'बीसपारि अनि मात्र बिहेवारी' अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई जुम्लाका महिलाले अब बुझ्न थालेका छन्।
अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्ज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन्। विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा दुःख मात्र आउने उनीहरु बताउँछन्।
पढ्नेलेख्ने, हाँस्ने खेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको जुम्ला पातारासी-५ कि जडेनी बुढाले बताइन्। ३५ वर्षीया बुढा १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उनले अतितलाई सम्झँदै भनिन्। पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उनले बताइन्।
उनले भनिन, 'आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसको कारण केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु।'
२६ वर्षीया रिता खड्काले पनि बालविवाहको कारण आफ्नो भविष्य वर्वाद भएको सुनाइन्। घरका आमाबुबाले नै विवाह गरिदिएको उनको भनाइ छ। आफ्नो आमाबाबु र दाजुको जिद्दीबाट विवाह भएका कारण आफ्नो रहर र सबै सपना चकनाचुर भएको उनको भनाइ छ। उनले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाइन्।
आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो खड्काले गरिन्।
त्यस्तै, कम उमेरमै विवाह गर्ने राजकला बोहोरा पनि आफू कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको बताउँछिन्। उनी भन्छिन्,परिवारको मायाले विवाह गर्न बाध्य भएँ। आफ्नो पढाइलेखाइलाई बीचमै छाडे। विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन।
यता पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार गाउँपालिका अहिले बालविवाह मुक्त घोषणा गर्ने अभियान जुटेको छ।