बर्दियामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मधुवननगरपालिका–५ गाउँ नम्बर ८ का ७० वर्षीय लालबहादुर भाटको सोमबार मृत्यु भएको हो।
मधुवननगरपालिका–५ गाउँ नम्बर ८ स्थित ढोढरीबाट गुलरिया तर्फ आउँदै गरेको टिप्परले पैदल यात्री भाटलाई ठक्कर दिएको हो। ३० वर्षीय रामचन्द्र थारुले चलाएको भे १ क १८१४ नम्बरको टिप्परले ठक्कर दिँदा भाटको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।
टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी बोहराले बताए।