माइतीघरमा धर्नामा बसे महावीर पुन (तस्वीरहरू)
१५ वैशाख २०८०
•
१ मिनेट पाठ
माइतीघरमा धर्नामा बसे महावीर पुन (तस्वीरहरू)
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्। शुक्रबार माइतीघरमा उनले धर्ना कार्यक्रम सुरु गरेका हुन्।  




माइतीघर स्थित बानेश्वर जाने बाटाेलाइ बन्द गरेर उनले धर्ना कार्यक्रम भैरहेको छ। उनलाई अन्य व्यक्तिले समेत साथ दिएका छन्।  

धर्नामा 'अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति दे', 'अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता', 'नवउद्यमीहरुलाइ हतोत्साही नगर', 'सुचना प्रविधि विधेयक खारेज गर' जस्ता प्लेकार्ड बोकिएको छ। 

हेर्नुस् नागरिकन्यूजकाे लागि प्रसन गुरूङले खिचेका तस्वीर

 

 

 

अर्को समाचार
महाविर पुनलाई उद्यमी रुद्र पाण्डेले 'चप्पल पड्काएर हिड़दैमा आविष्कार हुन्न' भनेपछि...
२० वैशाख २०८०
•
४ मिनेट पाठ
महाविर पुनलाई उद्यमी रुद्र पाण्डेले 'चप्पल पड्काएर हिड़दैमा आविष्कार हुन्न' भनेपछि...
गैरनाफामुखी संस्था राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र डियरहोल्ड लिमिटेडका संस्थापक एवं कार्यकारी अध्यक्ष र हाम्रो पात्रोका निर्देशक बोर्डको अध्यक्ष रुद्र पाण्डेबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरहेको छ ।




उद्यमी पाण्डेले ट्वीटमा पुनलाई ‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने भन्दै लेखेपछि दुबै जनाको ट्वीटबाटै चर्काचर्की परेको छ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पाण्डले लेखेका छन्, ‘नेपाल सरकारको गोब्रे पारा माइतीघर मा २र४ जना उभिए भने २र४ बूँदे सम्झौता गरिहाल्यो । कार्यान्वयन हुने होइन । नेपालमा आविष्कारको बिजारोपण गÞर्न विश्वविद्यालय सुधार्नु पर्छ । विश्वविद्यालय लेभलमा निजी र सरकारी संस्थाको प्रतिस्पर्धा हुनुपर्छ ।  विकास बजेटको एक प्रतिशत कहाँ लगाएर आविष्कार गर्ने ?’ हालका टीयू, पीयू र केयूमा त पार्टीका झोले मात्र छन् । अनि विश्वविद्यालयले गरेको आविष्कार बजारमा ल्याउने निजी उद्योगले हो । नेपालमा निजी व्यवसाय फÞस्टाउने वातावरण नै छैन । पुनले चपल पड्काएर हिँड्दैमा आविष्कार हुन्न । जरो नै नभै रुखÞ हुर्किन्न ।’

उद्यमी पाण्डेको ट्विटपछि पुनले लेखेका छन्, ‘रुद्र भाइले नेपाल सरकारलाई व्यवसाय विस्तारका लागि धेरै कुराको माग राख्यो होला र सरकारले सुनिदिएन होला । मैले जनतासँग आन्दोलन गरेर राखेको माग सरकारले पूरा गरेपछि रुद्र भाइले नेपाल सरकारसँगको रिस मलाई पोख्यो । त्यति  धेरै योगा गर्ने मान्छेलाई लोभ र डाहा नलाग्नु पर्ने हो त ।’

केही दिन माइतीघरमा धर्नामा बसेका पुन र सरकारबीच सहमति भएको थियो।  त्यसपछि पाण्डे चुप बसेनन्। उनले अझै गम्भीर आरोप पुनमाथी लगाए।  पाण्डेले पुनेले चन्दा पठाएको पैसा गोजीमा हाल्ने बानी भएको आरोप लगाएका छन्।  

