मध्यपश्चिमी रौतहटमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको छ। मध्यपश्चिम रौतहटको कटहरिया नगरपालिकाले जिल्लामा पहिलो पटक सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो।
एक समारोहबिच नगर प्रमुख अजय प्रकाश र उपप्रमुख रीतादेवी यादवले कटहरिया नगरपालिका ५ स्थित कटहरिया बजारमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेका हुन्।
नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले नगरपालिकाको व्यवस्थापनमा केन्द्रको संचालन गरिने बताएका छन्। जिल्लामा पहिलो सर्पदंश उपचार केन्द्रको स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख अजय प्रकाशले केन्द्रको व्यवस्थित रुपमा संचालन गरिने तथा केन्द्रमा संचालनमा देखिएका समस्यालाई तत्काल समाधान गरिने बताए।
रौतहट सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा सर्पदंशको उपचार हुँदै आएको छ। यसै गरी सर्पदंशको घटना हुँदा वीरगन्ज, चितवन तथा सर्लाहीसम्म लैजानुपर्ने बाध्यता रहेको छ।
सर्पदंशको बिरामीलाई भरपर्दो उपचारको व्यवस्था मध्यपश्चिम रौतहटमा भएपछि बिरामीले लाभ उठाउने विश्वास वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन्।