अब लुम्बिनीमा विद्युतीय बसमा सरर...
१४ वैशाख २०८०
•
४ मिनेट पाठ
अब लुम्बिनीमा विद्युतीय बसमा सरर...
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षापछि विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन्। सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए।




दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’  प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिंदा समस्यामा परेका थिए। साढे दुई वर्षदेखि थन्किएका ती सवारी सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले हालै कानुनी बाटो खुला गरिदिएको छ।

प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४  भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यो निर्णयले अलपत्र यी बस सञ्चालनका लागि बाटो खुला भएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षापछि विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन्। सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए।
एसियाली विकास बैंक (एडीवी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा  कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन्। यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा साढे तीन करोड रुपैयाँ बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको थियो। यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ।

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आएका यी सवारी लामो समय खुला आकाशमुनि थन्किदा कतिपयका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रेका छन्। लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि भनेर ल्याइएका पाँच १९ सिट क्षमताका बस र १४  पाँच सिट क्षमताका भ्यान  स्वचालित ढोका भएका र शारीरिक रूपमा अशक्तका लागि अपाङ्गमैत्री छन्।

लुम्बिनीलाई प्रदूषणमुक्त राख्न २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो तर आवश्यक कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि थन्किएका थिए।

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी सवारी लामो समय खुला आकाशमुनि थन्किदा कतिपयका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रेका छन्।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग लगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन ती साधन अनुदानमा आएका हुन्।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लामो समयदेखि अलपत्र विद्युतीय बस सञ्चालनको कानुनी बाटो खुलेको बताए। ‘खुसी छु, यी बस तथा भ्यानहरूले न्याय पाउने भएका छन्’, उनले भने,‘कोषाध्यक्ष भएर बसेको पहिलो बैठकदेखि विद्युतीय बस सञ्चालनका लागि निरन्तर कुरा उठाउँदै आएकोमा आज बल्ल यसले आधिकारिक रुपमा पर्यटकको सेवामा गुड्न पाउने नम्बर प्लेटको अनुमति पाउन बाटो खुलेको छ।’

उक्त निर्णयको कार्यन्वयनका लागि मातहत यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीलाई समेत निर्देशन गरिसकेको पत्र बुधबार कोषलाई प्राप्त भएको कोषका सदस्य सचिव शानुराजा शाक्यले बताए।

यसबाट लामो समयदेखि अल्झिएको सवारी नम्बर प्लेट परिवर्तनको कानुनी बाटो प्रदेश सरकारले फुकाइदिएको छ। अब छिट्टै नै पर्यटन सवारीमा दर्ता गरेर यी सवारी साधनलाई पर्यटन सेवाका रूपमा सञ्चालन गरिने सदस्य सचिव शाक्यले बताए।

‘अब बढीमा एक महिना लाग्छ। त्यसपछि मुख्यतया बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामसहित नेपाल भारत सीमा बेलहिया र बुटवल क्षेत्रसम्म सेवा सञ्चालन गर्ने छौं’, उनले भने,‘सञ्चालन नमूनाका विषयमा पनि कार्यविधि बनेको छ त्यसैको आधारमा छलफल गरेर तय गर्ने छौं।’

यसबाट लामो समयदेखि अल्झिएको सवारी नम्बर प्लेट परिवर्तनको कानुनी बाटो प्रदेश सरकारले फुकाइदिएको छ।
कोषले केही महिना यी सवारी साधनको परीक्षण सञ्चालन गरेर पनि अनुमति नपाउँदा नियमितता दिन पाएको थिएन। अब एउटा व्यवस्थित योजना बनाएर प्रस्तावित कार्यविधिलाई छलफल गरी नियमित सञ्चालनमा ल्याइने कोषाध्यक्ष भट्टराईले बताए।

एडिबीले दिएको २८ करोड रुपैयाँ बराबरको अनुदानको पनि अब व्यवस्थित सदुपयोग हुने उनले बताए।

‘बस सञ्चालन हुने कुराले पर्यटकको सेवामा थप उत्साहसँगै रामग्राम, देवदह तथा तिलौराकोटबाट नियमित लुम्बिनी आउने तीर्थयात्रीलाई सहज हुनेछ’, उनले भने, ‘अव फेरि विद्युतीय सवारीबाट धम्मयात्राले निरन्तरता पाउने छ।’

कोषले गत असोज १३ गतेबाट दसैँ, तिहार र छठपर्वमा यात्रुलाई सेवा दिने जनाउँदै परीक्षणका रूपमा पाँच बस निः शुल्क सञ्चालन गरिएको थियो।

