तातोपानी गाउँपालिका-१ बाइराकाकी ४० वर्षीया छुम्कली सार्की दैनिकजसो बिहानै खानेपानीको जोहो गर्न तिला नदितिर लाग्छिन् । उनको बिहान र बेलुकाको झन्डै १ घण्टा पानीको जोहो गर्नमै बित्छ।
सार्कीले अहिले पनि तिला नदिको पानी खानु पर्ने बाध्यता रहेको गुनासो गरिन्। गाउँमा भोट माग्न आउने उम्मेदवारले झुट्टा आश्वासन दिने गरेको उनी जस्तै धेरै बाइराकाका महिलाको दुखेसो छ। स्थानीय सरकार,प्रदेश र संघीय निर्वाचनको बेला मात्रै जनप्रतिनिधि त्यो गाउँमा पुग्ने गरेको उनीहरु बताउँछन्। निर्वाचन जित्नका लागि झुट्टा सपना बाडेर जनप्रतिनिधि जाने तर पछि फर्केर कहिल्यै पनि नआउने परम्परा बसेको छुम्कली बताउँछिन्।
तातोपानी बाइराकाका बासिन्दाले १५ वर्षदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। उनीहरूलाई तिला नदीबाट दैनिक पानी ल्याउनुपर्ने बाध्यता छ। झन्डै डेढ किलोमिटर टाढाबाट पानी बोक्नुपर्ने अर्की ५६ वर्षकी मन्नु सार्की बताउँछिन्। 'अहिलेको समस्या होइन उतिबेलादेखि सबै उम्मेदवारलाई पनि खानेपानीको व्यवस्था मिलाउन माग गरेका हौं तर समस्या समाधान भएन,' उनले भनिन्। उनका अनुसार एकजनाको कामै नदीबाट दैनिक पानी बोक्ने हुन्छ।
१५ वर्षअघि गाउँको खानेपानी मुहान सुकेपछि हाहाकार बढेको हो। लामो समयदेखि नदीको धमिलो पानी पिउन वाध्य भएको ६८ वर्षीय मीन बहादुर शाही बताउँछन्। उनले रित्तो गाग्री र बाल्टी लिएर २०६६ मा जिल्ला प्रशासन कार्यालय र खानेपानी कार्यालय घेराउ गरेको बताए। पटक–पटक डेलिगेसन जाँदा पनि समस्या समाधान भएन।
गाउँमा मुहानै नहुँदा खानेपानी संकट भएको रामचन्द्र सार्की बताउँछन्। स्थानीय कुमार शाहीले साबिकका लाम्रा, हांकु, ताम्ती, कुडारी र शनिगाउँ गाविससँग मुहानका लागि अनुरोध गर्यौं, 'कसैले पनि दिन नमानेपछि नदीकै पानी पिउन बाध्य छौं। उनले भने, '३ वटा खसी, ३ डाला लाडु सहित सबै गाविसमा माइत गर्यौं, तर दिन मानेनन्, (एक गाउँ बाट अर्को गाउँमा पानी माग्दा गरिने सम्मानको चलन)' ।
यता गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा संगिता नेपालीले विद्यार्थीहरु दिउँसो पानी पिउन नदिमा पुग्ने गरेको बताइन्। झण्डै आउजाउ गर्न आधा घण्टा लाग्छ, कठिन छ।सधैंभरि पानीको लागि घण्टी छुट्टाउनु परेको विद्यार्थीको गुनासो छ।
तातोपानी गाउँपालिका -१ का वडा अध्यक्ष कर्णबहादुर कठायतले वाइराकाका स्थानीय वासीले नदिको पानी उपयोग गरेको सत्य भएको बताए। 'जनप्रतिनिधिको वर्षेनी चुनावी एजेन्डा त बन्छ, पछि प्राथमिकतामा पर्दैन,' उनले भने।
बाइरामा १ सय ७० मध्ये ८५ घर दलित समुदायको छ। बाइराँका गाउँ अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँचमा पुग्न सकेको छैन। बाइराँकामा तीन वटा धारा मात्रै छन्। धारामा पानी आउन्जेलसम्म पालो पाउनेले लिन्छन्। नत्र पालो पनि पाइदैन।बाइराँका भित्र कतैपनि पानीका मुहान छैनन्। बाइराँकामा वन जंगल बिनाका सुख्खा डाँडापाखा मात्रै छन्।
जुम्लामा निर्माणधीन राष्ट्रिय महत्वको बृहत्त धौलिगाड खानेपानीले हाम्रो समस्या समाधान गर्ने भन्दै उनीहरु आशावादी छन्। आयोजना २०६६ सालदेखि निर्माण शुरु भएको थियो। बृहत धौलिगाड खानेपानी आयोजना दुर्त गतिमा निर्माण भईरहेको छ। कुल १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैया लागतमा निर्माण भईरहेको आयोजनाको पछिल्ला भौतिक प्रगती सन्तोषजन रहेको संघिय खानेपानी तथा ढल निकास आयोजनाका प्रतिनिधि चक्र बहादुर भण्डारी बताउछन्।
तातोपानीका ६ वटा वडा,चन्दननाथका १० वटा वडा र गुठिचौरका ३ वटा वडा गरी जम्मा १९ वडाका ४४ हजार १ सय ६३ नागरिक आयोजनाबाट लाभान्वित हुने छ। भने ८ हजार ६ सय ९५ वटा धारा निर्माण हुने छन् ।