गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार
२९ चैत्र २०७९
•
१ मिनेट पाठ
गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको विशिष्ट मौलिक पहिचान झल्कने गरी आफ्नै लोगो निर्माण गर्ने भएको छ।




पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्त्व झल्कने लोगो निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

उनका अनुसार इच्छुकहरुलाई ४ वटा सर्त सहित लोगो निर्माणको विद्युतीय प्रति बुझाउन २०८० साल वैशाख ९ गते सम्मको समय सीमा दिइएको छ। छनौट समितिले उत्कृष्ट ठहराएको लोगोको निर्माणकर्तालाई प्रोत्साहन स्वरूप ७० हजार रुपैयाँ (कर सहित) उपलब्ध गराउने समेत गाउँपालिकाले जनाएको छ।

लोगोमा नेपालको झन्डा र गाउँपालिकाको नाम उल्लेख हुनुपर्ने, मैवाखोला गाउँपालिकाको विशेषता झल्कने गरी पालिकाको नक्सा, लालीगुराँस, सिन्धोलुङ झरना, वन क्षेत्र, अलैंची, फागो माङ्गेना यक र रेडपाण्डाको नक्सा समावेश हुनुपर्ने सर्त राखिएको छ। यस्तै धार्मिक तथा जातीय साम्प्रदायिक विभेद झल्कने तथा नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डतामा प्रतिकुल असर पर्ने कुनै पनि संकेत तथा भाव झल्कन नहुने समेत सर्त राखिएको छ।

पालिकाले लोगो निर्माणकर्ताले प्रयोग गरेका संकेतहरुको संक्षिप्त व्याख्या सहित डिजाइन भएको लोगोको विद्युतीय प्रति बुझाउनुपर्ने सर्त राखेको छ। ताप्लेजुङका केही स्थानीय तहले यसअघि नै आफ्नो पालिकाको गरिमा र महत्त्व झल्कने गरी लोगो निर्माणपछि प्रयोगमा ल्याइसकेका छन्।
अर्को समाचार
पालिकाको भवन बनाउन स्थानीयले दिए डेढ करोड बढी पर्ने जग्गा निःशुल्क
२८ भदौ २०७९
•
१ मिनेट पाठ
पालिकाको भवन बनाउन स्थानीयले दिए डेढ करोड बढी पर्ने जग्गा निःशुल्क
पालिकाको प्रमुख प्रशासकीय भवन बनाउने प्रयोजनका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पाँचजनाले डेढ करोड बढी मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएका छन्।  




गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार मैवाखोला गाउँपालिका वडा नं ३ कोलडाँडामा स्थानीयले एक करोड ६० लाख रुपैंया मूल्य बराबरको २० रोपनी जग्गा पालिकाको नाममा निःशुल्क रजिष्ट्रेशन पास गरिदिएका हुन्। 

मैवाखोला गापा वडा नं ३ का नन्दकुमार फागो चोङ्वाङ, धनमाया लिम्बुनी, धनरानी लिम्बू र देवीकुमार लिम्बूले २० रोपनी जग्गा गाउँपालिकालाई प्रदान गरेको पालिका अध्यक्ष वनेमले जानकारी दिए।

‘अहिले प्राप्त भएको जग्गामा भवन निर्माण गर्दा हालको साँघुपाटी बजार सुक्छ भन्ने भ्रमहरु पैदा गराई व्यावसायीहरुलाई आतंकित बनाउने कामहरु पनि भए’ अध्यक्ष वनेमले भने, ‘तर, मैवाखोलाका सचेत नागरिकहरुले यस्ता भ्रमहरुको विश्वास नगरी मैवाखोला गाउँपालिकालाई समर्थन गर्नुभएको प्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछु।’ हालको साघुपाटी बजार क्षेत्रलाई जीवित र ब्यवस्थित गर्न आफू र गाउँपालिका सदैब लागि पर्ने उनले प्रतिवद्धता जनाए।  

गत २३ गते प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जग्गादाताले निःशुुल्क जग्गा उपलब्ध गराउन मञ्जुर भएको र पालिकाले समेत जग्गा निःशुल्क प्राप्ति गर्ने निर्णय गरिसकेको भन्दै पालिकाको नाममा रजिष्ट्रेशन पासका लागि मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस