लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुर चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्।
स ४ प ५५१६ नम्बर र प्रदेश २–०१–००३–३२८९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–४ का २२ वर्षीय अमित पासवानको मृत्यु भएको हो।
अमितसँगै मोटरसाइकलमा पछाडि सवार सखुवानन्कारकट्टी गाउँपालिका–४ का सचिन पासवान र कमलेश मण्डल घाइते भएका छन्। स ४ प ५५१६ नम्बर मोटरसाइकलमा सवार सप्तरी बलानविहुल गाउँपालिका–३ का ४५ वर्षीय शिवकुमार यादव, उनका पत्नी ३० वर्षीया पवित्रा र १० वर्षीय छोरा सुशान्तकुमार यादव घाइते भएका छन्।
घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।