कोषले केही महिना यी सवारी साधनको परीक्षण सञ्चालन गरेर पनि अनुमति नपाउँदा नियमितता दिन पाएको थिएन।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक राखेर परीक्षणका रूपमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध मावलीस्थल देवदह र लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म पाँच  बस परीक्षणका रुपमा सञ्चालन गरिएको थियो। रासस
अर्को समाचार
लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित
२४ फागुन २०८०
•
४ मिनेट पाठ
लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित
लुम्बिनी मायादेवी मन्दिर। तस्बिर : नागरिक
बुद्ध जन्मस्थल लुम्बिनीमा गर्न लागिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ। संघीय सरकारमा भएको सत्ता समीकरणको फेरबदलको असर लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलनमा परेको हो। मंगलबार बसेको लुम्बिनीको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।




लुम्बिनी प्रदेश सरकारको आयोजनामा हुने भनिएको शिखर सम्मेलनबारे आधिकारिक निर्णय गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार मन्त्रिपरिषद् बैठक डाकेका थिए। मन्त्रिपरिषद् बैठकले सिखर सम्मेलन स्थगित गर्नुको ठोस कारण खुलाएको छैन। विशेष कारण भन्दै सम्मेलन स्थगित गर्ने निर्णय गरिएको छ।

सम्मेलनको अधिकांश तयारी पूरा भएको थियो। सम्मेलनका लागि बुटवलमा सचिवालय स्थापना गरी तीन महिना अघिदेखि नै तयारी थालिएको थियो। निमन्त्रणा कार्ड, झोला, मञ्च व्यवस्थापन, होटल बुक गर्ने, विदेशी पाहुनाका लागि टिकेटिङ जस्ता तयारीका काम भइसकेको सचिवालयले जनाएको छ। पछिल्लो समय फेरिएको राजनीतिक समीकरणसँगै लुम्बिनीमा गर्न लागिएको सम्मेलन पनि स्थगित भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता निराजन घिमिरेले बताए।

सम्मेलनमा नौ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख तथा प्रधानमन्त्री, सम्बन्धित क्षेत्रका विज्ञ, केही ठूला लगानीकर्ता समेत गरी ३० जना विशिष्ट विदेशी पाहुना आउने तयारी थियो। विशिष्टसहित सय विदेशी पाहुनालाई निमन्त्रणा पठाइसकेपछि सम्मेलन स्थगित भएको छ।

नोबेल पुरस्कार विजेतासहितका विशिष्ट पाहुनाहरू सम्मेनलमा आउने तयारीमा रहेका बेला सत्ता समीकरणमा भएको फेरबदलले सम्मेलन नै स्थगित गरिएको सन्देश पठाउनुपरेको र त्यसले नेपालप्रति सकारात्मक सन्देश नगएको मुख्यमन्त्री कार्यालयकै एकजना अधिकारीले बताए।

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले ६ करोड ५० लाख बजेट छुट्याएको छ। बालबालिकामाथि हुने सबैखाले हिंसा, बेचबिखन तथा बाल शोषणको अन्त्य गर्न साझा अवधारणा बनाउँदै बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले शिखर सम्मेलन गर्ने भनिएको थियो।

शिखर सम्मेलनमा भाग लिन एकै पटक नौ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउँदै थिए। विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू अब्देससतार वेन मौसा, विदेद बुसामावुई, कैलाश सत्यार्थी, एरी वार्सल, लेहम बोवी, टवाको कम्र्यान, जोडी विलियम्स, जोजे रामोस ओर्टा र रिचर्ड रोबर्ट्स सम्मेलनमा सहभागी हुने तयारी थियो।

विकासोन्मुख देशका राष्ट्रप्रमुख, संयुक्त राष्ट्रसंघका विकास साझेदार, बालबालिका तथा शान्ति क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारी, अन्तर्राष्ट्रिय मिडियाकर्मीसहितका विदेशी पाहुना सम्मेलनमा सहभागी हुने निश्चित भएको थियो।

जोर्डनका राजकुमार अली विन अल हुसेन, टिमोर लिष्टेका राष्ट्रपति, अर्थशास्त्री जेफ्री स्याक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफन लोफभेनलगायतका विशिष्ट पाहुना सम्मेलनका लागि लुम्बिनी आउँदै थिए।

नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, शान्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत विज्ञ, सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीको सहभागिता रहने भनिए पनि राजनीतिक अस्थिरताकै कारण अन्तिम समयमा सम्मेलन स्थगित गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालबालिकाको विकास र संरक्षणका लागि बुद्धजन्मस्थलबाट शान्ति, सद्भाव र करुणाको सन्देश दिँदै लुम्बिनीको महत्त्वलाई विश्वभर फैलाउन शिखर सम्मेलन लुम्बिनीमा गर्न लागिएको भए पनि बदलिँदो राजनीतिक समीकरणले कार्यक्रम स्थगित गर्नुपरेको प्रतिक्रिया दिए।

सम्मेलनमा विश्वभरका बालबालिकाको अधिकार र शान्ति लागि दिशानिर्देश गर्दै बालशोषण अन्त्यका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्ने तालिका थियो। सम्मेलनले लुम्बिनीको आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको थियो। सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनाहरूलाई लुम्बिनी आसपासका बुद्धस्थलका साथै पाल्पा, प्युठानको स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने तयारी पनि थियो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस