महिलाले हलो जोत्न हुँदैन भन्ने पुरातन मान्यता छ। महिलाले हलो जोत्न सक्दैनन् भनिन्छ तर जुम्लाको पातारासी गाउँपालिका महिलाहरुले भने हलो जोतेर चुनौती दिएका छन्।
जुम्लाको पातारासी गाउँपालिका -३ तल्फी गाउँमा लामा समुदायको बसोवास छ, उनीहरु मुगु बाट दशकदेखि बसाइँसराइ गरि त्यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन्। भोटे समुदाय भएको उक्त क्षेत्रमा ३५ घरधुरी छ।
तल्फीकी ५० वर्षकी साङमु लामा भन्छिन्, 'हाम्रो जातिमा महिलाले जोत्छन्। पुरुषले प्रायःजसो बाहिरको काम गर्ने हुँदा छोरी र हामीले हलिको काम आफै गर्ने गर्छौं।'
आजभोलि जुम्लामा मकै लगाउने सिजन चलिरहेको छ। आइतबार दिउँसो चर्को घाममा आमा साङमु लामाले फल छर्देछिन,भने जेठि छोरी टोमाले हलो समातेर जोत्दैछिन। त्यस्तै कान्छी छोरी छिरिङले मकै ९मुरुली० हाल्दै थिइन्। उनीहरु दुबै १२ कक्षामा पढ्छन्।
१ छोरा विदेश ,दुई काठमाडौ पढ्दै छन्,१ छोराले व्यापार गर्छन्,श्रीमानले जुम्ला बजारमा आर्ट्को काम गरिरहेको साङ्मु बताउँछिन्।