‘प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको हत्या’
०७ जेष्ठ २०८०
•
४ मिनेट पाठ
‘प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको हत्या’
प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ। कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर-८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ। चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्।




वैशाख २९ गते नेपालगन्जस्थित कोठामै ती युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्सका लागि उनी भाइ निरेनसँगै बस्दै आएकी थिइन्। बाँके प्रहरीका अनुसार जाहेरीमा सुमद रानी मृत फेला परेको कोठामा चौधरीले प्रयोग गर्दै आएको रेडमीको मोबाइल, निजले लगाएको जिन्स पेन्ट र हेल्मेटको भाइजरको टुक्रा र चक्कु भेटिएको उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्ती मगरका अनुसार मृतकको टाउकोमा घाउ देखिएको छ। उनको घाँटीमा चक्कु रेटेको निसानी देखिन्छ। जहाँबाट रगतसमेत बगेको छ। योसँगै शरीरका अन्य भागमा समेत चोटपटक लागेको प्रहरीले जनाएको छ।

हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए।
जाहेरीमा उल्लेख भएअनुसार जाहेरवाला थारू कक्षा ११ को परीक्षा दिएर घर आएका थिए। थारू दिदीभाइ र चौधरीबीच सात/आठ महिनादेखि सामान्य चिनजान थियो। चौधरी बेलाबखत घर र डेरामा आउने जाने गर्थे। उनले सुमद रानीलाई एकतर्फी रूपमा चाहन्थे। उनले शारीरिक सम्बन्धका साथै विवाहका लागि समेत प्रस्ताव गर्दै आएको जाहेरीमा दाबी गरिएको छ। ‘अन्यायी चौधरीका सबै प्रस्ताव सुमद रानीले अस्वीकार गर्दै आएकी थिइन्,’ मृतकका भाइ निरेनले दायर गरको जाहेरीमा भनिएको छ, ‘दिदी (सुमद रानी) लाई मन पराउने र विवाह गर्नुपर्ने भन्दै चौधरीले मानसिक यातना दिँदै आएको कुरा दिदीले मलाई बताउनुभएको थियो।’ साथै चौधरीले सुमद रानीलाई जागिर लगाइदिने प्रलोभनसमेत देखाएको जाहेरीमा दाबी गरिएको छ।

‘म कक्षा ११ को परीक्षा सकेर वैशाख २२ गते घर आएको थिएँ। २७ गते अन्यायी चौधरीले घरमा आई दिदीलाई भेरी अस्पतालको फार्मेसीमा जागिर दिन्छु, मलाई नागरिकता दिनू भनेका थिए,’ जाहेरीमा भनिएको छ, ‘मसँग छैन, दिदीसँग होला भनें। त्यो दिन हाम्रो घरमा बसे। वैशाख २८ गते दिदीलाई भेट्छु भनेर नेपालगन्ज गएका थिए।’

चौधरी भेट्न आएको भनेर दिदीलाई जानकारी गराउन दिउँसो १२ बजेदेखि २९ गते बिहानसम्म फोन गर्दा नउठेको उनले बताए। दिदीले प्रयोग गर्ने सामाजिक सञ्जाल, मेसेन्जर, ह्वाट्सएपमा फोन गर्दा नउठेको र मोबाइलमा समेत पटकपटक फोन गर्दा नउठेको उनी बताउँछन्। २९ गते बिहानै कोहलपुरबाट नेपालगन्ज पुग्दा कोठामा चाबी लगाएको भन्दै उनले भने, ‘कोठाको एउटा चाबी दिदी र एउटा मसँग थियो। मसँग भएको चाबीले कोठा खोलें। कोठामा हेर्दा झ्याल बन्द थियो। पलङमा रहेको बिस्तरा बिग्रेको, पलङमाथि ब्लाङ्केट ओढाइराखेको अवस्था थियो। ब्लाङ्केट तान्दा दिदीलाई रगताम्य अवस्थामा मृत देखेपछि तत्काल कोठाबाहिर गएर चिच्याएँ, होहल्ला गरें,’ उनी भन्छन्, ‘घरबेटी र आमालाई बोलाएँ।’

चौधरी भेट्न आएको भनेर दिदीलाई जानकारी गराउन दिउँसो १२ बजेदेखि २९ गते बिहानसम्म फोन गर्दा नउठेको उनले बताए।

‘चौधरीले मेरी दिदीलाई मन पराउँथे। प्रेम प्रस्ताव राखेका थिए । दिदीले अस्वीकार गर्दै आएकी थिइन्। फेरि पनि दिदीले प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण जबर्जस्ती करणी गरी हत्या गरेका हुन्। उनीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ निरेनले भने।

उक्त घटनापछि चौधरी फरार छन्। मृतकका परिवारले शैलेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता घर्तीमगरले बताए।

उनका अनुसार बाँके प्रहरीले अहिले हत्या आरोपितको खोजी कार्य तीव्र बनाएको छ। भारत र बर्दियामा चौधरीको खोजी कार्य जारी रहेको उनको भनाइ छ। हत्याजस्तो गम्भीर अपराधविरुद्ध बाँके प्रहरी संवेदनशील रूपमा अघि बढिरहेको उनले जनाए।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले एकजना प्रहरी निरीक्षकको नेतृत्वमा सातजनाको टोली बर्दियामा खटाएको छ। आधा टोली सीमावर्ती क्षेत्रमा खटिएको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालयले समेत घटनाका आरोपित खोज्न सहयोग गरिरहेको घर्तीमगर बताउँछन्। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस