भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका ७ बस्ने संस्थाका प्रबन्ध निर्देशक समीर खत्रीलाई हातपात गरी कालो मोसो समेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङ्गा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पवित्रा तामाङ रहेका छन्।