चुरे संरक्षित क्षेत्रमा बेहिसाब दोहनले खण्डहर बन्दै खेत
२३ चैत्र २०७९
•
७ मिनेट पाठ
चुरे संरक्षित क्षेत्रमा बेहिसाब दोहनले खण्डहर बन्दै खेत
चुरे सिरानको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीस्थित मानव वस्ती बीचमा रहेको आँपको बगैंचा फडानी गरी गहिरो खाल्डो खनेर ग्राभेल झिकेपछि बनेको खण्डहर।तस्बिर: मिथिलेश यादव/नागरिक
चुरे सिरानको सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव(६५) चिन्तित देखिन्छन्। उनको चिन्ताको कारण हो बेहिसाब उत्खननले निम्तिएको–सुख्खा। किसान उनको सरकारसँग केवल एउटै अपेक्षा छ, त्यो हो चुरे संरक्षित क्षेत्रमा उत्खनन रोकेर जलको बन्दोबस्त होस्। जल अर्थात् सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनमा अन्न फलाएर गुल्जार बनाउने उनको धोको छ। तर, यसका लागि उनले सरकारसँग बेहिसाब उत्खननले खण्डहर बन्दै गएको जमिन जोगाइदिओस् भन्ने अपेक्षा राखेका छन्।




सरकारले न नोकरी दिनुपर्छ न रोजगार झबुले बताएअनुसार यस भेगमा उत्खनन रोकेर सिँचाइको भरपर्दो प्रबन्ध भइदिए पुग्छ। सिँचाइको सुविधा नहुँदा खेतको बाली खेतमै डढ्छन्। चना र दलहन खेतीको बेहाल हुन्छ। उनले भने, ‘सिँचाइ सुविधाबेगर हामी किसानको श्वास नै अड्केको छ।’ उनी भन्छन्, ‘सरकारले यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविस्ता उपलब्ध गराउनुको साटो खानी र क्रसरको लहर ल्याइदिएको छ।’ खानी र क्रसरका कारण यो क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उनले बताए।

धनगढीमाई नगरपालिका–१३ भोर्लेनी खजनपुरिया टोलका जयजयराम यादव सात दशकपहिला कमलपुर गाउँबाट बसाइ सरेर भोर्लेनी आए। उनलाई यहाँको हरियाली र पानीको पर्याप्तताले तानेको थियो। जयजयरामका नाती मनोज यादव भन्छन्, ‘चार पुस्तादेखि बस्दै आएको थातथलो अहिले छोडेर भाग्नुपर्ने अवस्था आएको छ। ढुंगा–गिटी र बालुवा खानी माफियाले वस्तीको चारैतिर ठूल्ठूला खाल्डा खनेर घरखेत नै उजाड पार्न थालिसके। हरियाली उजाड बनाएर वस्ती खण्डहर बनाउँदै छ। चारैतिर क्रसर र खानीका कारण खेत खण्डहरमा परिणत हुँदै गएको उनले बताए। स्थानीय सरकार आएपछि जनतालाई राहतभन्दा आघात पु¥याउने काम गरेको उनी बताउँछन्। उनले भने, ‘स्थानीय सरकारले हामी किसानलाई राहत होइन, आहत दिँदैछ। वस्ती मास्ने र खाद्य असुरक्षा बढाउने गरी अनियन्त्रित र अवैज्ञानिक उत्खननलाई छुट दिएर सरकारले जोखिम बढाएको उनको गुनासो छ। खजनपुरियाका मनोज मात्र होइन, लगडी टोल, बलडारा, भोर्लेनी गरी २ हजार ५ सय किसानको साझा समस्या हो, जल संकट। जुन सीमाविहीन उत्खनन र क्रसरले निम्त्याएको छ।  

भोर्लेनीका अर्का किसान जोगिन्दर यादव भन्छन्, ‘पहिलापहिला यो ठाउँ पर्यावरणीय दृष्टिले गुल्जार थियो, अहिले उजाड बनेको छ।’ हावापानी र हरियालीका कारण यो ठाउँमा वस्ती बाक्लिन थाल्यो। दक्षिणवर्ती गाउँहरूबाट यहाँ बसोबास गर्न आउनेको लहर चल्यो। तर एक दशकदेखि उत्खनन माफियाहरूको नजर लागेपछि यो क्षेत्र उजाड बनेको छ।  

