उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको तथ्यांक सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको ८ महिनामा ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो। उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश श्रीमण कुमार गौतमका अनुसार २ सय ३० मुद्दा मध्ये चालु आर्थिक वर्षको चैत २७ गतेसम्म ८६ वटा मुद्दा फछ्र्यौट भएको हो ।
अदालतमा १ सय ४४ वटा मुद्दा फैसला हुन बाँकी छन्। बाँकी मध्ये ४ वटा मुद्दा ४ वर्षे नाघेकोका मुद्दा फछर्योट भएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश गौतमले बताए। उच्च अदालत जुम्लामा दुइ वटा इजालस छन।
चालु आर्थिक वर्षमा चार वर्षभन्दा बढी पुराना मुद्दाको संख्यालाई शुन्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायधीश गौतमले बताए। न्यायिक नीति तथा आफ्नै प्रयासका कारण अहिले सेवाग्राहीहरुमाझ अदालत लोकप्रिय हुदै गएको छ। अदालतमा मुद्दा परे बर्षै भुल्नु पर्ने मान्यतालाई अदालत केही हद सम्म तोड्न सफल भएको निमित्त रजिष्टार राकेशमणि उपाध्यायले बताए।
कर्तव्य २० वटा, जबरजस्तीकरणी र उद्योग ३२ वटा, बालविवाह ३ वटा, लागुऔषध १३ वटा, ज्यानमार्ने उद्योग ८ ओटा, जजरजस्तीकरणी र बालविवाह १ वटा, अपहरण ३ वटा, पुरातत्व चोरी १ वटा, हाडनाताकरण १ वटा, अपराधिक उभद्र ४ वटा मुद्दा दर्ता भएको जनाएको छ।