ज्येष्ठ ३ गते दिउँसोको परेको असिना पानीले अढाई करोड बढीको अन्न बालीमा क्षति पुगेको छ।
खप्तड छेडेदह गाउँपालिका ६ र ७ मा आएको असिना पानीले २ करोड ५० लाख बढीको गहुँ लगायतका अन्न बालीमा क्षति पुगेको गाउँपालिकाले बताएको छ।
पालिका र स्थानीय प्रहरी प्रशासनका तर्फबाट संकलन गरिएको क्षतिको विवरण अनुसार अढाई करोड बढीको क्षति विवरण आएको ७ नम्बर वडाका अध्यक्ष खगेन्द्र रावतले बताएका छन्।
घण्टा लामो अवधिसम्म लगातार असिना परेको थियो। असिनाले पाकिसकेका गहुँ बालीको नलमा समेत रस आउने गरी क्षति पुगेको छ।
खप्तड छेडेदह गाउँपालिका ६ र ७ का करिब ७ सय परिवारले लगाएको गहुँ, तरकारी, धानको बीउ फलफूल खेती सबै चुटेर नष्ट गरेको छ। गहुँमा कुनै दाना समेत नरहने गरी क्षति पुगेको गाउँपालिका अध्यक्ष दीलबहादुर रावतले बताएका छन्।
प्रहरी र पालिकाले संयुक्त रुपमा संकलन गरिएको वितरण अनुसार ७ नम्बर वडामा मात्रै १ करोड ३९ लाख ६५ रुपैयाँ बराबरको क्षति देखिएको छ। ४ सय २५ परिवारले ३ हजार ८७ वर्ग मिटर क्षेत्रफलमा लगाएको गहुँ बाली सखाप भएको छ।
विगतको उत्पादनलाई मान्ने हो, भने २ हजार ५ सय ९३ क्विन्टल गहुँ असिनाकै कारण नष्ट भएका छन्। ५ हजार प्रति क्विन्टल बजार मूल्य अनुसार १ करोड ३९ लाख ६५ रुपैयाँको गहुँ र आधा करोड बढीको तरकारी फलफूल धानको बेर्ना पनि चुटेर नष्ट गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताए।
यता ६ नम्बर वडामा पनि ३ सय बढी परिवारले लगाएको अन्न बालीमा क्षति पुगेको वडा अध्यक्ष हर्कबहादुर विष्टले बताए। घर भित्र्याउने समयमा ६ महिनाको मेहनत असिनाले सखाप पारेको गाउँपालिका उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन्।
त्यही गहुँ भित्र्याउने र जीवन पाल्ने परिवारका लागि ठुलै संकट आइपरेको उपाध्यक्ष नाथको गुनासो छ। ६ नम्बर वडामा पनि १ करोड १ लाख बढीको क्षति वितरण संकलन गरिएको छ।
कम उत्पादन हुने भए पनि बर्षादको भोक काट्न सहयोग मिल्ने गहुँ भित्र्याउन नपाउँदै असिनाले सखाप पारेपछि स्थानीयलाई मर्नु र बाँच्नु जस्तै भएको छ।
घर भित्र्याउन खेतगरामा जानु पर्नेमा बिहान दिउँसो असिनाले सखाप पारेको गहुँ बाली हेरेर दिन कटाउनु परेको दुख स्थानीय किसान बिर्ख ओलीले सुनाए। किसानले असिना पीडितले राहत नभई क्षतिपूर्तिको माग गरेका छन्।
राहतले सहयोग गरे जस्तो गर्ने काम राज्यबाट नहोस्, हामीलाई पेटमा आहारा चाहिएको छ, त्यो पुरा गरिदिनु पर्यो स्थानीय किसान डबल खड्काले दुख सुनाए। पालिका अध्यक्ष दिलबहादुर रावतले भने सकेसम्म क्षतिपूर्ति नै उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाईएको र संघ र प्रदेश सरकारसँग पनि क्षतिपूर्तिका लागि माग गरिने बताएका छन्।
पालिकाको ६ र ७ का लम्गाउँ, कठायतवाडा, बुढावाडा, ओलीगाउँ, दानीगाउँ, मैतोला, नाइना, सुदाडा सबै बस्तीका स्थानीयलाई समान क्षति पुगेको छ। उनीहरुले स्थानीय पालिकाले क्षति संकलन गरेर राहतको नाममा झारो टार्ने काम गर्छ की भन्ने चिन्ता पोखेका छन्।
बाजुरामा हरेक वर्ष असिनाले ठूलो मात्रामा अन्नबाली क्षति गर्ने गरेको छ।

'भारत नगई परिवार नपालिने अवस्थाका स्थानीयलाई गहुँ बालीले पनि केही महिना खान पुग्ने अवस्था हुन्थ्यो, अब त्यो पनि रहेन्', वडा सदस्य रणबहादुर ओलीले भने।हिउँदभरि दुःख गरेर लगाएको खेती असिना पानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुखेसो गरेकी छन्। भिम्लाको परिवारलाई खेती किसानी बाहेक अर्को कुनै परिवार पाल्ने विकल्प छैन। ६ र ७ का ७ सय बढी परिवार मध्ये अधिकांशको पीडा एउटै हो।