स्थानीय सरकार आएपछि यस क्षेत्रमा क्रसर उद्योग स्थापनाको लहर नै चल्यो। तिनै उद्योगले अवैध र अनियन्त्रित रूपमा बालुवा, ढुंगा र गिटी निकालेर बेच्न थाले। प्रहरी, प्रशासन, स्थानीय सरकार र ठेक्केदारबीचको सेटिङमा प्राकृतिक सम्पदामाथिको अनियन्त्रित र अवैध दोहनका कारण यो क्षेत्र उराठलाग्दो बन्दै गएको जोगिन्दरले बताए। खेतयोग्य जमिनजती उत्खननस्थल बन्न थालेपछि चौतर्फी हरियालीबीचमा बसेको मानव वस्ती विस्थापित हुने अवस्था आएको छ।  

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले उत्खननको आदेश दिने र रोक्ने काम स्थानीय तह र जिल्ला समन्वयन समितिको भएको भन्दै पन्छिए। जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोले धनगढीमाई नगरपालिकाको उत्तरवर्ती क्षेत्रमा बेहिसाव उत्खनन भएको स्वीकारे। तर, रोक्नबारे उनी प्रष्ट्याएनन्।  

बिल्टु दास (५० ) विसं २०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाइँ सरेर सिरहाको कर्जन्हा नगरपालिकाको बन्दिपुर गाउँ आए। उनलाई धनुषाबाट बन्दिपुर बसाइँ सर्नुको आकर्षण थियो, कमला नदीमा पानीको पर्याप्त सुविधा।  

उनी बन्दीपुर आउँदाका बेला कमला नदीको पानीले यस भेगमा मनग्य उत्पादन हुन्थ्यो। तीन÷चार बाली उत्पादन हुन्थ्यो। विगत सम्झँदै दासले भने, ‘आफंैले खनेको नहरमार्फत त्योबेला बहुबाली हुन्थ्यो।’ पछिल्लो समय करौंडौ लगानीमा निर्माण भएको र भइरहेको कमला सिँचाइ नहर प्रणालीले बहुबाली साँघुरिएको र साँघुरिँदै गएको उनले बताए।  

बन्दीपुरका अर्का किसान मुक्तिलाल सिंह (५५) को एउटै लालसा छ, कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था। गहुँको सिजनमा लगाउन पानी चाहिएको हुन्छ तर कमला सिँचाइ नहर प्रणालीमार्फत उनको खेतसम्म पानी पुग्दैन। पोटिलो गहुँका लागि कम्तीमा तीनपटक पानी लगाउनुपर्छ। यो सुख्खा भेगमा त चारपटक पानी लगाउनुपर्छ उनले भने, ‘तर कमलाको पानीले एकपटक मात्र पानी लगाउन पुग्छ। कारण कमला सिँचाइ नहरमा गहुँको सिजनमा पर्याप्त पानी हुँदैन। तीनपटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन। कमला सिँचाइ नहरको पानी यस क्षेत्रका किसानलाई धानबालीबाहेकलाई पर्याप्त छैन।’ जेठ असारमा अकाशे पानीले रोपाइँ धानिहाल्छ। ‘हामीलाई नहरको पानी पर्याप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो,’ उनले भने, ‘तर त्यो बेला नहर सुख्खा हुन्छ, पानीका लागि हामी लालायीत हुन्छांै।’

कमला सिँचाइ नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसरी, मसुर बाली खेतमै सुक्छ। गहुँ र दलहन खेतीलाई यो सिँचाइ नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानको गुनासो छ। गहुँ, दलहन र तेलहन खेतीलाई चाहिने पर्याप्त पानी हो तर, यस बेला नहर सुख्खा छ, हुन्छ कर्जन्हा नगरपालिका बडहरामालका रामदेव ठाकुरले भने, ‘किसानलाई आवश्यक परेको बखत नहरमा पानी नै हुँदैन।’

दुई दशक पहिलासम्म आफ्नै बाहुबलले कमलाबाट खेतसम्म खनेको नहरमार्फत यस भेगका किसानले प्रयाप्त सिँचाइ गरी बहुअन्न उब्जाउँथे। धानको सिजनमा माथिबाट पनि वर्षा हुन्छ (अकासे पानी) तर, गहुँ, दलहन र तेलहन सिजनमा यस क्षेत्रका किसानको एकमात्र सहारा कमला पूर्वी सिँचाइ नहर हो ठाकुरले भने, ‘नहरमार्फत खेतसम्म पानी भइदिए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था ‘गुल्जार’ हुन्थ्यो। तर, कमला सिँचाइ नहरमा पर्याप्त पानी नहुँदा यस क्षेत्रका किसान निर्विकल्प बनेका छन्।

यहाँका किसानहरूले बताएअनुसार पहिला धान, गहुँ, दलहन, तोरी, चना घरमा भित्रिन्थ्यो। पछि चना, तोरीको खेती गर्ने परम्परा पनि सुक्यो। अब केवल धान र गहुँ खेती गरिन्छ। त्यो पनि वर्षभरी खान पुग्दैन। धान र गहुँ खेती गर्ने परम्परा पनि बिस्तारै सुक्दै गएको किसानहरू बताउँछन्। अर्थात्, पछिल्लो केही दशकभित्रै बहुबालीको ( धान, गहुँ, दलहन, तोरी, चनालगायत) परम्परा सुक्यो। खानाको लागि पनि अन्न किन्नुपर्ने भयो।

कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर) को बाक्लो बस्ती छ। यही वस्तीका रामफल सदाय(५०) वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन्। पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले सुनाए। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ।

धनगढीमाई नगरपालिका–३ कि सुकनी सदाय (मुसहर) वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछिन्। उनको पीडाको अर्थ छ, पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले भनिन्। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ। मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा साँघुरिन पुग्दा किसानीमा आश्रित कृषि मजदुर बेरोजगार प्रायः भएका छन्। कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ गएका छन्, जाँदैछन्।

सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ लामोसमय सिरहा भन्सार कार्यालय, खैरटोकामा जागीर खाएर अवकास पाएका छन्। जागीरे अनुभूती सम्झँदै उनले भने,‘दुई दशक अघिसम्म भन्सारबाट भारततर्फ धान बोकेर जाने बैलगाडाको लस्कर हुन्थ्यो।’ खैरटोका नाकाबाट जयनगर, दरभँगासम्म बैलगाडा (गोरुगाडा)मा नेपाली धान पुग्थ्यो। ‘हेर्दा हेर्दै समय उल्टियो,’ उनले भने, ‘अन्न बेच्नेहरू अन्न किन्न थाले।’ उनको विचारमा समय उल्टिनुको कारण सरकारी नीति किसानमैत्री हुनुपर्नेमा कंक्रिटमैत्री भइदियो। किसानमैत्री हुननसक्नुको अर्थ सिँचाइ, मलखाद, विउविजनको पर्याप्त सहुलियत नहुनु नै हो उनले भने, ‘सिँचाइ हुने मूलमा अनियन्त्रित र अवैज्ञानिक दोहनलाई छुट दिइएको छ। नदी प्रणालीको गति बिगारिएको छ। ‘पानी सोस्ने जमिनको प्रणालीमा छेडखानी गरेर भद्रगोल मच्चाइएको छ,’ उनले भने, ‘प्रकृतिमाथि यसैगरी उपद्रव भइरहने हो भने अन्न भण्डार ‘मधेस’ मरुभूमि बन्नेछ।’

सिरहाको सीमावर्ती बरियारपट्टीका किसान बिल्टु यादव आशा व्यक्त गर्छन्,’ सिँचाइको पर्याप्तता भइदिए किसानीप्रति जनआकर्षण स्वाभाविक बढ्दै जानेछ। उनी भन्छन्, ‘यो गाउँको बीच भागबाट बग्ने कटनीया खोलामा कमला नदीको पानीलाई प्रवाह गरिदिए यस भेगमा किसानीप्रति आकर्षण बढ्ने थियो।’ तर कमलामाईमा अनियन्त्रित दोहनका कारण पानी पर्याप्त छैन। चारैतिर माफियाको बोलबाला छ, हामी किसानको दुःखमा मल्हम कसले लगाइदिने ?’

सिँचाइ अभावमा जतिसुकै मिहिनेत गरेर बाली लगाए पनि खडेरी हुने पीडाले यहाँका किसान पिरोलिएका छन्। सिँचाइको असुविधा, मलखादको असहजताले यहाँका किसान किसानीतर्फ लगानी गर्न(बाली लगाउन) हच्किँदै छन्।

मधेस प्रदेशसभाको पहिलो बैठकदेखि नै सदस्यहरूले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्र सम्भव रहेको उनीहरूले बताएपनि जलको समुचित व्यवस्थापन र नदी प्रणाली र नदीको मूल चुरेको संरक्षणतर्फ कार्य प्रारम्भ नहुँदा किसानहरू सशंकित छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस