घर निर्माणका लागि ठेक्का सम्झौता
२७ पौष २०७३
•
४ मिनेट पाठ
घर निर्माणका लागि ठेक्का सम्झौता
घर निर्माणकालागि भएको सम्झौता पत्र एक आपसमा साटासाट गर्दै बाग्लुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युवराज अधिकारी र निर्माण कम्पनीका नारायण जिसी ।
गलुङ–तीन दशकदेखि विस्थापित यहाँको माझी समूदायको व्यवस्थापनका लागि घर बन्ने भएको छ । बस्ती व्यवस्थापनका लागि घर निर्माण गर्न बाग्लुङ नगरपालिका कार्यालय, माझी बस्ती व्यवस्थापन समिति र मुक्तिनाथ विएण्डबी त्रिशक्ति निर्माण कम्पनी काठमाडौंबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।




बस्ती निर्माणका लागि बागलुङ नगरपालिका—१ खनियाबासमा जग्गाको व्यवस्थापन भएको छ । बाग्लुङ पोखरा राजमार्ग निर्माणका क्रममा २७ वर्ष अघि विस्थापित माझी समूदाय बसेको बांगेचौर खेलमैदान छेउमा एक कार्यक्रम गरी सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतापछि अबको एक वर्ष भित्र १४ वटा घर निर्माण हुने बाग्लुङ नगरपालिका कार्यालयका इन्जिनियर त्रिलोचन गिरीले बताए।

‘सम्झौतामा हस्ताक्षर भएको मितिले एक वर्ष भित्र घर निर्माण गरिसक्नुपर्नेछ,’ गिरीले भने, ‘लामो प्रयासपछि हामी यो चरणसम्म आइपुगेका छौं, अब विस्थापितले आफ्नै घर पाउँछन् ।’

बस्ती निर्माणका लागि १ करोड १३ लाखको लागत इस्मिेट भए पनि निर्माण कम्पनीले ८२ लाख ३० हजारमा निर्माण गर्ने भनि बोली लगाएको छ । प्रत्येक घरमा तीन कोठा सहित ट्वाईलेट बाथरुमको व्यवस्था हुने गिरीले बताए। निर्माण कम्पनीका नारायण जिसीले कुनै अवरोध नभए सम्झौता अवधी अगाडि नै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । ‘हामी निर्धारीत समय भन्दा अगाडि नै काम सम्पन्न गर्न सक्छौं,’ उनले भने,‘तर यसका लागि सबैको सहयोग आवश्यक छ, समयमा भुक्तानी हुनुप¥यो।’ सरकारी कार्यालयमा कहिले हाकिम हुनुहुन्न, कहिले लेखापाल हुनुहुन्न भनेर भुक्तानी दिन ढिलाई गर्दा कामहरु समयमा नसकिने समस्या रहेको उनले बताए।

विस्थापित १४ घर परिवार माझी समूदायका व्यवस्थापनका लागि घर निर्माणको काम सम्पन्न भएपछि अन्य पूर्वाधार नगरपालिकाले निर्माण गर्ने बाग्लुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए ।

‘आज घर बनाउने सम्झौता भएको छ,’ कार्यकारी अधिकृत अधिकारीले भने, ‘बस्तीमा आवश्यक पर्ने, खानेपानी, विद्युत, सडक लगायत अन्य पूर्वाधारका लागि नगरपालिकाले सम्बन्धित कार्यालयसंग समन्वय गरेर काम गर्छ।’ एक दशक अघि नै माझी बस्तीलाई व्यवस्थापन गर्ने प्रयास भए पनि सरकारी उदासिनताले सफल नभएको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए।

‘सरकारी निकायबाट काम होला भनेर हामीले सिडीओको मुख ताक्यौं, नगरपालिकालाई झकझक्यौं,’ रानाले भने,‘तर केही नलागेपछि हामी स्थानीयले पहल ग¥यौं, अहिले घर निर्माणको सम्झौता भएको छ ।’ रानाले माझी समुदायका लागि छिटो घर बनाउन गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरेको बताए । ‘तपाईको अन्यत्र पनि काम होला त्यो संग हाम्रो सरोकार भएन, यो गरिब र पीडितहरुको घर हो जतिसक्दो छिटो बनाउनुस् भनेको छु,’ उनले भने । घर निर्माणका लागि ठेक्का सम्झौता भएपछि विस्थापित माझी समूदाय खुशी भएका छन् ।
अर्को समाचार
सम्झौता गरी सडक अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
०२ कार्तिक २०८२
•
२ मिनेट पाठ
सम्झौता गरी सडक अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन्। शुक्रबार १७ र शनिवार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो।  




सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच/पाँच, पाल्पा तथा दमौलीले चार/चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक/एक गरी ५० वटा ठेक्का किन नतोड्ने? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन्।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका  थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन्।  

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ।  

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ।  

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ।  

उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस