अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागीबाट घर जोगाउन खोज्दा पाँच जना जलेर गम्भीर घाइते भएका छन्। वनमा लागेको आगो घरसम्म आएपछि घरगोठ जाेगाउने क्रममा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।
भुमिकास्थान नगरपालिका वडा नम्बर २ को स्थानीय तिरतिरे जंगलमा लागेको आगो बस्तीमा पुगेपछि आगो निभाउने प्रयासमा घटना भएको हो। घाइतेहरूलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि पाल्पा रिफर गरिएको छ।
आगोमा परेर ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, वर्षीय ७२ पिताम्बर बेल्वासे र २६ वर्षीय अस्मिता बेल्वासे जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले बताए।
घाइतेहरुको शरिरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घरहरू जोगाउन सफल भएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए।
यस्तै सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा अहिले भीषण आगलागी भइरहेको छ। आगलागीले एक घर र तिन गोठ जलेर नष्ट भएका छन्। सम्सोधिन मियाँको घरमा आगलागी हुँदा उनको घर पूर्ण रुपमा जलेको छ। लजिन खानको कुखुरा फर्ममा आगो सल्किदा ८ सय कुखुरा जलेका छन्। साथै तिन ओटा गोठमा आगलागी हुँदा पाँच ओटा भैसीं जलेर मरेका स्थानीय रमेश श्रेष्ठले बताए।