फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड २९ लाखको क्षति
०१ जेष्ठ २०८०
•
२ मिनेट पाठ
फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड २९ लाखको क्षति
भक्तपुरको चुनदेवीमा आइतबार राति भएको आगलागीबाट दुई करोड २९ लाख बराबरको धनमाल नष्ट भएको छ।




आगलागीबाट टहरामा रहेको काठ चिर्ने मेसिनहरु, फर्निचरका कच्चा पदार्थहरू, विभिन्न केमिकलहरु, प्लाईउडहरु, काठहरु, जेनेरेटर १ थान, कपडा सिलाउने मेसिनहरु ४ थान, कम्प्रेसर मेसिन ३ थान, तयारी फर्निचरका सामानहरु, ग्यास चुलो र सिलिण्डर १ थान, क्यामेरा ३ थान, पानी ट्याङ्की, हुन्डाई सान्टो कार १ थानसमेत गरी अन्दाजी दुई करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

साथै घरमा भएको क्षतिको विवरणमा घरको पहिलो र दोस्रो तलामा रहेको प्लास्टर, झ्यालढोकाहरु, फल्स सिलिङ, डाइनिङ टेबल, सोफा, पलङ ७ थानसमेत गरी १० लाखका साथै टि.भी, सोकेस, फल्स सिलिङसमेत गरी अन्दाजी १२ लाख बराबरको धनमाल नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। 

घरको तेस्रो तलामा रहेको फल्स सिलिङ, झ्याल ढोका, काठको दराजहरु, दराजभित्र रहेको नगद रु तीन लाख रुपैयाँ, उक्त कोठामा रहेको सामानको ३० हजार र अन्य सामानको अन्दाजी एक लाख समेत गरी कुल दुई करोड २९ लाख बराबरको क्षति भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।

आइतबार राति सात बजेर आठ मिनेटबाट त्यहाँ आगलागी सुरु भएको थियो। जिल्लाको सूर्यबिनायक नगरपालिका ५ चुनदेबी बस्ने वर्ष ३७ को बिजेन चौगुठीले १ तले जस्ताको २ वटा टहरा बनाई संचालन गरेको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा अचानक आगलागी भएको थियो। आगो सल्किएर सोही स्थानमा रहेको निजको ३.५ तले घर र सोही स्थानमा बस्ने पुष्प सिल्पकारको जस्ताको टहरामा संचालनमा रहेको कृपालु फर्निचर कारखानासमेतमा आगलागी भएको थियो।

आगलागीलाई भक्तपुरका ३, काठमाडौको १ र ललितपुरको १ गरी जम्मा  ५ वटा दमकलले नियन्त्रणमा लिन सफल भएको थियो। आगो नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा साढे दस बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने हुन पाएन।

घटनास्थलमा वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ कमाडमा ६० जनाको टोली खटिगएको थियो। घटनास्थल वृत्त जगातीबाट २ किलोमिटर पश्चिममा पर्दछ।
अर्को समाचार
झापाको गौराहदमा आगलागी, १५ लाखको क्षति
१२ भदौ २०७९
•
१ मिनेट पाठ
झापाको गौराहदमा आगलागी, १५ लाखको क्षति
झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा  १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।




गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेका गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो। आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो ।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस