्याख्या गरेको छ।

२०७९ फागुन १८ मा गरेको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो। सवारी चालक अनुमति पत्र नभए पनि व्यक्तिगत दुई पांग्रे साधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या गरेको हो।

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।
२०६९ सालमा नुवाकोटको विदुरमा सवारी चालक अनुमतिपत्र नभएका दीपक तामाङले पैदल यात्री रामप्रसाद कुमाललाई ठक्कर दिँदा मृत्यु भएको थियो। त्यसै मुद्दामा नुवाकोट जिल्ला अदालतले २०७० माघ १५ मा र तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ सालमा तामाङलाई ६ महिना कैद र २ हजार रूपैयाँ जरिबाना गर्ने फैसला गरेको थियो। सर्वोच्चले फैसलालाई केही उल्टाउँदै ६ महिना मात्रै कैद गर्ने फैसला गरेको हो।

‘सवारीचालक अनुमतिपत्र नरहेको भन्ने तथ्यलाई स्वतः लापवाहीपूर्वक सवारी चलाएको अर्थ गर्न मिल्ने नदेखिएको’, सर्वोच्चले भनेको छ, ‘सवारी चालक अनुमति पत्र नभए पनि निजले जानीजानी वा लापरवाहीपूर्वक सवारी नचलाई सावधानीपूर्वक सवारी सम्बन्धी सबै नियम पालना गरेर मोटरसाइकल चलाएको अवस्थामा अचानक दुर्घटना हुन पुगेको देखिन्छ।’

२०६९ सालमा नुवाकोटको विदुरमा सवारी चालक अनुमतिपत्र नभएका दीपक तामाङले पैदल यात्री रामप्रसाद कुमाललाई ठक्कर दिँदा मृत्यु भएको थियो।
कानुनको प्रयोगबाट पीडित र अभियुक्त दुवैले न्याय पाउने गरी कानुनी प्रावधानको व्याख्या र प्रयोग गरिनुपर्नेमा अदालतले व्याख्या गरेको छ। ‘अपराधको प्रकृति अनुसार पीडकले दण्ड पाउनु नै न्यायको उद्देश्य हो। दुईपांग्रे सवारी साधन मोटरसाइकल चलाउनैपर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारण नभै अन्य कारण दुर्घटना भै मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवकको प्रयोग गरी सजाय गरिनुपर्ने हुन्छ।’

तीव्र गतिमा नचलाएको, ट्राफिक नियम पालना गरी चलाएको, मोटरसाइकल चालक आफै दुर्घटनाको दुईदिन पछि होसमा आएको, लागू औषध, मादक पदार्थ जस्ता नसालु पदार्थ नखाएकाले लापवाही मान्न नमिल्नेगरी सर्वोच्चले व्याख्या गरेको छ। ‘दुई पांग्रे सवारीको हकमा अवस्था हेरेर अपवादको रूपमा दुर्घटनाको समगै परिस्थितिको मूल्यांकन गरी कानुनी व्यवस्थाको प्रयोग गरिनु नै न्यायोचित हुने देखिन्छ।’

तर पनि सवारी साधन चलाउनेले अनिवार्य अनुमतिपत्र लिएको हुनुपर्नेमा अदालतको दुईमत भने छैन। ‘कहिलेकाँही दुई पांग्रे सवारी अति आवश्यक परेको बेला सावधानीपूर्वक चलाउँदा हुने दुर्घटना, सार्वजनिक भारी सवारीसाधन चलाउनेको सर्तकता भिन्नभिन्न मापदण्डमा हुनुपर्नेगरी व्याख्या अदालतले गरेको छ।

घटना यस्तो थियो

२०६९ साल पुस ११ गते नुवाकोटको विदुरमा घटेको घटना हो। बट्टार हुँदै गल्छीतर्फ जाँदै गरेको बा १० प ८२५१ नम्बरको मोटरसाइकलले विदुर–४ का रामप्रसाद कुमाललाई सडकमा ठक्कर दिई मृत्यु भएको थियो। मोटरसाइकल विदुर ८ का राइसिङका दीपक तामाङले चलाएका थिए। त्यसपछि राजकुमार कुमाल (मृतकका भाइ)ले मोटरसाइकल चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै पुस ११ मा जाहेरी दरखास्त दिएका थिए। मोटरसाइकल चालक दीपकसँग चालक अनुमति पत्र थिएन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४५ मा कुनै पनि व्यक्तिले सवारीचालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन भन्ने कानुनी व्यवस्था छ।

‘सवारी चालक अनुमतिपत्र नलिएको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाएको कारणबाट ठक्कर लागी वा किचिई मानिसको ज्यान गएमा स्वतः लापरबाही गरेको मान्नुपर्ने भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिवादन भइसकेको छ।

मोटरसाइकल चालक दीपकसँग चालक अनुमति पत्र थिएन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४५ मा कुनै पनि व्यक्तिले सवारीचालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन भन्ने कानुनी व्यवस्था छ।
नुवाकोट जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(३) कायम गरी ५ महिना कैद एवं सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी लाई दफा १६१(३) को कसुर गरेको भन्दै (४) बमोजिम थप दुई हजार रूपैयाँ जरिवानासमेत ठहर्ने २०७० सालमा फैसला गरेको थियो। ‘शुरु फैसला सरद गरेको पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई प्रतिवादी दीपक तामाङलाई सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ (३) बमोजिम ६ महिना कैद हुने ठहरी फैसला भएकाले नुवाकोट जिल्ला अदालतको लगत संशोधन गरी ५ महिना कैद भुक्तान गरिसकेको देखिँदा असुल जनाउनू’ सर्वोच्चले फैसलामा भनेको छ।
अर्को समाचार
रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई
२२ कार्तिक २०८०
•
१ मिनेट पाठ
रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई
सर्वोच्च अदालतमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा भोलिदेखि सुनुवाई हुँदैछ।  




चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यस अघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको थियो। गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाई हुन सकेको थिएन। आजदेखि मुद्दाको सुनुवाई शुरु हुनेगरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ। गणतन्त्र दिवसमा कैद माफी मिनाहा भएर छुटेका चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैद सजाय ठहराएको थियो। २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरी सरकारले सजाय माफी मिनाहा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि जेलबाट छुटेका थिए। 

सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। जेठ १५ मा सरकारले चौधरीलाई सजायमा आम माफी दिने निर्णय गरेको भन्दै टीकापुर घटनाका पीडित शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस