अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारी नेपालमा !
२७ चैत्र २०७९
•
५ मिनेट पाठ
अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारी नेपालमा !
केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो। यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ। उनीहरू चैत २० गतेअघि नै नेपाल–भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।




‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने। अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ। भारतीय दूतवासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी र अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अमृतपालको निगरानीसमेत गर्दै आएको छ। अध्यागमन विभागले पनि निगरानी गरिरहेको जनाइएको छ।

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपालको निगरानी सुरक्षा निकायले गरिरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए।

‘नेपाल प्रहरीले उनको निगरानी गरिरहेको छ तर हामीलाई अमृतपाल नेपाल आएको भन्ने कुनै जानकारी छैन, उनी नेपालमा छैनन्,’ डिआइजी पोखरेलले भने। भारतीय सुरक्षा अधिकारीहरू नेपाल आएको विषयमा पनि नेपाल प्रहरीलाई औपचारिक-अनौपचारिक रूपमा कुनै जानकारी नभएको उनले बताए। ‘उनीहरू नेपाल आएको जानकारी छैन। अनौपचारिक रूपमा आउँछन्, पशुपतिको दर्शन गर्छन् र जान्छन् तर अमृतपाल सिंहकै खोजतलास गर्नेगरी आएको भन्ने कुनै जानकारी प्राप्त भएको छैन,’ डिआइजी पोखरेलले भने।

भारतले राज्य विप्लव वा विखण्डनकारीको अभियोग लगाएपछि नेपालका सुरक्षा अधिकारीहरूले अमृतपाललाई पनि त्यही दृष्टिले हेर्न थालेका छन्। भारतमा आतंक फैलाएर नेपाल छिर्ने र नेपाल हुँदै तेस्रो मुलुकमा पनि जान खोज्ने भएकाले अन्तर्राष्ट्रिय आतंकवादीका रूपमा नेपाली सुरक्षा अधिकारीहरूले निगरानी गरिरहेका हुन्।

अमृतपालविरुद्ध भारतमा ज्यान मार्ने उद्योग गरेको, अशान्ति मच्चाएको र कानुन कार्यन्वयनमा अवरोध पुर्‍याएको तथा राज्य विप्लव गरेको आरोप छ। ‘वारिस दे पन्जाब’ नामक संगठनका प्रमुखसमेत रहेका अमृतपाल उत्तराखण्ड पुगेको र त्यहीबाट नेपाल छिर्न सक्ने भन्दै भारतीय सुरक्षा स्रोतले नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई खबर गरेको थियो। त्यसयता दुवै प्रहरीका गुप्तचर उनको निगरानीमा परिचालित छन्। भारतीय दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अमृतपालको निगरानी गर्न आग्रह गरेको थियो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले अहिलेको अवस्थामा अमृतपाल नेपाल पसेको कुनै जानकारी नभएको बताए। ‘दुई देशको सम्बन्धको विषय पनि भएकाले यो विषयमा सुरक्षा निकायहरू संवेदनशील हुन्छन् नै, सशस्त्र प्रहरीको जिम्मेवारी सीमा सुरक्षा पनि भएकाले सीमामा निगरानी भइरहेको छ। अमृतपाल नेपाल प्रवेश गरेका छन् भन्ने बारेमा सशस्त्र प्रहरीलाई कुनै जानकारी छैन,’ सहायक प्रवक्ता थापाले भने।

अमृतपाल नेपाल पसेकोमा विश्वस्त हुन नसके पनि नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष रणनीति बनाएर निगरानी भने गरिरहेका छन्। भारतमा उनको खोजी तीव्र भएको अवस्थामा खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने वा गरिसकेको हुन सक्ने दुवै कोणबाट अमृतपालको खोजीमा सुरक्षा अधिकारी खटिएका छन्।

अमृतपालबारे अनुसन्धान र खोजीको नेतृत्व प्रहरीको विशेष ब्युरोले गरेको छ। यसका लागि विशेष ब्युरोको जनशक्तिसँगै अनुसन्धानमा खटिने अन्य युनिटका प्रहरीसमेत परिचालित छन्। उनी नेपाल-भारत सीमामा लुक्न सक्ने भएकाले सीमावर्ती बस्ती र गुरुद्वारामा प्रहरीले निगरानी गरिरहेको छ। उनी खालिस्तानको पक्षधर भएकाले उनले धार्मिक स्थलमा शरण लिन सक्ने प्रहरी अनुमान छ। २९ वर्षीय अमृतपालले पछिल्लोपटक भारतमै आत्मसमर्पण गर्न चाहेको समाचार पनि भारतीय अखबारहरूले सार्वजनिक गरेका थिए। ‘पछिल्ला दिनमा शंका लागेका मुख्यतः सिख समुदायका मानिस र उनीहरूको धार्मिक स्थललाई निगरानीमा राखिएको छ,’ उच्च सुरक्षा स्रोतले भन्यो। भारतमा पनि सिख समुदायका नागरिकलाई त्यहाँका प्रहरीले सोधपुछ गर्ने क्रम बढाइएको छ।

अमृतपाल सम्पर्कविहीन भए पनि खालिस्तान समर्थकहरूलाई भने भारतीय प्रहरीले देशैभरिबाट धमाधम पक्राउ गरिरहेको छ। हिंसा भड्कन सक्ने भन्दै भारत सरकारले पन्जाब राज्य सीमाभित्र केही दिनयता इन्टनेरटसमेत अवरुद्ध गरेको छ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्ना सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले कारबाही सुरु गरेको थियो। भारतीय प्रहरीले अमृतपालमाथि लुकआउट नोटिस तथा बिनाधरौटीको पक्राउ पुर्जी जारी गरिसकेको छ। अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरूले भारतीय नियोगमा राखिएका झन्डाहरू निकालेर खालिस्तानी झन्डासमेत राखेका थिए।

खालिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको अवस्थामा नेपाली सुरक्षा अधिकारीहरू समेत ‘हाई अलर्ट’मा छन्। सन् १९८४ को जुन ६ मा भारतीय राज्य पन्जाबको राजधानी अमृतसरमा रहेको सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा भारतीय सेना बलपूर्वक प्रवेश गरेपछि विवाद चर्किएको थियो। त्यतिबेला भारतमा सिख धर्मावलम्बीका लागि अलग देश खालिस्थान स्थापना गराउने पृथकतावादी आन्दोलन उत्कर्षमा पुगेको भन्दै सेना बलपूर्वक मन्दिरमा पसेको थियो।

सिख अभियन्ताले स्वतन्त्र खालिस्तान हासिल गर्न आतंकवादी गतिविधिको सहारा लिएका थिए।  

भारतीय सुरक्षा फौजले अन्यत्र टिक्न नदिने देखेपछि पृथकतावादीले स्वर्ण मन्दिरलाई किल्ला बनाएर त्यहीँबाट गतिविधि सञ्चालन गर्न थालेका थिए। अन्ततः भारत सरकारले मन्दिरभित्रै पसेर उनीहरूको ‘सफाया’ गर्ने निधो गरेपछि त्यसले उग्र रूप लिएको थियो। भारतीय फौज मन्दिरभित्र प्रवेश गर्दा भएको भिडन्तमा डेढ सय पृथकतावादी, ८३ सुरक्षाकर्मी र करिब ५०० सर्वसाधारणको मृत्यु भएको थियो। त्यस सैन्य कारबाहीलाई ‘अपरेसन ब्लु स्टार’ नामले चिनिन्छ। सो घटनापछि खालिस्तान आन्दोलन सेलाएको थियो।
अर्को समाचार
खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !
१३ चैत्र २०७९
•
३ मिनेट पाठ
खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !
गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रका भूभागमा उच्च सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल–भारत सीमा क्षेत्र ‘हाई अलर्ट’मा राखिएको मन्त्रालय स्रोतले जनाएको छ।




भारतमा खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो। मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेका छन्। सो विषयमा विशेष ब्युरोले आजै मात्र कार्यभार सम्हालेका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन्।

पछिल्ला दिनमा लन्डन र सान फ्रान्सिसकोमा समेत खालिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गर्दै सिमानामा सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुई दिनअघि सशस्त्र आइजिपी राजु अर्यालले पनि यो विषयमा रिपोर्ट लिइसकेका छन्। ‘दुवै प्रहरी टोलीले आफ्नो संयन्त्र परिचालन गरिसकेका छन्,’ गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार कपिलवस्तुदेखि पश्चिम नेपालबाट नेपाल आउन सक्ने भन्दै सीमा क्षेत्रमा सादा पोसाकका प्रहरीले निगरानी बढाएका हुन्।

भारतीय सुरक्षा स्रोतले वारिस दे पन्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको जानकारी दिएपछि त्यहीबाट नेपाल छिर्न सक्ने भन्दै नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई खबर गरेको थियो। त्यसयता दुवै प्रहरीका गुप्तचरहरू परिचालित भएका हुन्। यो विषयमा नेपालको राष्ट्रिय अनुसन्धान ब्युरो भने बेखबर छ। ‘भारतीय सुरक्षा अधिकारीले पश्चिम नेपालको सीमा क्षेत्रबाट नेपाल पस्न सक्ने खबर गरेका हुन्,’ मन्त्रालयका उच्च अधिकारीले भने।

भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पनि उत्तराखण्डबाट नेपाल पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको उल्लेख गरेका छन्। पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ। अमृतपाल सिंह सम्पर्कविहीन भए पनि खालिस्तान समर्थकहरूलाई भने भारतीय प्रहरीले देशैभरिबाट शिख समुदायका व्यक्तिलाई धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भड्कन सक्ने भन्दै भारत सरकारले पन्जाब राज्य सीमाभित्र केही दिनयता इन्टनेरट समेत अवरुद्ध गरेको छ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपालविरुद्ध कारबाही सुरु गरेको थियो। भारतीय प्रहरीले उनीमाथि लुकआउट नोटिस तथा बिनाधरौटीको पक्राउ पुर्जी जारी गरिसकेको छ। अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरूले भारतीय नियोगमा राखिएका झन्डाहरू निकालेर खालिस्तानी झन्डासमेत राखेका थिए। खालिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको अवस्थामा नेपाली सुरक्षा अधिकारीहरूसमेत ‘हाई अलर्ट’मा बसेका हुन्।

सन् १९८४ को जुन ६ मा भारतीय राज्य पन्जाबको राजधानी अमृतसरमा रहेको शिख धर्मावलम्बीको पवित्र ठाउँ स्वर्ण मन्दिरमा भारतीय सेना बलपूर्वक प्रवेश गरेपछि यो विवाद चर्किएको थियो। त्यतिबेला भारतमा शिख धर्मावलम्बीका लागि अलग देश खालिस्थान स्थापना गराउने पृथकतावादी आन्दोलन उत्कर्षमा पुगेका भन्दै सेना बलपूर्वक प्रवेश गरेको थियो। शिख अभियन्ताले स्वतन्त्र खालिस्तान हासिल गर्न आतंकवादी गतिविधिको सहारा लिएका थिए।

भारतीय सुरक्षा फौजले अन्यत्र टिक्न नदिने देखेपछि पृथकतावादीले स्वर्ण मन्दिरलाई किल्ला बनाएर त्यहीँबाट गतिविधि सञ्चालन गर्न थालेका थिए। अन्ततः भारत सरकारले मन्दिरभित्रै पसेर उनीहरूको सफाया गर्ने निधो गरेपछि उग्र रूप लिएको थियो। भारतीय फौज मन्दिरभित्र प्रवेश गर्दा भएको भिडन्तमा डेढ सय पृथकतावादी, ८३ सुरक्षाकर्मी र करिब ५०० सर्वसाधारणको मृत्यु भएको थियो। त्यस सैन्य कारबाहीलाई ‘अपरेसन ब्लु स्टार’का नामले चिनिन्छ। सो घटनापछि खालिस्तान आन्दोलन सेलाएको थियो ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस