न्याय क्षेत्रका सरोकारवाला भन्छन्: सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
२४ चैत्र २०७९
•
३ मिनेट पाठ
न्याय क्षेत्रका सरोकारवाला भन्छन्: सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
न्याय क्षेत्र सुधारका लागि इलाममा भेला भएका सरोकारवाला।तस्बिर:भीम/नागरिक
सरकार गठन अस्थिरताले नागरिकको न्याय सम्पादनमा गम्भीर असर पुगिरहेको छ। न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह«ास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।




छिटो–छिटो सरकार परिवर्तनले न्याय सम्पादनमा असर परेको र न्याय क्षेत्रलाई नागरिक माझ विश्वासयोग्य बनाउन सरोकारवाला सबैको साझा प्रयत्न जरुरी रहेको सम्बद्ध क्षेत्रका व्यक्तिले बताएका हुन्। उनीहरूले न्याय निरूपणमा टिक्का–टिप्पणी भइरहेको भन्दै न्यायालय र कानुन व्यवसायीले आफ्ना कमी–कमजोरी सच्याउन नितान्त जरुरी रहेको पनि औंल्याए।

इलामस्थित उच्च अदालत बार एसोसिएसन र कोशी प्रदेश अन्तर्गत मुख्य न्यायाधीवक्ताको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको ‘न्याय सम्पादनमा सरोकारवालाको भूमिकाको प्रभावकारिता’ विषयक दुईदिने अन्तरत्र्रिmयाका सहभागीले यस्तो बताएका हुन्।

त्यसक्रममा न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले राम्रो न्यायाधीश नियुक्त गर्न नसक्दा न्यायालयमा विकृति बढ्नेतिर आफूहरू सचेत रहेको बताए। उनले गलत काम गर्नेलाई सजाय समेत व्यवस्था गर्नु आवश्यक रहेको औंल्याए। ‘न्यायाधीश मापन गर्ने प्रमुख २ आधार फैसला र आचरण हुन्,’ उनले भने, ‘फैसलामात्र राम्रो भयो तर आचरण सुध्रिएन भने न्यायालय सुधार हुँदैन। इमानदार न्यायाधीश भएपनि फैसला गर्न सकेन भने न्याय सम्पादनमा असर पुग्छ।’ उनले आफूहरूले न्यायाधीश नियुक्तिको मापदण्डसमेत निर्धारण गरेको भन्दै न्याय सम्पादनमा न्यायालयमात्र होइन, कानुन व्यवसायी पनि उक्तिकै दक्ष र इमानदार हुन आवश्यक रहेको जनाए। श्रेष्ठले बारम्बार मन्त्रिपरिषद् हेरफेर हुनेगरेकाले न्याय सम्पादनमा असर पुगेको बताए।

नेपाल बार एसोसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीश ठीक छन् कि छैनन् भन्ने प्रश्न गरे। न्याय परिषद्ले काम गर्न नसक्दा न्यायाधीश सिफारिस हुन नसकेको र न्यायालयहरूमा मुद्दाको थुप्रो लागिरहेको उनको भनाइ छ। ‘भ्रष्टाचारमा लिप्त व्यक्तिलाई न्यायपालिकाबाहिर ल्याउनुपर्छ, चाहे त्यो न्यायाधीश होस् वा कानुन व्यवसायी र विचौलिया नै किन नहोस्,’ उनले भने, ‘संविधान र कानुन रक्षाको जिम्मेवारी हाम्रै हो।’

कोशी प्रदेशका मुख्य न्यायाधीवक्ता गजेन्द्र आचार्यले उच्च अदालतहरूका फैसलाको गुणस्तर खस्किएको तर सर्वाेच्च न्यायालयको ध्यान त्यता नगएको आरोप लगाए। ‘न्यायालय सुध्रिएको खबर हामीले कहिल्यै सुनाउन पाएनौं,’ उनले भने, ‘स्थानीय तहमा बाझिएका कानुन बनेका छन्, नागरिकले ५–६ वर्षसम्म न्यायका लागि तारिक धाउनुपरिरहेको छ, यसमा किन ध्यान जान सकिरहेको छैन ?’ 

आफ्नो नियुक्ति राजनीतिक भएपनि कार्यालयको कामको प्रकृति न्यायिक भएको आचार्यले बताए। तर, आफूहरूले न्याय क्षेत्र सुधारका लागि गर्ने प्रयास ‘डायरी’मै सीमित भइरहेको उनको भनाइ छ। ‘न्याय सम्पादनबारे दर्जनौं बैठक, छलफलमा आएका समस्या र सुझाव डायरीमा टिपेको छु तर डायरीमै सीमित हुनेरहेछ,’ उनले भने, ‘मैले टिपेका समस्या समाधान र सुधारको काम त मन्त्रालयले पो गर्नुपर्नेरहेछन्।’ उनले जसले जे जिम्मेवारी लिएको छ, त्यो इमानदारीपूर्वक पूरा गरेमात्रै न्याय क्षेत्र सुुध्रिने बताए। 

एसोसिएसन उपाध्यक्ष सुरज खत्रीले न्याय क्षेत्रमा भइरहेका विकृति–विसंगति अन्त्य हुनुपर्ने बताए। ‘हामीले न्यायक्षेत्रको सकारात्मक टिप्पणी गर्नुपर्छ तर न्यायालयमा न्यायाधीशको दरबन्दी थप्ने, भएका दरबन्दी पदपूर्ति गर्नेजस्ता काम नहुँदा हामी प्रताडित छौं,’ उनले प्रश्न गरे, ‘न्याय परिषद् के हेरेर बसेको छ ?’ उनले न्यायको साख बढेमात्रै न्यायालय र कानुन व्यवसायीको साख बढ्ने भएकाले सबैले आफैंलाई प्रश्न गर्न जरुरी रहेकोसमेत बताए।

शनिबारसम्म चल्ने कार्यक्रममा मेची क्षेत्रका चार जिल्ला इलाम, पाँचथर, झापा र ताप्लेजुङका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता सहभागी छन्। इलामस्थित उच्च अदालत बार एसोसिएसन अध्यक्ष उत्तम पौडेलले कार्यक्रममा विभिन्न ३ कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गरिने जानकारी दिए। ‘न्याय क्षेत्र सुधारका लागि यो कार्यक्रम महŒवपूर्ण हुने विश्वास लिएका छौं,’ उनले भने।
अर्को समाचार
न्याय क्षेत्रका सरोकारवाला भन्छन्, सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
२४ चैत्र २०७९
•
३ मिनेट पाठ
न्याय क्षेत्रका सरोकारवाला भन्छन्, सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
न्याय क्षेत्र सुधारका लागि इलाममा भेला भएका सरोकारवाला। तस्बिर: भीम/नागरिक
सरकार गठन अस्थिरताले नागरिकको न्याय सम्पादनमा गम्भीर असर पुगिरहेको छ। न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह्रास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।




छिटो–छिटो सरकार परिवर्तनले न्याय सम्पादनमा असर परेको र न्याय क्षेत्रलाई नागरिकमाझ विश्वासयोग्य बनाउन सरोकारवाला सबैको साझा प्रयत्न जरुरी रहेको सम्बद्ध क्षेत्रका व्यक्तिले बताएका हुन्। उनीहरूले न्याय निरूपणमा टिक्का–टिप्पणी भइरहेको भन्दै न्यायालय र कानुन व्यवसायीले आफ्ना कमी–कमजोरी सच्याउन नितान्त जरुरी रहेको पनि औंल्याए।

इलामस्थित उच्च अदालत बार एसोसिएसन र कोशी प्रदेशअन्तर्गत मुख्य न्यायाधीवक्ताको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको ‘न्याय सम्पादनमा सरोकारवालाको भूमिकाको प्रभावकारिता’ विषयक दुईदिने अन्तरत्र्रिmयाका सहभागीले यस्तो बताएका हुन्।

त्यसक्रममा न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले राम्रो न्यायाधीश नियुक्त गर्न नसक्दा न्यायालयमा विकृति बढ्नेतिर आफूहरू सचेत रहेको बताए। उनले गलत काम गर्नेलाई सजायसमेत व्यवस्था गर्नु आवश्यक रहेको औंल्याए। ‘न्यायाधीश मापन गर्ने प्रमुख २ आधार फैसला र आचरण हुन्,’ उनले भने, ‘फैसलामात्र राम्रो भयो तर आचरण सुध्रिएन भने न्यायालय सुधार हुँदैन। इमानदार न्यायाधीश भएपनि फैसला गर्न सकेन भने न्याय सम्पादनमा असर पुग्छ।’ उनले आफूहरूले न्यायाधीश नियुक्तिको मापदण्डसमेत निर्धारण गरेको भन्दै न्याय सम्पादनमा न्यायालयमात्र होइन, कानुन व्यवसायी पनि उक्तिकै दक्ष र इमानदार हुन आवश्यक रहेको जनाए। श्रेष्ठले बारम्बार मन्त्रिपरिषद् हेरफेर हुनेगरेकाले न्याय सम्पादनमा असर पुगेको बताए।

नेपाल बार एसोसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीश ठीक छन् कि छैनन् भन्ने प्रश्न गरे। न्याय परिषद्ले काम गर्न नसक्दा न्यायाधीश सिफारिस हुन नसकेको र न्यायालयहरूमा मुद्दाको थुप्रो लागिरहेको उनको भनाइ छ। ‘भ्रष्टाचारमा लिप्त व्यक्तिलाई न्यायपालिकाबाहिर ल्याउनुपर्छ, चाहे त्यो न्यायाधीश होस् वा कानुन व्यवसायी र विचौलिया नै किन नहोस्,’ उनले भने, ‘संविधान र कानुन रक्षाको जिम्मेवारी हाम्रै हो।’  

कोशी प्रदेशका मुख्य न्यायाधीवक्ता गजेन्द्र आचार्यले उच्च अदालतहरूका फैसलाको गुणस्तर खस्किएको तर सर्वाेच्च न्यायालयको ध्यान त्यता नगएको आरोप लगाए। ‘न्यायालय सुध्रिएको खबर हामीले कहिल्यै सुनाउन पाएनौं,’ उनले भने, ‘स्थानीय तहमा बाझिएका कानुन बनेका छन्, नागरिकले ५–६ वर्षसम्म न्यायका लागि तारिक धाउनुपरिरहेको छ, यसमा किन ध्यान जान सकिरहेको छैन?’

आफ्नो नियुक्ति राजनीतिक भएपनि कार्यालयको कामको प्रकृति न्यायिक भएको आचार्यले बताए। तर, आफूहरूले न्याय क्षेत्र सुधारका लागि गर्ने प्रयास ‘डायरी’मै सीमित भइरहेको उनको भनाइ छ। ‘न्याय सम्पादनबारे दर्जनौं बैठक, छलफलमा आएका समस्या र सुझाव डायरीमा टिपेको छु तर डायरीमै सीमित हुनेरहेछ,’ उनले भने, ‘मैले टिपेका समस्या समाधान र सुधारको काम त मन्त्रालयले पो गर्नुपर्नेरहेछन्।’ उनले जसले जे जिम्मेवारी लिएको छ, त्यो इमानदारीपूर्वक पूरा गरेमात्रै न्याय क्षेत्र सुध्रिने बताए।

एसोसिएसन उपाध्यक्ष सुरज खत्रीले न्याय क्षेत्रमा भइरहेका विकृति–विसंगति अन्त्य हुनुपर्ने बताए। ‘हामीले न्यायक्षेत्रको सकारात्मक टिप्पणी गर्नुपर्छ तर न्यायालयमा न्यायाधीशको दरबन्दी थप्ने, भएका दरबन्दी पदपूर्ति गर्नेजस्ता काम नहुँदा हामी प्रताडित छौं,’ उनले प्रश्न गरे, ‘न्याय परिषद् के हेरेर बसेको छ?’ उनले न्यायको साख बढेमात्रै न्यायालय र कानुन व्यवसायीको साख बढ्ने भएकाले सबैले आफैंलाई प्रश्न गर्न जरुरी रहेकोसमेत बताए।

शनिबारसम्म चल्ने कार्यक्रममा मेची क्षेत्रका चार जिल्ला इलाम, पाँचथर, झापा र ताप्लेजुङका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता सहभागी छन्। इलामस्थित उच्च अदालत बार एसोसिएसन अध्यक्ष उत्तम पौडेलले कार्यक्रममा विभिन्न ३ कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गरिने जानकारी दिए। ‘न्याय क्षेत्र सुधारका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौं,’ उनले भने।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस