अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गएको छ। सन्धिखर्क ८, किमडाँडामा सडक छेउँको पोलमा चढेर तार तान्ने क्रममा मिनिट्रकमा तार अल्झिंदा तारसंगै खसेर स्थानिय ४२ वर्षिय कृष्ण बहादुर रानाको मृत्यु भएको वडाअध्यक्ष हुम प्रसाद बञ्जाडेले जानकारी दिए।
उनका अनुसार रानाले सडक छेउँको पोलमा चढेर तार तान्दै थिए । तार भुँईमै थियो । मिनिट्रक ख्याल नै नगरी जाँदा तार ट्रकमै अल्झियो । तार बेरिएर तन्किंदा पोलमा चढेका राना भुँईमा बझारिएका थिए । अस्पताल ल्याएपछी उनलाई चिकित्सकले मृत घोंषणा गरेका थिए।
लु १ ख ९५२० नम्बरको मिनिट्रकले सडकमा छरिएको तार माथीबाट गाडी लैजाने प्रयास गरेपछी घटना घटेको हो । घटनामा शिव बहादुर राना घाईते भएका छन् । उनको अर्घाखाँची अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ। मिनिट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कृष्ण घिमिरेले बताए।