पाण्डेले लेखेका छन्, ‘महावीरको आविष्कार केन्द्रलाई उठाएको पैसा तीन वर्ष जति अगाडि नै नेपाल पठाएर उनीसँग पैसा ट्रान्सफÞर गर्नभन्दा अगाडि पैसा केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो । पुनले म प्रोजेक्ट डकुमेण्ट दिन्न भनेर थर्काए नेपालको डियरवाक फाउन्डेसनको स्टाफलाई । यूएसको च्यारिटीबाट उठेको पैसा बिनाडकुमेण्ट दिन मिलेन । अन्ततः तीन वर्ष पछि पुनले कागज दिए । उनको कागज प्राप्त भएपछि नेपाल समाज कल्याण परिषदको अनुमतिको पर्खाइमा छ डियरवाक फाउन्डेसन । महावीरको तुजुकको कारणले ढिलो भएको हो । कागजपत्र नपुर्याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन्।’

यसको जवाफमा पुनले आरोप प्रमाणित नगरे मानहानीको मुद्दा दिन सक्ने चेतावनी दिएका छन्।  

पुनले लेखेका छन्, ‘कागजपत्र नपुर्याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन्’ माथि तिमीले भनेको यो कुरा प्रमाणित गर्न सकेनौ भने म तिमीलाई मानहानीको मुद्दा दिन सक्छु । यो धेरैधेरै ठूलो आरोप हो । तिमी लोभी छौ भन्ने कुरा मलाई थाहा छ । तर, तिमी पापी पनि रहेछौ । स्क्रिनसट राखे ।’

पुनले अघि लेखेका छन्,‘रुद्र भाइ,  तिमी एउटा सफल उद्यमी हौ, नेपालमा केही रोजगारीको सिर्जना गरेका छौ भनेर म चुप लागेर बसेको हो । पैसा आउला नि त भनेको हो । तिमीजस्तो म हुन सकिनँ । तर, म जस्तो तिमी पनि हुन सक्दैनौ । तिमी धनी भएँ भनेर मलाई साह्रै हेपेर र मैले मरिमेटेर गरेको कामलाई खिल्ली गरेपछि रिस उठ्छ ।’ अर्को ट्विटमा उनले लेखेका छन्, ‘कोरोना महामारीको समय थियो । हामीले कोरोना विरुद्धका लागि सामानहरू बनाउन जे कुरामा खर्च गर्नु पर्छ त्यसैमा सो पैसा खर्च गरिन्छ भनेको हो । डकुमेन्ट दिन्न भनेकै छैन । डकुमेन्ट भनेको राष्ट्रिय आविष्कार केन्द्रको दर्ता, कर चुक्ता र प्यान नम्बर हो । त्यो नदिने कुरा थिएन । धेरै हेपेर नबोलम् त ।’

पाण्डेले पुनमाथी अाराेप लगाउन छाेडेनन्। अर्को ट्विटमा उद्यमी पाण्डेले आफ्ना एक अमेरिकी साथीबाट २० हजार अमेरिकी डलर लिएर पनि काम नगरेको भन्ने विषय राखेका छन्। पाण्डेले लेखेका छन्, ‘महावीर कै कुरा— उनले मेरो अमेरिकन साथिसँग धादिङको एउटा स्कुलमा इन्टरनेट पुर्याउन २० हजार डलर लिए । तर, काम गरेनन् । अन्तमा मेरो साथीले अर्को कम्पनीलाई लगाएर काम गराए । मेरो साथीले कति सम्पर्क गर्न खोजे तर पुनले वास्तै गरेनन् ।’

यसको जवाफमा पुनले लेखेका छन्, ‘ए रुद्र भाइ, तिमी आउ र सँगै धादिङका ती गाउँहरूमा सँगै जाउँ । र, त्यहाँका गाउँलेहरूसँग सँगै कुरा गरौँ । यहीँ नजिकैको धादिङ जिल्ला हो । त्यहाँ हामीले हालेको इन्टरनेटको टावरहरू पनि हेरौं । महावीरले इन्टरनेट हालिदिएको हो कि होइन भन्ने कुरा थाहा हुन्छ । धेरै फटाहा र पापी कुरा नगर ।’

पुनले फेरि ट्वटि गर्दैै लेखेका छन्, रुद्र भाई, नागढुंगा बाट धादिंग दामेचौरको जुरेथुम डांडामा टावर बनाएर आदर्श माबि, लिती महाकाली माबि, महाकाली माबि, बागेश्वरी माबि र प्रेम सागर फाउन्डेसन भान्साघरमा इन्टरनेट जडान, तालिम दिएको हो। '
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस